Successfully Copied

आउटडोर फर्निचरको छनौट कसरी गर्ने

आउटडोर फर्निचर  खरिद गर्दा सजकता अपनाउनु जरुरी हुन्छ जसले गर्दा फर्निचरहरु धेरै टिकाउ रहन्छ । आउटडोर फर्निचरमा मौसमको असर धेरै पर्ने भएकोले सानो तिनो कुराहरुलाई ध्यान राख्न जरुरी हुन्छ ।

धेरै वर्ष पहिले आउटडोर फर्निचर एकदमै बिलासी र संभ्रान्तको प्रतिक मानिन्थ्यो । तर आजकल बजारमा धेरै ब्राण्डका राम्रो गुणस्तर भएको आउटडोर फर्निचरहरु पनि सुपथ मूल्यमा पाइन थालेको छ । 

सामान्य मानिसले पनि घर बाहिर आउटडोर फर्निचरको प्रयोग गर्न सक्छन् । पहिले यस्ता फर्निचरहरु भारतवाट मात्र आयत गर्नु पर्थ्यो भने अचेल नेपाली बजारमा चीन, कोरिया, इटाली, अमेरिकन देखि नेपाली प्रोडक्टका विभिन्न डिजाइनका फर्निचरहरु सजिलै उपलब्ध छन् । मान्छेहरु घर भित्र मात्रै नबसेर केही समय बाहिर बसि रमाइलो तथा गफगाफ गर्न मनपराउने हुनाले पनि यस्ता फर्निचरहरु लोकप्रिय हुन थालेका हुन् । 

आउटडोर फर्निचर  खरिद गर्दा सजकता अपनाउनु जरुरी हुन्छ जसले गर्दा फर्निचरहरु धेरै टिकाउ रहन्छ । आउटडोर फर्निचरमा मौसमको असर धेरै पर्ने भएकोले सानो तिनो कुराहरुलाई ध्यान राख्न जरुरी हुन्छ ।

मौसम : 

आउटडोर फर्निचरहरु छनोट गर्दा घाम, पानीले सकभर नबिग्रने किसिमको छन्नु अति आवश्यक हुन्छ । आइरन रड र आल्मुनियम फर्निचरलाई आउटडोरमा राख्नु उपयुक्त हुन्छ । काठवाट बनेका फर्निचरहरु राख्नु उपयुक्त हुँदैंन ।

स्थान :

आउटडोर फर्निचर खरीद गर्दा वा योजना गर्दा स्थानको विशेष ध्यान राख्नु पर्छ । एरिया भन्ने वितिकै बंगलाको गार्डेन वा स्विमिङ्ग पूलको वरिपरि होस् भन्ने होइन । त्यो सानो बल्कोनी वा प्राइभेट टेरेस पनि राम्रो आउटडोर सिटिङ्ग एरिको रुपमा प्रयोग गर्ने सकिन्छ । टेरेसहरुमा आउटडोर सेटिङ्गको साथै बार एरिया राख्ने चलन चल्तिमा छ । तर प्रमुख कुरा बार एरिया होस् वा सिटिङ्ग एरियालाई पर्याप्त हिड्न मिल्ने स्थान बनाएर राख्नु पर्छ । 

फ्लोरिङ्ग :

यस्ता  फर्निचर एरेञ्ज गर्नु अगाडी फ्लोरिङ्ग के कस्तो राख्ने निर्णय पहिले नै गर्नु पर्छ । स्टोन फ्लोरिङ्ग नचिप्लिने हुनाले या नै राख्नु उपयुक्त हुन्छ । हेर्दा प्राकृतिक र सुन्दर समेत देखिने हुनाले स्टोन फ्लोरिंग आउटडोर स्पेसको लागि राम्रो मानिन्छ । 

निर्माण सामग्री :

हेर्दा राम्रो देखिने सामग्री छान्नु भन्दा बलियो, सजिलो र आफ्नो बजेटलाई ध्यान दिएर गर्नु पर्छ । आल्मुनियम र रड फर्निचरहरु बढी टिकाउ पनि हुन्छ ।

सजिलो प्रकारको :

आउटडोर सिटिङ्गलाई आरामदायी रुपमा पनि बनाउनु पर्छ । त्यसैले फर्निचरहरु एकदमै आरामदायी हुनु आवश्यक छ । सन लक्कर र रक्कर चियरहरु एकदमै सजिलो मानिन्छ । त्यसमा आफ्नो रुची अनुसार कुशनहरु राख्न सकिन्छ ।

मर्मत संभार :

आउटडोर फर्निचरलाई सधै पुछेर सफा गरिराख्नु पर्छ । आल्मुनियम फर्निचरलाई पानी र भेनेगरमा एउटा कपडा भिजाएर हल्का चिसो हुने गरी पुछ्ने । यसरी पुछ्नु अघि धूलोहरु सबै सफा गर्नु पर्छ नत्र स्क्राच हुन पनि सक्छ । रड आइरन फर्निचरलाई ब्ल्याक जापान वा इनामेल पोलिस टच गर्दा राम्रो देखिन्छ । राती आउटडोर मेच तथा टेबुललाई हल्का ढल्काएर राख्नु पर्छ । नत्र शित परेर फर्निचरहरुमा खिया लाग्ने सम्भावना बढी हुन्छ । (लेखिका इन्टेरियर डिजाइनर हुन् ।)

 

 Image