Successfully Copied

नेचुरल लुकको नयाँ शैली

इन्टरभ्यु लुकका लागि मौसमअनुरूप फर्मल ड्रेस छनोट गर्नुपर्छ। सर्टका साथमा ट्राउजर वा जिन्स लगाउन सकिन्छ।

इन्टरभ्यु लुक

ड्रेस : इन्टरभ्यु लुकका लागि मौसमअनुरूप फर्मल ड्रेस छनोट गर्नुपर्छ। सर्टका साथमा ट्राउजर वा जिन्स लगाउन सकिन्छ।

हेयर : केश धेरै खुल्ला हुनु हुँदैन। हाइपोनी वा फ्रेन्च रोल स्टाइल अपनाउनुपर्छ। निधारमा केश नआओस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ।

मेकअप : इन्टरभ्युका लागि पेस्टल कलरको मेकअप गर्नुपर्छ। लाइट, पिन्क, ब्राउन, बीच, लाइट पर्पल आदि जुन स्किन टोनसिन मेल खाने खालको हुन्छ। आँखामा ग्लिटर, सिमर तथा चम्किलो रंग प्रयोग गर्नु हुँदैन। आइलाइनर धेरै गाढा हुनु हुँदैन। ब्लसरको प्रयोग म्याट लुकमा हुनुपर्छ। ओठलाई नेचुरल लुकमा राख्न ग्लास प्रयोग गर्नुपर्छ।

क्याजुयल लुक

डे क्याजुयल लुकका लागि जिन्सका साथमा स्टाइलिस र टे्रन्डी टप लगाउनुपर्छ। इच्छाअनुसार कलरफुल समर कुर्ती लगाउन सकिन्छ। बढी भड्किलो शैलीबाट जोगिनुपर्छ।

हेयर :  केश छोटो छ भने खुल्ला छोड्नु राम्रो हुन्छ।

मेकअप : क्याजुयल लुकमा धेरै डार्क मेकअप गर्नु हुँदैन। लाइट मेकअप गर्नुपर्छ। पहिरनसित सुहाउँदो आइलाइनर लगाउनुपर्छ। गाजल धेरै डार्क हुनुहुँदैन। ओठमा हल्का रंगको लिपिस्टिक प्रयोग गरी माथिबाट ग्लास लगाउनुपर्छ।

पर्पल ट्रेन्डी लुक

ड्रेस : समर स्प्रिङ फेसनलाई ध्यानमा राखी हिजोआज फ्लोरल पहिरन चल्तीमा छन्। पहिरन सुहाउँदो विडस र स्टोनबाट बनेका ज्वेलरी पनि लगाउन सकिन्छ।

हेयर : यो लुकमा आफ्नो केशलाई अगाडिबाट उठाएर वा हाफ पोनी गरी स्टाइलिस देखिन सकिन्छ।

मेकअप : पर्पल पहिरनका साथमा आँखामा पर्पल आइस्याडो र गाजल लगाएर त्यसलाई ब्लेन्ड गर्नुपर्छ। पर्पल फेसन ट्रेन्डी लुकको मेकअप धेरै लाउड नहोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ। ब्लसरका लागि पिन्क रोज कलर तथा ओठका लागि चिक पिन्क लिपग्लस प्रयोग गर्नुपर्छ।

न्युली ब्राइडल समरलुक

ड्रेस : हल्का रंग र हल्का फेबि्रकको साडी लगाउनुपर्छ। ग्रीन, ब्लु, रेड, कलरबाट बनेका सिफन, क्रेप, जर्जेटका साडी उपयुक्त हुन्छन्। यस्ता साडी हल्का पनि हुन्छन् र तिनले व्यक्तित्वलाई नयाँ लुक प्रदान गर्छन्। पहिरनसित मिल्दो ज्वेलरी प्रयोग गर्नुपर्छ।

हेयर : न्युली ब्राइडल लुकमा हाफ पोनी, जुरो वा केश खुल्ला छोड्न सकिन्छ।

मेकअप : नयाँ दुलहीको मेकअप केही गाढा हुनुपर्छ। गोल्ड मिक्स कलर र स्पेन्डेड ग्रीन आइस्याडो लगाउनुपर्छ र रेड हट कलरको लिपिस्टिक प्रयोग गर्नुपर्छ।

स्पोर्टी टिनएज लुक

ड्रेस : समरमा स्पोर्टी टिनएज लुकका लागि सफ्ट एवं आरामदायक पहिरन लगाउनुपर्छ। अहिले पर्पल, ब्लु, गोल्ड, ग्रीन आदि रंगको चलन छ। सोर्टसका साथमा स्टाइलिस टप सुहाउँदो हुन्छ।

हेयर : हाइपोनिटेल बनाउनुपर्छ। पहिरनसित सुहाउँदो हेयर कल्चर, हेयर क्लिप्स आदि प्रयोग गर्नुपर्छ।

मेकअप : यो लुकका लागि आँखामा हेभी कोल पेन्सिल लगाउनुपर्छ। जसले आँखालाई उभार्ने काम गर्छ। ओठमा म्याचिङ लिपिस्टिक लगाउनुपर्छ।

 Image