Successfully Copied

आकर्षक व्यवसाय : ब्युटिपार्लर

भनिन्छ– ब्युटिपार्लरको सुरुवात १४औं शताब्दीमा टर्कीमा भएको थियो ।............

भनिन्छ– ब्युटिपार्लरको सुरुवात १४औं शताब्दीमा टर्कीमा भएको थियो । १६ औं सताब्दीमा अन्त्यतिर ब्युििट पार्लर धेरै विकसित रूपमा अगाडि आयो । विकसित देशहरू जस्तो इंग्लैण्ड, फ्रान्स र जापान आदिमा त तालिम प्राप्त युवतीहरूद्वारा सञ्चालि ब्युटि पार्लरहरू धेरै समयदेखि व्यवसायिक रूप धारण गरिसकेको छ । हाम्रो देशमा त प्रजातन्त्रको पुन: वहालिपछि मात्र ब्युटि पार्लरको चलन बढेको हो । साथै यसको व्यवसायिकरण पनि भयो । 

ब्युटि पार्लर सामान्यरूपमा मिहिलाले नै चलाउाछन् । आज प्रत्येक सानो ठूलो सहरमा च्याउा उम्रेझै ब्युटि पार्लरहरू खुल्न थालेका छन् तर यी ब्युटि पार्लरहरू पैसा कमाउने चक्क्रमा ग्राहकहरूलाई धोका दिन पनि चुक्दैनन । यस्ता पार्लहरूले ग्राहकको सुन्दरता बढाउनुको साट्टा हानिकारक प्रसाधनको प्रयोग गरेर झन विभिन्न स्वास्थ्य समस्याहरू सिर्जना गरिदिन्छन । 

यस्तो सममा जहाा कामकाजी महिलाको साथै घरेलु महिला पनि ब्यटि पार्लरको मोहजालबाट आकर्षित छन् । यो जरुरी छ कि प्रत्येक महिलालाई यी पार्लरको बारेमो केृही आधारभूत ज्ञान होस । यसका लागि केही मापदण्ड छन् जसलाई सबै महिलाले बुझ्नुपर्छ । 

स्थानको छनौट 

ब्युटि पार्लर र हेल्थ सेन्टरका स्थायी ग्राहक त अपर कलास पिपल नै हुन्छन् । हो, पार्लर्सका अधिक चलनको काण कहिलेकाही मध्यम वर्गीय परिवारका महिला पनि यसको सेवा लिन्छन् । ग्राहकहरू आफ्नो कार, ट्याक्सी, स्कुटर वा रिक्सा जुन बाहनले पार्लर सम्म पुग्छन् । त्यहाा पार्किङको सुविधा र पार्किङ गर्ने स्थान पनि सुविधाजनक हुनुपर्छ । साथै पार्लरको स्तर पनि राम्रो खालको हुनुपर्छ । 

ब्युटिशियमा हुनुपर्ने योग्यता र गुणहरू 

एउटा ब्युटि पार्लर सञ्चालन गर्नका लागि उच्च शिक्षा प्राप्त गरेको हुनुपर्छ भन्ने चाहिा होइन । धेरैजसो सरकारी तथा निजी संस्थानमा ब्युटि कोर्षको ट्रेनिङ दिइन्छ । यसको अवघि ३ देखि ६ महिलासम्मको हुनछ । ट्रेनिङ पूरा भैसकेपछि युवतीहरू कुनै राम्रो ब्युटि पार्लरमा काम गरेर अनुभव लिइन्छन । जसले उनीहरू भित्र कलात्मक दक्षता र प्राविधिक कुशलताको साथै आत्मविश्वासको भावना पनि जागृत हुन्छ ।

