Successfully Copied

इन्टेरियर डिजाइन फेसनसँगै आवश्यकता

इन्टेरियर डिजाइनरले सजाउँदा आकर्षक हुन थालेपछि सेवाग्राहीले आफू बस्ने कोठा मात्र होइन किचन, बाथरुम, घरको बरन्डादेखि लिएर बगैंचासम्म सजाउने क्रम बढेको छ, जसका कारण डिजाइनरहरूको व्यस्तता पनि बढेको छ । कर्पोरेट हाउस, हस्पिटल तथा रेस्टुराँहरू पनि डिजाइन गराउने ट्रेण्ड प्रारम्भ भएको छ ।

डिजाइनर सुशोभित रञ्जितकारका अनुसार आधुनिकीकरण तथा मानिसको जीवनस्तरमा आएको सुधारका कारण सामान्य परिवारले पनि घरको सुन्दरतामा चासो दिन्छन् । यसका लागि सुहाउँदो बजेटअनुसारका सामग्रीतर्फ मानिसहरूको आकर्षण बढिरहेको छ । ‘इन्टेरियर डिजाइनरहरूले घरको पहिलेको स्वरूपलाई नै कायापलट गरिदिने मात्र होइन कोठाको आकार, उचाइ, बनावट आदि विषयमा गहिरिएर अनुसन्धान गरी सुहाउँदो तरिकाबाट सुन्दरता छर्ने काम गर्छन्,’ डिजाइनर रञ्जितकारले भने ।

इन्टेरियर डिजाइनरले सजाउँदा आकर्षक हुन थालेपछि सेवाग्राहीले आफू बस्ने कोठा मात्र होइन किचन, बाथरुम, घरको बरन्डादेखि लिएर बगैंचासम्म सजाउने क्रम बढेको छ, जसका कारण डिजाइनरहरूको व्यस्तता पनि बढेको छ । कर्पोरेट हाउस, हस्पिटल तथा रेस्टुराँहरू पनि डिजाइन गराउने ट्रेण्ड प्रारम्भ भएको छ । इन्टेरियर डिजाइनको काम आर्किटेक्चरले घरको डिजाइन पूरा गरेपछि मात्र सुरु हुन्छ । आर्किटेक्चरले घरको भित्री मापदण्ड बलियो एवं परिवारको आवश्यकतालाई ध्यान दिएर स्टक्चर खडा गर्छन् भने इन्टेरियर डिजाइनरले कलरलगायत घरमा प्रयोग हुने फर्निचर, विद्युत् लाइटलाई आकर्षक रूपमा प्रयोग गर्छन् ।

खर्च

मानिसहरूको बुझाइमा इन्टेरियर डिजाइनिङ गर्दा धेरै खर्च लाग्छ । तर खर्च धेरै लाग्छ भनेर आत्तिइहाल्नु पर्दैन । इन्टेरियर डिजाइनर सविन शाक्यका अनुसार आर्थिक अवस्था राम्रो भएका सौखिनहरूले घरलाई आकर्षक बनाउन न्यूनतम २५ देखि ३० लाखसम्म खर्च गर्दै आएका छन् ।

यति रकमलाई कतिपयले सामान्य मान्छन् तर घर भने लोभलाग्दो बन्छ’, उनले भने, ‘व्यावसायिक प्रतिष्ठानलाई हेर्ने हो भने ५० लाखभन्दा माथिको टार्गेट गर्नर्ु उचित हुन्छ ।’ पुरानो घरलाई इन्टेरियर डिजाइनिङमार्फत आकर्षक बनाउँदा २५ देखि ३० लाखकै हाराहारीमा रकम खर्च गर्नुपर्ने हुनसक्छ, जसले पुरानो घरको स्वरूपलाई नै परिवर्तन गरिदिन्छ । त्यसबाहेक सानो घरलाई ८–१० लाखमा पनि सुन्दर तुल्याउन सकिन्छ । यद्यपि इन्टेरियर डिजाइनका लागि मानिसहरू जति पनि खर्च गर्न तयार हुने गरेका छन् ।

रंगको महत्व

घरलाई सुन्दर बनाउने क्रममा मानिसले आफ्ना इच्छा र चाहनालाई पनि जोडेको पाइन्छ । इन्टेरियर डिजाइनिङमा खटिएकाहरू भन्छन्–मानिसको मुडलाई भित्तामा लगाइएको कलरले चेन्ज गरिदिन्छ । अहिले मानिसहरू रातको समयमा आफ्नो बेडमा दिनको तनाव बिर्साउन घरको भित्तामा लगाइएको कलरले साथ देओस् भन्ने चाहना राख्छन् ।

यस्तो कलरमा सेतो वा क्रिम कलर धेरैको रोजाइमा पर्ने गरेको छ । किनभने सेतो वैवाहिक जोडीका लागि खुसीको रंग हो भने क्रिम सान्त्वनाको रंग हो । यस्तै नीलो, आकाशे फ्रेसनेसको कलर हो भने रातो, कालो तनावका कलर हुन् । यस्तै सुन्तला, हरियो तथा पहेंलो कलरचाहिँ व्यावसायिक कलर हुन् ।

लाइट र लोकेसन

घरको भित्री डिजाइन गर्दा समयलाई ध्यान दिनुपर्छ । दिनको तनाव बिसाएर निद्रालाई आनन्ददायक बनाउने काममा लाइटले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । डिजाइनरहरूका अनुसार प्राय: मानिस बेलुका डिम लाइट रूचाउँछन् । यसले जोडीलाई आनन्दानुभूति प्रदान गर्दै सामीप्य प्रदान गर्छ । राति अर्को आनन्द प्राप्त हुने साधन हो आफू सुत्ने बेड । बेड राख्दा पनि लोकेसन मिलाउन सक्नुपर्छ । सबैजसो मानिस खाना खाएर रमाउने बेड आफूअनुकूलको होस् भन्ने चाहन्छन् । बेडको लोकेसन प्रगोगकर्ताको चाहनाअनुसार नै तय गरिन्छ । राति बाहिरी आवाज कोठाभित्र नसुनियोस् भन्ने हिसाबले थर्मोकोल वा प्लाई प्रविधिबाट कोठाको फिनिसिङ गरिन्छ ।

ध्यान दिने कुरा

अंग्रेजीमा इन्टेरियर डिजाइनिङ भन्ने शब्द नेपालीमा घर वा कोठाको भित्री सौन्दर्यसँग सम्बन्धित विषय हो । इन्टेरियर डिजाइनरले फर्निचर सजावट, उपलब्ध स्पेसको सही प्रयोग, कार्पेट, मार्बल, सिलिङ, भित्ताको रंग आदिको प्रयोगजस्ता कुरालाई ध्यानमा राखेर काम गर्छन् । इन्टेरियर डिजाइनर सुशोभित रञ्जितकारका अनुसार बेडरुम, किचनरुम, चिल्ड्रेन रुम कस्तो, कत्रो र कहाँ उपयुक्त हुन्छ झ्याल–ढोकाको आकार, उचाइ, स्थानलगायत बत्ती राख्ने स्थान आदिमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

अहिले नयाँ घरमा मात्र होइन पुराना घरलाई समेत इन्टेरियर डिजाइनिङमार्फत नयाँ जस्तै स्वरूपमा उतार्न थालिएको छ । सानो बजेटमा पनि सामान्य घरलाई सुन्दरता प्रदान गर्न सकिने रञ्जितकारको अनुभव छ । इन्टेरियर डिजाइन गर्दा वास्तुशास्त्रमा पनि विशेष ध्यानमा राखिन्छ ।

 Image