Successfully Copied

उच्च रक्तचापबाट छुटकारा पाउन

–पर्याप्त हिँडडुल गर्नुपर्छ । हिँडडुल तथा हल्का व्यायामले मुटुलाई अक्सिजनको उच्चतम उपयोग गर्न सहयोग गर्छ । यसो गर्दा मुटुले बढी रगत पम्प गर्नु पर्दैन र ब्लड प्रेसर उच्च हुने जोखिम कम हुन्छ ।

–पर्याप्त हिँडडुल गर्नुपर्छ । हिँडडुल तथा हल्का व्यायामले मुटुलाई अक्सिजनको उच्चतम उपयोग गर्न सहयोग गर्छ । यसो गर्दा मुटुले बढी रगत पम्प गर्नु पर्दैन र ब्लड प्रेसर उच्च हुने जोखिम कम हुन्छ ।

–लामो तथा विस्तारै श्वास फेर्ने तथा योग गर्ने । यसो गर्दा स्ट्रेस हार्मोनको उत्पादन कम हुन्छ । यसले मिर्गौलाले उत्पादन गर्ने रेनिन इन्जाइमको उत्सर्जन कम हुन्छ । रेनिन इन्जाइमको उत्पादन धेरै भयो भने रक्तचाप बढ्छ । बिहान–बेलुकी कम्तीमा पनि पाँच–पाँच मिनेट लामो श्वास लिने तथा फ्याँक्ने अभ्यास गर्ने । योग तथा ध्यानलाई पनि जीवनको अभिन्न अङ्ग बनाउने ।

–आलुका साथै पोटासियमयुक्त फलफूल प्रशस्त सेवन गर्ने ।    

–नुनको सेवन घटाउने ।

–चकलेट खाने । उच्च गुणस्तरयुक्त चकलेटमा फ्लाभिनोल पाइन्छ जसले रक्तनलीलाई फराकिलो बनाउँछ र रक्तचाप सन्तुलिन बनाउन सहयोग गर्छ ।

–अल्कोहलको सेवन कम गर्ने । अल्कोहलको सेवन बढी गर्ने मानिसमा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।

–कफीको सेवन पनि कम गर्ने । कफीमा पाइने केफाइनले रक्तचाप बढाउन सहयोग गर्छ ।

–ग्रिन टीले रक्तचाप घटाउन ठूलो सहयोग गर्छ ।

–काममा बढी व्यस्त नहुने । काममा बढी व्यस्त हुँदा तनाव बढ्ने तथा रक्तचाप उच्च हुने जोखिम हुन्छ । त्यसैले समय–तालिका बनाएर काम गर्ने र फुर्सद निकालेर रमाइलो गर्ने ।

–मन पर्ने गीत–संगीत सुन्ने । संगीत सुन्दा रक्तचाप कम हुने इटालीमा गरिएको एक अध्ययनले देखाएको छ ।

–सुतेको बेला घुर्ने बानी छ भने उच्च रक्तचापको शंका गर्न सकिन्छ ।

–बोसोयुक्त खाद्यपदार्थको बढी सेवन नगर्ने । त्यसको साटो रेसादार खाद्यपदार्थ तथा सागपात पर्याप्त सेवन गर्ने ।

 Image