Successfully Copied

बद्लिदो मौसममा बालबालिकाको स्वास्थ्य

बिहान–बेलुकी चिसो र दिउँसो गर्मी हुन थालेकाले पनि रोग लाग्छ । मौसम परिवर्तनसँगै रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । जाडोबाट एक्कासि गर्मी हुँदा स्ट्रेस बढी हुन्छ । यसले गर्दा पनि रोग लाग्नसक्छ । चिसो तथा सुख्खा मौसममा भाइरल बढी सक्रिय हुने भएकाले पनि रोग

मौसम परिवर्तन हुँदा बालबालिकालाई कस्तो रोग लाग्छ ?

मौसम परिवर्तनसँगै बालबालिकामा सिजनल फ्लु भाइरल इन्फेक्सन, इन्फ्लुएन्जा, कमन कोल्ड (रुघाखोकी, ज्वरो) तथा रोटा भाइरल डायरियाजस्ता समस्या देखापर्छन् । यो समयमा धूलोका कारण एलर्जीको समस्या पनि बढी हुन्छ । एलर्जीका कारण रुघा लाग्नसक्छ जसलाई एलर्जिक राइनाइटिस भनिन्छ । भाइरलका कारणले गर्दा कान पनि पाक्छ । यसैगरी २ वर्षभन्दा कम उमेरका बालबालिकामा ब्रोंकियोलाइटिस देखा पर्नसक्छ । ब्रोंकियोलाइटिस हुँदा खोकी लाग्नुका साथै छाती घ्यार–घ्यार हुन्छ ।

रोग लाग्ने कारण ?

बिहान–बेलुकी चिसो र दिउँसो गर्मी हुन थालेकाले पनि रोग लाग्छ । मौसम परिवर्तनसँगै रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । जाडोबाट एक्कासि गर्मी हुँदा स्ट्रेस बढी हुन्छ । यसले गर्दा पनि रोग लाग्नसक्छ । चिसो तथा सुख्खा मौसममा भाइरल बढी सक्रिय हुने भएकाले पनि रोग लाग्छ । कतिपयले बालबालिकालाई रुघाखोकी लाग्दा बन्द कोठामा गुम्स्याएर राख्छन् । यसले गर्दा पनिएक जनाबाट अर्कोमा रोग सर्ने सम्भावना बढ्छ ।

यसबाट जोगिन के गर्ने ?

खानपानमा ध्यान दिनुपर्छ । झोल कुरा बढी खानुपर्छ । कागती, सुन्तलाजस्ता भिटामिन सीयुक्त खानेकुरा बढी मात्रामा खानुपर्छ । खानेकुरा खानुअघि राम्रोसँग हात धुनुपर्छ । गुम्म कोठामा बस्नुहुँदैन । इन्फ्लुएन्जा हुनबाट जोगिन वर्षको एकपटक इन्फ्लुएन्जा भ्याक्सिन लगाउनुपर्छ । यसले इन्फ्लुएन्जा (शरीर दुख्ने, ज्वरो आउने तथा निमोनिया हुने) हुन दिँदैन । यो भ्याक्सिन मौसम परिवर्तन हुने समयमा लगाउनु उपयुक्त हुन्छ । पर्याप्त सुत्नुका साथै बाहिर हिँडडुल गर्दा मास्क प्रयोग गर्नुपर्छ ।

                                              - डा. सुरभी अर्याल, बालरोग विशेषज्ञ

 Image