Successfully Copied

स्वस्थ रहने सूत्र

तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरको तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ ।

तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरको तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत रूपमा एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । शरीरमा पानीले छाला कोमल बनाउनुका साथै पाचन तन्त्र ठीक राख्छ । 

भोजनमा नुनको मात्रा कम : अचार, पापड, चटनी, केनु सुप र तरकारीमा नुनको प्रयोग कम गर्नुपर्छ । प्रतिदिन ५ ग्रामभन्दा कम नुन राम्रो मानिन्छ । ताजा सागसब्जी, फलफूल, माछा, पोल्ट्री उत्पादन र ननभेज खानुपर्छ । 

आदर्श तौल  : अतिरिक्त तौलका कारण पनि स्वास्थ्यका मामिलामा जोखिम बढ्छ र ह्दय रोग तथा मधुमेहजस्ता रोगको आशंका बढ्छ । यदि तौल सामान्यभन्दा बढी भएको छ भने खानपानमा बिस्तारै परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । आफ्नो शारीरिक सक्रियतालाई पहिलेभन्दा बढी तेज गर्नुपर्छ । यदि एकैदिनमा एक–डेढ किलो तौल बढेको छ र सातामा एक–दुई किलो बढ्दैछ भने कुनै फिटनेस ट्रेनरसित सल्लाह गरी काम गर्नुपर्छ । 

ब्लड प्रेसर तथा कोलेस्ट्रोल लेवल : ब्लड प्रेसर तथा कोलेस्ट्रोल लेवलको जाँच गर्नुपर्छ । उच्च रक्तचाप भएका व्यक्तिमा स्ट्रोक वा ह्दयाघात हुने खतरा सधैं रहन्छ । हरेक दिन ब्लड प्रेसर जाँच गराउनुपर्छ र थोरै पनि परिवर्तन देखा परे चिकित्सकसँग सल्लाह लिनुपर्छ । रक्तचाप कम हुँदा ह्दयमा दबाब कम रहन्छ । 

शारीरिक रूपमा चुस्त : व्यायाम गर्नाले शरीरमा शक्ति बढ्छ । शरीरका मांसपेशी पनि मजबुत हन्छन्। बिस्तारै–बिस्तारै व्यायाम गर्ने बानी बसाल्नुपर्छ जसले शारीरिक क्षमता स्वत: विकसित हुन्छ । शारीरिक व्यायामका लागि अलग–अलग प्रकारको एरोविक्स, पौडी, साइक्लिङ आदि गर्न सकिन्छ । 

धूम्रपान त्याग : धूम्रपानको कारणले ब्लड प्रेसर बढ्छ । व्यायाम गर्ने क्षमता घट्छ र शरीरमा रगत जम्ने जोखिम पनि बढ्छ । धूम्रपान छोड्नाले आयु बढ्छ, स्वास्थ्यमा सुधार हुन्छ । आकर्षक देखिन सकिन्छ भने धूम्रपानका कारण मुहारको रिङ्कल बढ्छ । दाँतमा दाग पर्छ, फोक्सो प्रभावित हुन्छ, औंला पहेंला हुन्छन् भने छालाको रंग पनि परिवर्तन हुन्छ । त्यस्तै धूम्रपान त्याग गर्नाले इन्द्रिय सक्रिय हुन्छन् र पैसाको पनि बचत हुन्छ । 

तनाव कम गर्ने : तनाव बढेको महसुस भए वा निद्रा गडबड भयो भने तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ । 

मद्यपान गर्ने बानीमा नियन्त्रण : मद्यपान बढी सेवन गर्नाले फोक्सो एवं ह्दयलाई क्षति पुर्‍याउँछ । काम गर्ने क्षमतामा प्रभाव पर्छ, तौल बढ्छ र ह्दयाघातको खतरा पनि बढ्छ । 

नियमित स्वास्थ्य परीक्षण : आपत्कालीन स्थितिमा मात्र होइन समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ । प्रतिरक्षा तन्त्र कमजोर हुनुपूर्व नै स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुन्छ । 

 Image