व्यवहार कुशल र मधुर बोलि हुनु एउटा राम्रो ब्युटिसियनमा हुनुपर्ने गुण हो । उसको बातचित गर्ने तरिका प्रभावि र व्यक्तित्व आकर्षक स्मार्ट र आधुनिक हुनुपर्छ । एउटा ब्युटिसियन भएको नाताले सधै मेकअपमा देखिनुको साटो आम साजसज्जामा देखिनु राम्रो हुन्छ । यसप्रकार एउटा राम्रो सेवाले ग्राहकको मनमा स्थान बनाउन उसफल हुुन सकछन् । यसको विपरित यदि ब्युटिशियन रुखो स्वभावको छ भने सबै सुविधाले भरिपूर्ण ब्युटिपार्लरमा पनि ग्राहक अर्को जान मान्दैनन । 

साजसज्जा र फर्निचर 

महंगो पार्लर प्रायजसो एयरकन्डिशन हुन्छ । ब्युटिपार्लरका लागि ठाउाको छनौटपछि सबभन्दा बढी पैसा त्यसको र्फिर्नचरमा खर्च हुन्छ । जुन कुर्सीमा बसाएर ग्राहकको श्रृंगार गरिन्छ त्यो रिवालिंग, आरामदायक र विशेष सुविधायुक्त हुनुपर्छ । आजभोलि स्पांडिलाइटिस र पिठ्युमा दुखाइको समस्या प्राय:जसो महिलामा पाइन्छ । यस्ता ग्राहकका लागि यस प्रकारको कुर्सीमा प्रत्येक किसिमको आप्शंस हुन्छन् । 

अनुहारको साजसज्जा 

अनुहारको छालाको साजसज्जाका लागि राम्रो कम्पनीको अनेकौं प्रकारको हर्वल र मेडिकेटेड कस्मेटिक्स आउादछ । जसलाई अनुहारमा लगाएमा कुनै खराब असर गर्दैन । अनुहारको छालामा फोहोर नजामोस्, च्याउरी नपरोस, डाबर नआओस् ब्ल्याक हेड्सको सफाई आदिको पनि ध्यान राखिन्छ । छालाको प्रकृतिअनुसार एउटा राम्रो ब्युटि पार्लरमा क्लीजिङ मिल्क, क्लीजिङ क्रिम, स्किन फुड एस्ट्रिजेन्ट लोसन, ब्लीचिग क्रिम, वैनिशिंग क्रिम, फाउनडेशन क्रिम, स्नो, कोल्ड क्रिम, मास्चराइजर र फेस पाउडर आदिको प्रयो गरिन्छ । ग्राहकको छालमा कुनै इन्फेक्सन नहोस, उसको कपडा खराब नहोस् । यसका लागि पार्लरमा स्टरलाइज्ड टाबेल रहन्छन् । 

ब्युटि पार्लरका उपकरण 

फूल फेशियल ट्राली 

फेशियलसाग सम्बन्धित सबै उपकरण योसाग फिट हुन्छ । यसको मुख्य भागमा मैग्निफांग मिरर, आजोन, स्टीमर, वाइब्रेटरी मसाजर, ब्ल्याक ह्ड्स रिमूभर र कोल्ड मिस्ट स्प्रेयर हुन्छ । ग्राहकलाई कतै जान नपरोस भनेर उसको अराम र सुविधाका लागि फेशियल ट्रालीसाग फेशियल बेड पनि लगाएको हुन्छ । 

वाइब्रेटरी मसाजर 

यो बिजुलीबाट चल्ने पार्लर उपकरण हो जसलाई चलाएपछि भाइब्रेसन उत्पन्न हुन्छ । जब पनि थ्रेडिङ वा हेयर सेटिंगको क्रममा ग्राहकको पिठ्युमा दुखाइ हुन्छ वा स्पांडिलाइटिसको कारण गर्दनमा दुख्न थाल्छ भने त्यतिबेला यसलाई बीचमा राखेपछि धेरै अराम मिल्छ । 

हुड ड्रायर 

यदि ग्राहकलाई चााडै कपालमा रोलर वा हेयर सेटिंग गराउनु छ भने ब्यटिसिशयनको उपलब्ध हुड ड्रायरले कपाललाई क्षणभरमा सुकाउन सकिन्छ । 

