पिङमा उल्लास
कपिलवस्तुको वाणगङ्गा नगरपालिकास्थित बुङ्चीकी ३६ वर्षे सुशीला बेल्बासे दसैं नजिकिँदै गर्दा पिङ राख्ने ठाउँ खोज्न थाल्छिन् । आफैं अग्रसर भई टोलमा महिला जुटाउँछिन् । एक–दुई दिन लगाएर बाँस र डोरी जम्मा गरी लिंगे पिङ ठड्याउँछिन् ।

कोरोना महामारीका कारण रोकिएको व्यापार/व्यवसाय विस्तारै चलायमान हुने क्रममा छ । सामान्य अवस्थामा फर्किन भने समय लाग्ने देखिन्छ । दसैं, तिहार, छठ आदि ठूला चाडपर्वको मौसम नजिकिएसँगै बजारमा भने चहलपहल बढेको छ । तर, विगतमा झैं किनमेलको दृश्य अझै देखिन सकिएको छैन । चाडपर्वका बेला कम्तीमा एक जोर नयाँ लुगा सिलाउने वा खरिद गर्ने नेपालीको एउटा चलन नै हो । यस पटक अधिकांश उपभोक्ता चाडपर्वकै लागि भनेर आँखा चिम्लेर खर्च गर्ने मुडमा देखिँदैनन् ।
स्वयम्भूकी सुवासिनी श्रेष्ठ वैवाहिक जीवनमा प्रवेश गरेको दुई वर्षजति भयो । उनको माइती धरान र मामाघर भने विराटनगर । फेसनमा अत्यन्त रुचि राख्ने उनी विवाहअघि जति लगाउने कुरामा खर्च गर्थिन्, विवाहपछि त्यो झन् बढेको छ । उनी नयाँ डिजाइनको कुर्ता, लेहेंगामा विशेष रुचि राख्छिन् । ‘इन्डो वेस्टर्न फ्युजन’ उनलाई असाध्यै मनपर्छ । यसपटक भने परिस्थिति हेरेर लुगामा धेरै खर्च नगर्ने सोचमा उनी पुगेकी छन् । दसैंमा टीकाका लागि माइतीसम्म जाने हो, त्यो पनि निर्क्यौल छैन, त्यसैले यसपटक बढीमा एक जोर नयाँ कुर्ता डिजाइन गर्ने मुडमा छिन्, उनी ।
बाफलमा सिलाइ पसल संचालन गर्दै आएकी निर्मलालाई विगतको दसैंको बेला यतिखेर अर्डर लिन र लिएको अर्डर समयमै पुर्याउन भ्याइनभ्याइ हुन्थ्यो । ‘नवमीसम्म फुर्सदै पाइँदैनथ्यो’, उनले अनुभव सुनाइन्,‘अहिले त सामान्य दैनिकीजस्तै छ, विगतको बेला जस्तो भ्याइनभ्याइ भएको छैन, चाडपर्वजस्तो लागेकै छैन ।’
स्थिति जस्तोसुकै भए पनि चाडपर्वले हामी सबैको जीवनमा विशेष महत्व राख्छन् । त्यसैले धेरै–थोरै भए पनि तयार गरिन्छ । खासगरी बजारमा नयाँ फेसन उतार्नेहरूले त तयारी गरेकै हुन्छन् । अतः बजार थोरै सुस्ताए पनि चाडपर्वको माहौलमा फेसन पस्कनेहरूको मिहिनेत र तयारीमा कमी देखिँदैन ।
