राजदूत लोरेन्जोले उद्घाटन गरिन् ‘कलाशाला’
युरोपियन युनियन(ईयु)का राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा अन्तर्राष्ट्रिय ‘कलाशाला’ कार्यशाला शुरु भएको छ ।

गत महिनाको नारी आवरणमा सजिएकी पूर्वमिस नेपाल एवं नायिका मलिना जोशी सार्है राम्री देखिएकी छिन् । उनको बहुप्रतिभाशाली व्यक्तित्व सधैं चम्किरहोस् ।
सुबेला महत, गोंगबु
गत महिनाको नारी फेसनमा आएका दिव्यता वैद्य तथा इच्छा कार्कीको सौन्दर्य प्रशंसायोग्य छ । यस्ता सुन्दर युवतीलाई स्थान दिएकोमा नारीलाई धन्यवाद ।
गौरी श्रेष्ठ, बानेश्वर
नारीले समेट्न खोजेका हरेक कुरा उपयोगी छन् । विशेषगरी तस्बिर प्रकाशित गर्दा नारीले विशेष ध्यान पुर्याओस् । नारी अझ फलोस्, फुलोस्–शुभकामना ।
रमिला गुरुङ, भैंसेपाटी
नारीले उदाहरणीय काम गर्ने नेपाली महिलाका विषयमा धेरैभन्दा धेरै जानकारी प्रदान गरोस् ।
विपना कार्की, रामेछाप
गत महिनाको नारीमा प्रकाशित काठमाडौंका मलहरूसम्बन्धी जानकारी उपयोगी छ ।
सम्झना कटुवाल, इलाम
गत महिना नारीमा प्रकाशित निरूपा प्रसूनको लेख ‘आफूभन्दा सक्षम लोग्ने रोज्छौं अनि जीवनभर हेपिन्छौं’ ले मन छोयो । लेखिका प्रसून तथा नारीलाई धन्यवाद ।
उर्मिला थपलिया, धापासी
नारी टिप्सका विषयमा अझ विविधीकरण होस् । यसले हरेक क्षेत्रलाई समेटोस् ।
प्रतीक्षा भण्डारी, नवलपरासी
गत महिना नारीमा प्रकाशित नारीका विविध गुणका सम्बन्धमा प्रकाशित सामग्री मन पर्यो ।
कृतिका सेढाईं, नुवाकोट
नारी अझ पठनीय होस्
म नारीको नियमित पाठक हुँ । विगत केही समययता नारीमा प्रकाशन हुने पुरुषसम्बन्धी स्तम्भ तथा फोटोफिचर मलाई निकै मन पर्छ । आगामी दिनमा यस्ता स्तम्भ अझ थप हुनु आवश्यक छ । महिलाहरूले पनि पुरुषका सोच, आनीबानी एवं व्यवहारका विषयमा जानकारी पाउँदा त्यसले जीवनलाई व्यावहारिक बनाउन मद्दत पुर्याउँछ । पुरुष र महिलाबीचको सम्बन्धका विषयमा पनि केही स्तम्भ थप गरेर नारीलाई अझ प्रभावकारी बनाउन सकिन्छ । त्यसैगरी कुशलतापूर्वक गरिएको सज्जाले नारी अझ आकर्षक बन्नसक्छ ।
सिर्जना मिश्र, काठमाडौं
आफू सक्षम हुनु आवश्यक
गत महिना नारीमा प्रकाशित निरूपा प्रसूनको लेख ‘आफूभन्दा सक्षम लोग्ने रोज्छौं अनि जीवनभर हेपिन्छौं’ पढेपछि केही लेख्न मन लाग्यो । उक्त लेखले समानतासम्बन्धी कुरालाई गम्भीर रूपमा उठाउनुका साथै नयाँ बहसको थालनी गरेको छ । उक्त लेखमा मैले समानता र सशक्तीकरणसँग मेल खाने विषयको जोडदार वकालत पाएँ । उक्त लेखले हाम्रो सामाजिक जीवनको यथार्थ तथा आम नारी मनोविज्ञानमा पनि प्रकाश पारेको छ । महिलालाई सबल, सक्षम, आत्मविश्वासी भएर अघि बढ्न प्रेरित गर्ने खालको उक्त लेखले हामी नारी जाति आफ्नै कारणले पछि परिरहेका हौं । त्यसैले आफूलाई पछि धकेल्ने सोचलाई अँगालिरहनु आवश्यक छैन भन्ने कुरामा जोड दिएको छ । आफूलाई हरेक कोणबाट योग्य बनाउनु र चुनिने नभै चुन्नसक्ने हैसियत निर्माण गर्नु नै आजको आवश्यकता हो । यद्यपि यसको अर्थ पुरुषले जे गर्छन् त्यही गर्नुपर्छ भन्ने