फुट मसाजर 

पेडिक्योरका लागि पार्लर्समा बिजुलीबाट चल्ने mुट मसाजर हुन्छ । जसलाई चलाएपछि उत्पन्न हुने कम्पन्नले खुट्टा र जोर्नीको दुखाइमा राहत मिल्दछ । 

इलेक्ट्रोलिसिस 

महिलाको ओठ र नाकको बीच भागमा र नाइटोमा रौं आएमा हिन भावनाले सताउन थाल्छ तर अब यी पार्लरमा उपलब्ध उपकरणले यसबाट सधैका लागि निजात पाउन सकिन्छ । यो महंगो उपचार हुन्छ । ५–६ सिटिंग पनि लाग्न सक्छ । कहिलेकाही फेरि पनि रौं उम्रन सक्छ । यसको साइड इफेक्ट पनि हुनसक्छ । त्यसैले आजभोलि थर्मोलिसिसको चलन छ । यो कम खर्च, बढी सुरक्षित र काम सिटिंगमा पूरा हुने सौन्दर्य विद्या हुन् । 

कमसल पार्लरको खराब परिणाम 

आधा अधुरा तालिम लिएर पैसा कमाउने लोभमा खोलिएको ब्युटि पार्लर प्रत्येक मामिलामा कमसल हुन्छ । यस्तो पार्लरमा कुनै पनि सोवाका लागि कति चार्ज लाग्छ भनेर फिक्सड गरिएको हुादैन । प्राय: नयाा ग्राहकबाट मनोमानी ढंगले पैसा असुलिन्छ । 

पैसा कमाउने चक्करमा यस्ता पार्लर्स सस्तो र कमसल प्रकारको कस्मेटिक्स प्रयोग गर्छन । जसले अनुहारमा सुन्निनुको साथै डाबर पनि निस्किहाल्छ । पेडिक्योरका लागि पानीमा राम्रो सेम्पुको ठाउामा डिटर्जेन्ट मिलाएर काम चलाइरहाल्छन् । परिणाम यो निस्किन्छ कि उसको खुुट्टाको छाला मुलायम हुनुको साटो कठोर भएर चिरापर्न थाल्छ । 

–यस्तो पार्लरमा प्रयोग आफ्नो समान र उपकरण वास्तवमा अनस्पटलाइज्ड नै हुन्छ । त्यसैले इन्फेक्सनको पूरापूर खतरा हुन्छ । 

–सुन्दर देखिने होडले आज सान–साना नानीहरूलाई पनि छोडेन । यिनीहरू पनि फेशियल गराउनबाट चुक्दैनन् । 

तर यस्ता अपरिपूर्ण ब्युटिपार्लरहरू सबैथोक जानेर पनि ती सानीसानी नानीहरूलाई यो भन्दैनन् कि कम उमेरमा फेशिययल गराउनाले अनुहारको मुलायम छालामा नराम्रो प्रभाव पर्न सक्छ । पार्लरमा आएको ती सानीसानी नानीहरूलाई फर्काइदिनमा उनीहरू आफ्नो घाटा ठान्छन । 

यो ध्यान दिन योग्य कुरा हो कि फेशियल २५–२६ वर्षको महिलाले नै गराउनुपर्छ साथै महिनामा एक पटक भन्दा बढी गराउनुहुादैन । 

एउटा राम्रो एउटा ब्युटिपार्लरबाट ब्युटि ट्रिटमेन्ट लिने महिलाहरूको भित्र जुन सन्तुष्टि र आत्मविश्वासको भावना हुन्छ । त्यो एउटा कमसल पार्लरबाट पाउनु असभंव छ । 

यदि माथि बताएको कुरालाई ध्यानमा राख्दै कोही आफ्ना लागि ब्युटिपार्लरको छनौट गर्छ भने उसको कहिल्यै धोका खानुपर्दैन । 

 Image