Successfully Copied

दीपको पर्व दीपावली

शुभ दीपावली झिलिमिलीको महापर्व हो । नेपाली संस्कृतिमा तिहारको निकै महत्व छ । हामी परम्परागत तरिकाले आफ्नो सभ्यतालाई निरन्तरता दिन यो पर्व मनाउँछौं । तिहारमा के वृद्ध के बालक हरेकको मनमा अलग उत्साह एवं उमंग हुन्छ । हाम्रो सामाजिक संरचना नै यसरी तयार

दीपावली अर्थात् तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गरिन्छ । शुभ दीपावली झिलिमिलीको महापर्व हो । नेपाली संस्कृतिमा तिहारको निकै महत्व छ । हामी परम्परागत तरिकाले आफ्नो सभ्यतालाई निरन्तरता दिन यो पर्व मनाउँछौं । तिहारमा के वृद्ध के बालक हरेकको मनमा अलग उत्साह एवं उमंग हुन्छ । हाम्रो सामाजिक संरचना नै यसरी तयार गरिएको छ जहाँ पर्वहरूको आ–आफ्नै महत्व छ । तिहारमा देश नै दीपको उज्यालोमा जगमग हुन्छ । हरेक घरमा मानिसहरू आफ्नो सामथ्र्यअनुसार दियो बालेर पृथ्वीमा प्रकाश अवतरण गर्छन् ।

यो दिन साँझ दियो बाल्नाले संसारका समस्त प्राणीको जीवन उज्यालो हुन्छ । यही उज्यालोमा

धनकी देवी लक्ष्मीको आगमन हुन्छ जसले गर्दा अभावको अन्त्यसमेत गर्छ । तिहारमा बिहानैदेखि

घर–घरमा उल्लासको वातावरण रहन्छ । तिहारमा सबैले आफ्नो घरको सरसफाइ राम्रोसँग गर्छन् ।

महालक्ष्मीको आगमन स्वच्छ वातावरणमा हुने विश्वास गरिन्छ । लक्ष्मीपूजाका दिन सबैले राम्रो

पहिरनमा लक्ष्मीको पूजा गर्छन् । यो दिन घरमा थरीथरीका मिठाईं, पकवान एवं स्वादिष्ट

व्यञ्जन बनाइन्छ । प्रविधिले पनि तिहार मनाउने चलनमा परिवर्तन ल्याएको छ । पहिले

लक्ष्मीपूजाका दिन माटाको दियोले घर झिलिमिली पारिन्थ्यो भने हिजोआज इलेक्ट्रिक दियो, मैनबत्ती तथा झालरले घर झिलिमिली बनाइन्छ । घरलाई सकेसम्म विभिन्न बत्तीले सजाएर लक्ष्मीलाई स्वागत गरिन्छ । 

 Image