‘ट्रेडिसनल तथा एथनिक’ पहिरनका पारखी माझ ‘रुबिज् कलेक्सन’ चिरपरिचित नाम हो । ललितपुरको झम्सीखेलस्थित यो आउटलेटमा दसैं प्रि–सेलअन्तर्गत गोटापट्टी सिफन साडी, सिल्क तथा सिफन साडी, सलवार सुट पिस बिक्री भइरहेका छन् । नियमितजसो फेसबुकबाट लाइभ गरी आफ्नो कलेक्सनका बारेमा जानकारी दिँदै आएको रुबिज् कलेक्सनले अनलाइन अर्डर लिने र बुकिङ गर्ने गरेको छ । यस्तै, सेलमा सिफन, लिनेन सिल्क, वेटलेस जर्जेट, बनारसी सिल्क साडी आदि सुपथ मूल्यमा उपलब्ध गराइरहेको छ । रुबिज् कलेक्सनमा अर्गान्जा, नेट, सफ्ट कटन, सिल्क, ह्यान्डलुम ढाकालगायतका विभिन्न डिजाइनका साडी, कुर्ता पिस, कुर्ती तथा लेहेंगाहरू उपलब्ध छन् । नयाँ कलेक्सनका रूपमा लाइटवेट प्रिन्टेड साडी, लाइट वेट पेन्टेड सिफन साडी, आरा बनारसी साडी, सफ्ट प्रिन्टेड कटन साडी आदि भित्रिएका छन् भने दसैं कलेक्सनका रूपमा अझ नयाँ र आकर्षक डिजाइनका साडी, कुर्ता सेट, पार्टी वेयर आदि भित्रिने रुबिज् कलेक्सनले उल्लेख गरेको छ ।
कुपन्डोलस्थित ‘ड्रिम्स वेयर फेसन द बुटिक’ ले चाडपर्वको मौसमलाई ध्यानमा राखेर सुपथ मूल्यमा फेसन पारखीहरूमाझ ‘दसैं कलेक्सन’ पस्केको छ । डिजाइनर मञ्जु बन्जारा ढकालका अनुसार ड्रिम्स वेयरमा यो दसैं लक्षित विवाहिता महिलाका लागि पिच, टिन्ट, सी ग्रिन, फ्लोरल, मस्टर्डजस्ता कलरको विविधतामा विशेषतः प्रिन्टेड सिल्क, सिफन तथा अर्गान्जा साडीहरू उपलब्ध छन् । किशोरीका लागि कुर्ता तथा बालिकाका लागि फ्रकको कलेक्सन तयार बजारमा ल्याएको छ । किशोरीहरूको ‘इन्डो वेस्टर्न’ शैलीतर्फको झुकावलाई ध्यानमा राखेर कुर्तामा वेस्टर्न टच भएका लङ गाउनजस्तै देखिने प्लेन अनारकली कुर्ताको कलेक्सन यसपटकको दसैंका लागि उसले पस्केको छ । बितेका वर्षको जस्तो दसैंको चहलपहल नभए पनि खरिद–बिक्री सन्तोषजनक रहेको मञ्जुले बताइन् । अनलाइन अर्डरको सुविधासहित नेपाल र नेपालबाहिर पनि डेलिभरि गर्ने गरिएको उनको भनाइ छ ।
डिल्लीबजारस्थित ‘कुसुम द बुटिक’ की संचालिका कुसुम पदम श्रेष्ठ दसैंको परिवेशमा आफ्नो बुटिकमा ग्राहकहरूको सन्तोषजनक उपस्थितिबाट उत्साहित देखिइन् । त्यसो त उनको बुटिकमा साडी, लेहेंगा, गाउन, सरारा पनि उपलब्ध छन् । यद्यपि उनी भने दसैंका लागि आफ्नो ‘क्याजुयल’ कुर्ताको कलेक्सनमा बढी केन्द्रित देखिइन् । उनले दसैंका लागि भनेर ब्राइट तथा पेस्टल दुवै कलर रेन्जमा कुर्ताको कलेक्सनलाई प्रस्तुत गरेकी छिन् । अन्य रंगको प्रयोग भए पनि आफ्नो विशेषता ‘अरेन्ज थिम’ लाई कुनै न कुनै रूपबाट आफ्नो कलेक्सनमा नछुट्याएको उनले बताइन् । विशेषतः ‘प्लेन जर्जेट’, ‘साटन’, ‘इम्ब्रोइडर्ड फ्याब्रिक’ मा ‘क्याजुएल’ सँगै ‘पार्टी वेयर’ का लागि पनि उनले कुर्ताको कलेक्सन तयार गरेकी छिन् ।