कदापि होइन । आर्थिक, शैक्षिक एवं सामाजिक रूपमा समान रहेर स्वतन्त्रतापूर्वक वैयक्तिक जीवन व्यतीत गर्ने मार्गमा अग्रसर हुनु आजका नारीको अधिकार हो । कुनै पनि कुरामा हेपिनुअघि त्यस्ता सम्भावनालाई जरैदेखि निमिट्यान्न पार्ने प्रयास गर्नु आजका नारीको कर्तव्य हो । हामीले यो काम गर्न सक्यौं भने भावी छोरीहरूले हेपिनुपर्ने स्थितिबाट पार पाउनेछन् । तसर्थ हामी स्वयं जागरुक हुनु आवश्यक छ ।
भद्रिका काफ्ले, सानेपा
नारीमा परिवर्तन
म दस वर्षदेखि नारी पढिरहेकी छु भने नेपाली महिलामा आएको परिवर्तन पनि हेरिरहेकी छु । जुन गतिमा नेपाली समाज परिवर्तन भैरहेको छ, त्यो गतिमा नारीका स्तम्भ, समाचार र विचार परिवर्तन हुन नसकेजस्तो लाग्यो । हुन त पहिले र अहिले धेरै स्तम्भ फेरबदल तथा थपघट भएका छन् तैपनि नारीको लेखरचना प्रस्तुतिको मूल तहमा तात्विक भिन्नता फेला पार्न सकिँदैन । पहिले मलमा किनमेल गर्ने चलन, फेसनमा आएको परिवर्तन, महिला व्यक्तित्वको कुरालाई महत्व दिइन्थ्यो । त्यसलाई आज पनि उही शैलीमा प्रस्तुत गरिएको छ । समयअनुरूप विचारहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न तथा महिलालाई अघि डोर्याउन नारी कमजोर भएको हो कि रु नारीले समाजका हरेक वर्ग एवं पेसालाई समेट्ने प्रयास नगरेको होइन तर त्यो अपूरो छ । समाज जुन गतिमा परिवर्तन भैरहेको छ, त्यो गतिमा नारी कुँद्न सकेको देखिँदैन । नारीले नेपालबाहिर उच्च शिक्षा हासिल गरेका, संसार बुझेका महिलालाई पनि पर्याप्त स्थान दिन नसकिरहेको हो कि जस्तो देख्छु । यति हुँदाहुँदै पनि नारीमा एक प्रकारको आकर्षण छ । गत अंकको नारी अलिकति फरक एवं पठनीय पाएँ । समग्रमा भन्नुपर्दा नारीमा परिवर्तन त छ तर अझै गर्नसक्ने ठाउँ धेरै छ । नारी टिमले त्यतातिर पनि ध्यान पुर्याउने हो कि रु
विन्दु रिजाल, धादिङ
नारी महान् छन्
संसारमा नारीको स्थान निकै उच्च छ । गत महिना नारीमा प्रकाशित नारीका गुण निष्ठा, त्याग, समर्पण, जिम्मेवारी, सौन्दर्य, व्यवस्थापकजस्ता कुराले द्रवीभूत तुल्यायो । एउटी नारीभित्र हुने त्यस्ता गुणकै कारण नारी महान् बन्न सकेकी हुन् भन्ने कुराले आफैंप्रति गर्वित भएँ । उदाहरण खोज्नुपर्दा पनि सामाजिक, राजनीतिक, आर्थिक एवं पारिवारिक आदि हरेक क्षेत्रमा नारीले गरेका हरेक काम हेर्दा साधारण भए पनि असाधारण छन् । यसका लागि उनीहरुले मानव जातिको भलाइका लागि पुर्याएको योगदानको कदर गर्न सक्नुपर्छ । आपत् पर्दा पनि महिलाहरूले आफूलाई कमजोर मानेका छैनन् बरु साहस र हिम्मतपूर्वक अरु नारीलाई हौसला प्रदान गरेका छन् । नारीले समाजको कर्तव्यलाई आफ्नो कर्तव्य मान्दै काम गरेका छन् जुन कार्यका लागि उनीहरूको जति प्रशंसा गरे पनि कमै हुन्छ । तसर्थ हामी सबैले राम्रो कामको सधैं प्रशंसा गरौं । राम्रा कुरा एकअर्कामा बाँडौं । अर्काको आलोचना गर्नुभन्दा पहिले आत्मालोचना गरौं, तब मात्र नारी हुनुको गौरव उजागर हुन्छ किनभने त्याग र समर्पण नै महान् नारीको चिनारी हो ।
बालिका गुरागाईं, हेटौंडा