Successfully Copied

टिन फेसन

फेसन वल्र्डमा सबैका लागि केही न केही उपलब्ध छ जसबाट टिन फेसन शैली पनि अछुतो छैन ।

फेसन वल्र्डमा सबैका लागि केही न केही उपलब्ध छ जसबाट टिन फेसन शैली पनि अछुतो छैन ।

प्रिन्ट्स र ड्रेसेज

साइबर एज : डिजिटल प्रिन्टका टप्सले फेसनेबल लुक प्रदान गर्छ ।

एनिमल किङ्डम : फेसन वल्र्ड यतिबेला वाइल्ड हुँदै गएको छ । एनिमल प्रिन्ट्स सबै ठाउँमा इन छ । चाहे त्यो पेन्ट होस् वा टप्स वा ह्यान्ड ब्याग ।

 

चेकर्स : चेक प्रिन्ट्स सधैं चर्चामा रहन्छ । चेक ड्रेसेज, टप्स, एसेसरिज, ब्याग्स वा सुज पनि लोकप्रिय रहँदै आएका छन् । त्यसबाहेक पोल्का डट्सको ब्ल्याक एन्ड ह्वाइट ड्रेस पनि ट्रेन्डमा रहेको पाइन्छ । फ्लोरल मिनी ड्रेसेज पनि कुल हुन्छ । यसले डेलिकेट अनि फ्रेस लुक प्रदान गर्छ ।

टप्स

रेसर फ्रन्ट टप्स : रेसर ब्याक टप्स अब फ्रन्टमा बढी आकर्षक देखिन्छ । यसलाई आफ्नो वार्डरोबको हिस्सा बनाउनुपर्छ । यसले फंकी लुक प्रदान गर्छ ।

लेसी ड्रेस : टिनएजमा लेसी टप्स सुहाउँदो हुन्छ । यसले यङ लुकलाई अझ बढी डेलिकेट गर्छ । स्ट्राप्स पनि इन छ, अत: स्ट्राइप्ड टिसर्टलाई आफ्नो वार्डरोबको हिस्सा बनाउनुपर्छ ।

बटम्स जिन थेरेपी

*    स्किनी जिन्सले हट एवं स्लिमर लुक प्रदान गर्छ ।

*    जहाँसम्म कलर्ड जिन्सको प्रश्न छ, त्यसमा रेड, ग्रिन र पर्पलदेखि लगभग सबै कलर इन छ । यद्यपि डिप वाइन कलर हिजोआज हट फेभरेट भएको छ ।

*    नि–लेन्थको ब्ल्याक टाइट्स पनि ट्रेन्डमा छ ।

 

 स्किनी लेगिङ्स

स्ट्रेच पेन्ट वा स्किनी लेगिङ्स इजी वेयर मानिन्छन् र तिनले स्मार्ट लुक समेत प्रदान गर्छन् ।

प्रिन्टेड पेन्ट्स : यो हिजोआजको हट च्वाइस पनि हो । स्मार्ट, सेक्सी एवं फन्की लुकका लागि यो टिनएजर्सको पहिलो रोजाइमा पर्छ ।

 

कलर्स

फ्रुट पन्च : एलो आजभोलि न्यू ओरेन्ज बनेको छ अर्थात् ब्राइट लेमनी कलर लोकप्रिय हुँदै गएको छ । एलोको भाइब्रेन्ट सेड्स छनोट गर्नु राम्रो हुन्छ ।

पप अप : ब्राइट पप अप कलर ट्रेन्डमा छ । चाहे त्यो नेल कलर्स होस्, लिप कलर्स वा पहिरन नै किन नहोस् । त्यसबाहेक पेस्टल, नियन, ब्ल्याक र ह्वाइट पनि इनमा रहेको पाइन्छ । नियन लिप कलर्स तथा आइस्याडोले ट्रेन्डी लुक प्रदान गर्छन् ।

फुटवेयर

बकल अप : बुट्स वा सुज जसमा बकल्स प्रोमिनेट हुन्छ अर्थात् जसमा हाइलाइट हुन्छ, टिनएजर्सहरूको आकर्षण त्यसमै पाइन्छ । यिनलाई भिन्टेज ड्रेससित टिमअप गर्नुपर्छ ।

सु साइन : मेटालिक ड्रेस वा ज्याकेटले अप्ठ्यारो लुक दिन्छ, यस्तोमा मेटालिक सुज प्रयोग गर्नु उपयुक्त हुन्छ । हिजोआज साइनी सुज इन छ ।

ह्यान्ड ब्याग्स

बक्स, ब्याग्स, क्लच ठूल्ठूला ब्याग्स वा हेभी ब्याग्स टिनएजर्सका साथमा हुन्छन् । टिन फेसनअनुरूप ब्याग्सलाई गुड्स बाई भन्दै बक्स क्लच प्रयोग गर्नु राम्रो हो ।

डेलिकेट स्लिङ ब्याग्सले टिनएजर्सलाई कुल लुक प्रदान गर्छ । स्ट्राइप्स र डेनिम बेक प्याक्स अवश्य हुनुपर्छ । बेक प्याक्समा फ्लाबरी प्रिन्ट्स पनि इन छ । यो टिनएजर्सको पहिलो रोजाइ बनेको देखिन्छ ।

एसेसरिज

अर्बन लुक : चंकी चेन नेकलेसले मोर्डन टिन लुकलाई पूर्णता प्रदान गर्छ । यसलाई निटेड टप वा बेसिक टिसर्टका साथ लगाउनु उपयुक्त हुन्छ ।

रिस्ट कफ : सिंगल बोल्ड कफ टिनएजर्सलाई खुबै मन परेको पाइन्छ । यो लगाएपछि अन्य एसेसरिजको आवश्यकता महसुस हुँदैन ।

 Image