डिजाइनर युवी थापाले भने दसैंकै लागि भनेर आफ्नो नयाँ कलेक्सन तयार गरेका छैनन् तर केही समयअगाडि उनले सार्वजनिक गरेको पार्टी ‘वेयर कलेक्सन’ लाई भने दसैंको ‘फेस्टिभ’ माहौल सुहाउँदो नै हुने भएकाले यही अवसरमा उक्त कलेक्सनलाई ‘स्टक क्लियरेन्स सेल’ मा प्रस्तुत गरेको बताए । यतिखेर ‘इन्डो वेस्टर्नको फेसन’ बढी चलेकाले दसैं फेसनमा वेस्टर्न फ्युजनकै बढी प्रचलन हुने युवीको विचार छ । ‘पेस्टल कलर’, ‘फ्लोरल प्याटर्न’, ‘निट एण्ड क्लिन डिजाइन’ बढी मन पराइने उनको भनाइ छ ।
डिजाइनर तेन्जिन छितेन भुटियाले पनि दसैंकै लागि भनेर आफ्नो कलेक्सन त छ्ट्युाएका छैनन् तर दसैंका लागि अर्डरअनुसार डिजाइन गर्नमा भने उनी व्यस्त छन् । अहिलेको स्थितिमा महँगा फ्याब्रिकभन्दा ‘अफोर्डेबल फ्याब्रिक’ मा सुन्दर तथा आकर्षक डिजाइनतर्फ ग्राहकवर्ग केन्द्रित रहेको उनको अनुभव छ । साथै बजारमा उपलब्ध रहेकै फ्याब्रिकमा आफ्नो सिर्जना प्रस्तुत गर्नुपर्ने अवस्था पनि रहेको उनी बताउँछन् । ‘ह्यान्ड इम्ब्रोइडरी’ भन्दा ‘रेडिमेड प्रिन्ट’ तथा ‘इन्ब्रोइडर्ड’, ‘सिक्वेन्स वर्क’ भएका ‘फ्याब्रिक’ को प्रयोग गरी ग्राहकको बजेट सुहाउँदो गर्नुपरेको उनले आफ्नो अनुभव सुनाए । ग्रिन, ब्लू, पिन्कजस्ता कलरको ‘लाइट सेड’ तथा ‘पेस्टल सेड’ तर्फ फेसनपारखीहरू अहिले बढी आकर्षित देखिएको उनको भनाइ छ ।
फेसबुक तथा इन्स्टाग्राममा नयाँ–नयाँ फेसनका बारेमा पछ्याउने हो भने यतिखेर अधिकांश बुटिक, फेसन हाउस तथा होलसेलरहरूले आफ्नो पेजमा दसैं कलेक्सनलाई प्रस्तुत गरेको पाइन्छ । कान्तिपथस्थित ‘आशिराज् फेसन हाउस’ ले आफ्नो दसैं ‘स्पेशल कलेक्सन’ मा विभिन्न मनमोहक रंगमा आकर्षक डिजाइनका चिकनकारी कुर्ती, गरारा सेट, कुर्ती टप्स, सरारा, डिजाइनर साडी आदि प्रस्तुत गरेको छ । ‘अनलाइन अर्डर’ सँगै रिङरोडभित्र होम डेलिभरि तथा अतिरिक्त शुल्कसहित नेपालभरि नै अर्डर डेलिभरि गर्ने सुविधा पनि हाउसले प्रदान गरेको छ ।
