Successfully Copied

रंगमञ्चका महिला कलाकारहरू योनिका कथाहरूमा

शरीर निजी भए पनि शरीरसँग जोडिएका सबै अङ्गनिजी नहुन सक्छन् । त्यस्तै अङ्गहरूमध्ये यौनाङ्ग पनि एक हो । यस्तै अङ्गहरूसँग कसरी सौहाद्र्र हुने भन्ने कुरा नाटकमा एकलापको शैलीबाट व्यक्त गरिएको कलाकार सरिता गिरी बताउँछिन् ।

आफ्नो शरीरप्रतिको अधिकार महिला आफैमा हुनुपर्छ भन्ने मान्यताका साथ अमेरिकी लेखिका इभ एन्सलरले लेखेको भजाइना मोनोलग संसारभरका रंगमञ्चमा प्रदर्शन गरिन्छ । महिला यौन अधिकारका विषयमा केन्द्रित यो नाटक ७८ वर्ष पहिले लेखिएको हो । यद्यपि यो नाटक आज पनि विश्वभर उत्तिकै सान्दर्भिक र महिलाहरूका लागि आवश्यक मानिन्छ । आफ्नो शरीरमाथि आफ्नै अधिकार हुनुपर्छ भनेर वकालत गर्ने यो नाटक नेपालमा भने २०७२ सालमा पहिलो पटक मञ्चन गरिएको थियो । महिला रंगकर्मीहरूको समूह मडलेनाज नेपालको अगुवाइमा उक्त नाटक प्रदर्शन गरिएको हो ।

पहिलोपटक नाटक मञ्चन गर्दाको अनुभव सुनाउँदै नाटककी निर्देशक आकांक्षा कार्की भन्छिन्–पहिलोपटक जब हामीले त्यसको नेपाली अनुवाद गर्‍यौं र साथीहरूलाई पढ्न दियांै त्यतिबेला त हाम्रै साथीहरू पनि डराएका थिए । यौनका मामिलामा बन्द मानिने नेपाली समाजमा खुलेर महिला शरीरका अङ्गहरूको कुरा गर्नु ठूलै चुनौती थियो । युवतीहरूलाई आफ्ना यौनाङ्गका विषयमा मञ्चमा बोल्न लगाउनु आफैंमा एउटा विद्रोह थियो तैपनि हामीले रिस्क लियौं ।

नाटककी कलाकार लुनिभा तुलाधर भन्छिन्–यो नाटककोशैलीमा सुरु भएको एउटा नारी अभियान हो, जसले महिला शरीरको कुरा गर्छ, महिला र पुरुष दुवैलाई उनीहरूको शरीरसँग परिचित गराउँछ । २०७२ सालदेखि निरन्तर मञ्चन हुँदै आएका योनिका कथाहरूमा विभिन्न १४ वटा मोनोलग समेटिएका छन् । गत वर्ष अमेरिकाबाट सुरु भएको ह्यास ट्याग अभियान मि टुलाई केन्द्रित गर्दै यसपटक नाटकमा तीनवटा नयाँ पिस पनि थपिएको कार्कीले बताइन् ।

यौनिकताका विषयमा खुलेर कुरा गर्न नसक्दा नै महिलाहरूमाथि यौन हिंसा हुने गरेको कुरा बताउँदै अर्की कलाकार सिर्जना सुब्बा भन्छिन्–कम्तीमा पनि महिलाहरूले आफ्नो यौनिकताका विषयमा कुरा गर्न सकून्, आफू कसरी हिंसामा पर्न सक्छु र कसरी त्यसबाट जोगिन सक्छु भन्ने जानून् भन्ने उद्देश्यलेहामीले यो नाटक मञ्चन गरेका हांै । सिर्जनाका अनुसार महिलाहरू कस्ता पुरुष चाहन्छन्, पुरुषबाट कस्तो व्यवहारको अपेक्षा गर्छन् यी कुराहरू नाटकमा, हाम्रा अनुभवसहित व्यक्त भएका छन् ।अन्तर्राष्ट्रिय मानव अधिकारको कानुनले पनि शरीरमाथि अन्य व्यक्तिको अधिकार हुँदैन भन्छ ।

शरीर निजी भए पनि शरीरसँग जोडिएका सबै अङ्गनिजी नहुन सक्छन् । त्यस्तै अङ्गहरूमध्ये यौनाङ्ग पनि एक हो । यस्तै अङ्गहरूसँग कसरी सौहाद्र्र हुने भन्ने कुरा नाटकमा एकलापको शैलीबाट व्यक्त गरिएको कलाकार सरिता गिरी बताउँछिन् । गिरी महिलाले यौनका कुरा गर्नु, आफ्नै यौनाङ्गका कुरा गर्नुलाई अश्लीलताका रूपमा लिनु दु:खद् विषय भएको बताउँदै भन्छिन्–बराबरीको कुरा गर्नु, आफ्नै शरीरको कुरा गर्नु कसरी अश्लील हुन्छ, जब कि हामीले कतै न कतैबाट यौन हिंसा खेपेका छांै, यौन हिंसा गर्न हुने तर हिंसा भयो भन्न नहुने ?हामी यो नाटक यस्ता हिंसा पूर्णत: बन्द नहुन्जेलसम्म मञ्चन गर्छौं, अश्लीलता भन्ने त मानिसको दृष्टिकोण हो ।

नाटकमा अहिले रंगमञ्चमा जमेकासरिता गिरी, शान्ति गिरी, रेनुका कार्की, निशा कार्की, आकांक्षा कार्की, लुनिभा तुलाधर, सिर्जना अधिकारी, केनिपा सिंह, सिर्जना सुब्बा, पशुपति राई, विनीता गुरुङ, विजया कार्की, गुञ्जन दीक्षित, स्मिता राजाराम आदिकलाकारको अभिनय छ ।

 Image