Successfully Copied

मेहन्दी तथा नेल आर्ट

पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त हुन्छ । यो सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको हुन्छ ।

तीजमा आफ्नो इच्छाअनुसार रिसर्व, कोहिनुर, मारवाडी, राजस्थानी तथा अरेबिक आदि कलात्मक डिजाइनको मेहन्दी लगाउन सकिन्छ । तीजका लागि अरेबिक मेहन्दी सबैभन्दा उत्तम हुन्छ ।  यो मेहन्दी डिजाइनको प्याटर्न फरक तथा सफा हुन्छ । ग्लिटर टाटु, ब्ल्याक, ब्राउन मेहन्दी आदि टेम्पररी टाटु हुन् । मेहन्दी लगाएर पछि मेटाइहाल्नुपर्नेहरूका लागि टेम्पररी मेहन्दी उपयुक्त हुन्छ । मेहन्दी लगाउनुअघि कुन मेहन्दी लगाउने हो छान्नुपर्छ ।

तीजमा महिलाहरू नङ पनि उत्तिकै सुन्दर देखाउन खोज्छन् । त्यसका लागि नेल एक्सटेन्सन तथा नेल आर्टका विभिन्न विधि उपलब्ध छन् । नेल एक्सटेन्सन गर्दा कमसल सामानले नङलाई भित्रैबाट कमजोर बनाउने, लेयरहरू जाने, टुट्ने डर हुने भएकाले गुणस्तरीय प्रोडक्ट छान्नुपर्छ । नेल एक्सटेन्सन ३ महिनासम्म टिकाउन एक्रेलिक नेल एक्सटेन्सन गराउन सकिन्छ । यो नेचुरल नेलजस्तै देखिन्छ । फेक नेल एक्सटेन्सन प्लास्टिकले बनेको हुन्छ ।

जेल नेल एक्सटेन्सन लेटेस्ट प्रविधि हो जुन आकर्षक तथा नेचुरल देखिन्छ । यो लामो समयसम्म टिकाउ हुनुका साथै यसलाई नेलको ग्रोथअनुसार रिफिलिङ गर्न सकिन्छ । फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ । नङलाई आकर्षक देखाउन नेल आर्ट गर्न सकिन्छ ।

नेल आर्ट तथा पेन्टिङप्रेमीहरूले टेम्पोरी नेल आर्ट गराउनु उपयुक्त हुन्छ  । पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त हुन्छ । यो सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको हुन्छ । यो नेल आर्ट पानी खेलाउँदा वा लुगा धुँदा पनि जाँदैन ।   

(जुनु चक्रधरसँगको कुराकानीमा आधारित लेख)

 Image