‘सिल्क होम कलेक्सन’ ले आफ्नो फेसबुक पेजमा चाडपर्वका लागि लक्षित ‘फेस्टिभ कलेक्सन’ लाई प्रस्तुत गरेको छ । आफ्नो कलेक्सनलाई अझ आकर्षक ढंगबाट प्रस्तुत गर्न मोडलको पनि उपयोग गरेको होमले काठमाडौं उपत्यकासहित नेपालभरि नै डेलिभरिको सुविधा दिएको छ । उसले आफ्नो ‘फेस्टिभ कलेक्सन’ मा विभिन्न ‘स्टाइल’ का कुर्ती, लेहेंगा, सलवारसुट, ‘पलाजो स्टाइल’, ‘पार्टी वेयर’, ‘लङ’ कुर्तीलगायतका ‘एथनिक वेयर’ लाई प्रस्तुत गरेको छ । अनलाइन अर्डरमा पेजमा इनबक्स, भाइबर तथा व्हाटस्एपमा पनि अर्डर लिने व्यवस्था गरेको छ सिल्क होमले ।
विशेषतः लेडिस सलवारसुट, डिजाइनर लेहेंगा, साडी, कुर्ती, कुर्ता, डिजाइनर गाउन, पार्टी तथा ब्राइडल ब्लाउज आफ्नो परिचय बनाएको त्रिपुरेश्वरस्थित ब्लुबर्ड मलमा रहेको मञ्जरीले आफ्नो दसैं कलेक्सन प्रस्तुत गरेसँगै ८० प्रतिशतसम्मको दसैं स्पेशल अफर सार्वजनिक गरेको छ ।
यसरी सजियौं
ट्रेडिसनल फेसन मुड
चाडपर्वका लागि साडीमा विशेषतः सिफन, जर्जेट, क्रेप जस्ता ‘लाइट वेट फ्याब्रिक’ उपयुक्त हुन्छन् । आरामदायक, हल्का हुनुका साथै प्रयोगकर्तालाई ‘स्लिम’ पनि देखाउँछ । ‘स्लिम लुक’ नै मन पराउनेका लागि भने ठूल्ठूला प्रिन्ट भएका भन्दा स–साना प्रिन्ट भएका साडी नै उपयुक्त हुन्छन् । त्यसो त ‘फेस्टिभल सिजन’ का लागि बनारसी, कान्जीवरम र बाँधनीजस्ता ‘ट्रेडिसनल’ साडी पनि उपयुक्त विकल्प हुन् ।
फेस्टिभल मौसममा अनारकली ड्रेस लगाउन रुचाउनुहुन्छ भने ‘ब्राइट’ वा ‘पेस्टल कलर’ को‘ फ्लोर लेन्थ’ अनारकली राम्रो उपाय हो । यो आरामदायक हुनुका साथै ‘स्टाइलिस’ पनि हुन्छ ।
फ्युजन वेयर्स
‘ट्रेडिसनल वेयर्स’ प्रति रचि नराख्नेहरूका लागि ‘फेस्टिबल मुड’ मा अनेकौं ‘फ्युजन वेयर्स’ का विकल्पहरू पनि उपलब्ध छन् । जस्तै ः जिन्स, टिसर्टका साथमा ‘लङ इम्ब्रोइडर्ड ज्याकेट’, ‘सर्ट टप’ का साथमा धोती पाइन्ट, ‘लङ’ कुर्ताका साथमा ‘पलाजो’, ‘कोर्सेट’ का साथमा ‘लङ स्कर्ट’ । लेहेंगाका साथमा ‘क्रप टप’ र त्यसमाथि ‘ट्रेडिसनल ज्याकेट’ लगाएर आफ्नो अलग ‘स्टाइल’ पनि सिर्जना गर्न सकिन्छ । ‘फेस्टिभल लुक’ का लागि ब्रोकेड, सिल्क आदि ‘फ्याब्रिक’ का ‘लङ ट्रेडिसनल ज्याकेट’ बढी सुहाउँदो हुन्छ ।
सागरिका श्रेष्ठ
‘वेस्टर्न वेयर’ का साथमा ‘लङ ट्रेडिसनल ज्याकेट’ को जोडालाई पनि ‘फेस्टिबल मुड’ मा प्रयोग गरी ‘स्मार्ट’ तथा ‘स्टाइलिस’ नजर आउन सकिन्छ । जस्तै–‘हट पाइन्ट’, ‘सर्ट स्कर्ट’ का साथमा ‘लङ ज्याकेट’ को जोडा वा गाउन, ‘म्याक्सी ड्रेस’, अनारकलीका साथमा ‘लङ ट्रेडिसनल ज्याकेट’ को जोडा । त्यसो त ‘लङ ज्याकेट’ लाई ‘लेयरिङ’ को