Successfully Copied

अन्माउने दिनको पहिरन

विवाहको मुख्य दिन नै दुलही अन्माउने दिन हो । दुलही अन्माउने दिन सबैको नजर दुलहीमा हुन्छ । त्यसैले दुलहीहरू राम्री देखिन मेकअप, ज्वेलरीदेखि पहिरनमा पनि कुनै कसर छोड्न चाहँदैनन् ।

विवाहको मुख्य दिन नै दुलही अन्माउने दिन हो । दुलही अन्माउने दिन सबैको नजर दुलहीमा हुन्छ । त्यसैले दुलहीहरू राम्री देखिन मेकअप, ज्वेलरीदेखि पहिरनमा पनि कुनै कसर छोड्न चाहँदैनन् । सुन्दरका साथै सौम्य, आकर्षक तर नेचुरल र कन्फिडेन्ट देखिनु जरुरी छ । रातो र गोल्डेन हेभी साडीमा धेरै एसेसरिजले दुलहीको विशेष महत्व झल्काउँछ ।

पहिले विवाहका लागि भनेर बनारसी साडी अर्थात् दोपट्टाको साडी नै लगाउनुपर्ने मान्यता थियो । बनारसी साडीलाई दुलही साडीसमेत भनिन्थ्यो तर अहिले डिजाइनर साडी नै रुचाइन्छ । बनारसी साडी हेभी हुने, नेट, सिल्क, जर्जेटजस्तो सजिलो गरी क्यारी गर्न नसकिने भएकाले पनि बनारसी साडीभन्दा बुटिकमा गएर नेट, जर्जेटका हेभी इम्ब्रोइडरी साडी नै बनाउन खोजिन्छ । नयाँ घरमा, नयाँ मानिसहरूबीच जानुपर्ने भएकाले अप्ठ्यारो हुने पहिरनले पहिलो इम्प्रेस नै बिग्रने डर हुन्छ । अहिलेका दुलहीहरू यी सबै कुराप्रति आफै सचेत छन् ।

त्यसैले आकर्षक देखिन र क्यारी गर्न सजिलो पहिरन रोज्छन् । दुलहीहरूका लागि सिमर जर्जेटमा कन्ट्रास्ट बोर्डर विथ हेभी इम्ब्रोइडरी पनि उत्तिकै चल्छ । बोर्डरको कन्ट्रास्ट ब्लाउज तथा डायबल क्रेप कन्ट्रास्ट गरी डाइ गरी तयारी पारिएको ब्लाउज पनि धेरै राम्रो देखिन्छ । अन्माउने दिन भएकाले रातो रंग नै उपयुक्त हुन्छ जुन परापूर्वकालदेखि नै चलिआएको छ ।

रातोमा गोल्डेनका साथमा नीलो, हरियो, क्रिम कन्ट्रास्ट आकर्षक देखिन्छ । दुलही साडीमा सितारा, पोते, रेशम वर्क, ह्यान्ड वर्क, स्प्रिङ वर्क राम्रो देखिन्छ । परिवारले विवाहमा लेहेंगा लगाउने स्वीकृति दिए दुलहीका लागि लेहेंगा अझ राम्रो देखिने पहिरन हो । दुलहीको अनुहार, हाइट, रंग, मोटाइ हेरेर लेहेंगा डिजाइन गरिन्छ । रातो, रानी, पर्पल, पिंक तथा डार्क ब्लुमा हेभी इम्ब्रोइडरी गरिएको ब्राइडल लेहेंगा उपयुक्त हुन्छ । दुलहीका लागि फिस सेपको लेहेंगा नै सुहाउँछ । 

मेरीना श्रेष्ठ, फेसन डिजाइनर, डार्क एञ्जल, इमाडोल्

 Image