Successfully Copied

साइकोलोजिस्ट नानीको अभिनय यात्रा

नानी थापा नेपाल सरकारको कन्सलटेन्ट भएर भूकम्पपीडित बालबालिकाहरूका लागि साइकोलोजिस्टका रूपमा काम गर्दैछिन् । हुन त उनी मिस हेरिटेजकी उपविजेता पनि हुन् । थापाले त्यहीँबाट अन्तर्राष्ट्रिय वातावरण दूतका रूपमा एक वर्ष काम पनि गरिन् ।

नानी थापा नेपाल सरकारको कन्सलटेन्ट भएर भूकम्पपीडित बालबालिकाहरूका लागि साइकोलोजिस्टका रूपमा काम गर्दैछिन् । हुन त उनी मिस हेरिटेजकी उपविजेता पनि हुन् । थापाले त्यहीँबाट अन्तर्राष्ट्रिय वातावरण दूतका रूपमा एक वर्ष काम पनि गरिन् । थापाले क्राउन नेपाल नामक संस्थामार्फत बालबालिकाहरूको हक–हितमा काम गर्दै आएकी छिन् । उक्त संस्थाकी अध्यक्षसमेत रहेकी नानीले ४–५ वटा म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । भर्खरै नेपाली मौनता तथा हिन्दी द टेलिफोन शीर्षकका चलचित्र साइन गरेकी नानी अहिले सर्वनाममा मञ्चन भैरहेको नाटक पुतलीमा अभिनय गरिरहेकी छिन् । उनले अ ब्युटिफुल वुमन, बेचिएकी चेली, विद्रोह, म पनि कम छैन आदि नारीप्रधान नाटकमा एकल प्रस्तुति पनि दिएकी छिन् । नेपाललाई बालअधिकारमैत्री बनाउने उनको चाहना छ । थापा घुम्न, चलचित्र हेर्न र पुस्तकहरू पढ्न रुचाउँछिन् । सबै किसिमका फेसन मन पराउने नानी आफूलाई सुहाउने पहिरनमा हिँड्छिन् । निरुता सिंह, कर्म तथा सौगात मल्लको अभिनयबाट प्रभावित थापा नारीप्रधान चलचित्रमा कम गर्न चाहन्छिन् ।

 Image