पनि प्रयोगमा ल्याउन सकिन्छ । जस्तैः ‘सर्ट ड्रेस’, ‘क्रप टप’, ‘हट पाइन्ट’, ‘म्याक्सी ड्रेस’ आदिका साथमा ‘लेयरिङ’ का लागि ‘लङ ज्याकेट’ उपयोगी हुन्छ । ‘क्याजुयल वेयर’ लाई ‘फर्मल लुक’ प्रदान गर्नका लागि पनि ‘लङ ज्याकेट’ को प्रयोग गर्न सकिन्छ । जस्तै–जिन्स टिसर्ट वा जिन्स सर्टका साथमा लङ ज्याकेट । ‘ज्याकेट विथ सिगरेट पाइन्ट’, यो मोर्डन तथा ‘फ्युजन वेयर’ को ‘परफेक्ट कोम्बो’ हो । यसमा ‘स्ट्रेट पाइन्ट’ का साथमा ‘ट्युनिक स्लिट टप’ र ज्याकेट पनि प्रयोग गर्न सकिन्छ ।
कुर्तीको कमाल
फरक–फरक अन्दाज र ‘स्टाइल’ मा कुर्तीलाई प्रयोगमा ल्याउन सकिन्छ । यो ‘फेस्टिभल मुड’ मा ‘फ्युजन स्टाइल’ मा कुर्तीको उपयोगिता पनि उत्तिकै देखिन्छ । कुर्तीलाई ‘लेगिङ’, ‘पलाजो’ वा जिन्ससित जोडा मिलाउन सकिन्छ । ‘क्रप टप’ माथि ‘ओपन्ड अप कुर्ती’ वा ‘सर्ट कुर्ता’ र ‘पलाजो’ को ‘कम्बिनेसन’ पनि ‘स्टाइलिस’ देखिन्छ । जिन्सका साथमा ‘सेन्टर ओपन’ कुर्ती, लेहेंगा वा ‘स्कर्ट’ माथि ‘स्ट्रेटकट्’ कुर्तीको ‘कम्बिनेसन’ पनि ‘ट्रेन्डी’ देखिन्छ । ब्लाउजको साटो साडीमा कुर्ती पनि प्रयोग गर्न सकिन्छ । ‘सेक्विन’ वा ‘मेटालिक वर्क’ गरिएका ‘लङ’ कुर्ती पनि यो चाडपर्वका लागि उपयुक्त विकल्प हुन सक्छ । ‘मेटालिक वर्क’ सित सबै खालका रंगहरू शोभनीय भए पनि ब्ल्याक, म्यारिगोल्ड तथा पिन्क र ग्रिनका सेडहरू अझ बढी उपयुक्त हुन्छन् ।
क्लासिक लेहेंगा
‘फेस्टिभल फेसन’ मा ‘एलिगेन्ट’ देखिन चाहनेका लागि लेहेंगा सुन्दर ‘एथनिक वेयर’ विकल्प हो । यदि लेहेंगा साधारण छ भने दुपट्टा ‘हेभी वर्क’ भएको हुनु राम्रो हुन्छ । जरी वा ‘सिक्वेन्स वर्क’ गरिएको दुपट्टा ‘सिम्पल’ लेहेंगासित सुहाउँदो हुन्छ । केही अलग देखिन चाहनेका लागि ‘रफल’ लेहेंगाका साथमा ‘केप’ र ‘ट्रेडिसनल ज्याकेट’ को जोडा उपयुक्त विकल्प बन्न सक्छ ।
सरारा
यदि तपाईं चुँडिदार र सलवारबाट दिक्क भइसक्नुभएको छ भने ‘सर्ट’ कुर्तीका साथमा ‘पलाजो’ वा घेरादार सरारा प्रयोग गर्न सकिन्छ । सरारा ‘कम्फर्टेबल’ तथा ‘स्टाइलिस लुक’ का लागि उपयुक्त विकल्प हो ।
यसैगरी,‘हाई लो ट्युनिक’, ‘एसिमेट्रिकल टपसित लेगिङ’ वा चुँडिदार पाइन्ट, ‘हाई लो’ कुर्तीसित ‘थ्री फोर्थ कट् मोर्डन पाइन्ट’, ‘हाई लो’ कुर्ती सित ‘स्ट्रेट पाइन्ट’ आदि यो ‘फेस्टिभल सिजन’ मा फेसनेबल देखिने अन्य विकल्प हुन सक्छन् ।