Successfully Copied

कम्फर्टका लागि आवश्यक छ, बेडसिट

कोठाले व्यक्तित्वका सम्बन्धमा धेरै कुरा बताउँछ र पारखी नजरले त्यसलाई पढ्छ। कोही लापरबाह छ कि व्यवस्थित कोठाले नै बताउँछ।

कोठाले व्यक्तित्वका सम्बन्धमा धेरै कुरा बताउँछ र पारखी नजरले त्यसलाई पढ्छ। कोही लापरबाह छ कि व्यवस्थित कोठाले नै बताउँछ। कलासम्बन्धी बुझाइदेखि लिएर अन्य विषयमा पनि कोठाले परीक्षाबिना नै अनेक कुरा खुलस्त बनाउँछ। जसरी मौसमको हिसाबबाट फूल फुल्छ, रंगले बहार ल्याउँछ, त्यसरी नै घरको मेकओभर आवश्यक छ। यो मेकओभरका लागि कुसन, पिलो, पर्दा तथा बेडसिट्स मौसमअनुसार परिवर्तन गर्नुपर्छ। यो आफ्नो कम्र्फट र सुखका लागि पनि आवश्यक छ। एक्सपेरिमेन्टका लागि जरुरी छ, कलर्स, फेब्रिक र डिजाइन्स। गर्मी मौसमका लागि लाइट कलर्स उपयुक्त हुन्छ भने जाडो मौसमका लागि ब्राइट कलर।

गर्मीमा जब तापक्रम बढी हुन्छ तब सबैको रोजाइ कुल मोटिफ्सका बेडसिट्स हुन्छन्। यो त्यस्तो मौसम हो, जतिबेला सबै कुरा खुला नै मनपर्छ। अतः फ्लोरल प्रिन्ट्स सबैको रोजाइ हुन्छ। सेड्स पनि ओसन ब्लु, लाइट पिन्क वा गि्रन वा ह्वाइटजस्ता लाइट नै छानिन्छ। यसमा नेचुरल सेड पनि प्रयोग गर्न सकिन्छ। मोनोक्रोमेटिक कलर स्किम पनि ट्राइ गर्न सकिन्छ अर्थात् सम्पूर्ण बेडरुमलाई एउटै कलर थिम प्रदान गर्ने। यो स्किममा बेडरुमको हरेक वस्तु, पेन्ट वा वालपेपर पर्दा, फर्निचर, कार्पेट, बेडसिट, पिलो, कुसन्सजस्ता सबै कुरा म्याचिङ हुन्छ र यसले घरलाई एउटा अलग लुक प्रदान गर्छ। कटन बेडसिट्स ड्युरेबल हुनुका साथै आरामदायक पनि हुन्छ। पसिना आउने मौसममा यो शरीरमा टाँसिदैन।

जाडो मौसमका लागि वार्म ब्राइट कलर उपयुक्त हुन्छ। थिक र हेभी फेब्रिकले तातोपन प्रदान गर्छ। यो समयमा बेडमा आफ्नो रोजाइका कुसनहरू राख्न सकिन्छ। जाडोमा पनि बेडरुमलाई मानोओमेटिक कलर स्किमका साथ डेकोरेट गर्न सकिन्छ। बेडरुमलाई उज्यालो र चम्किलो बनाउन ब्राइट रेन्बो कलर प्रयोग गर्न सकिन्छ।

साटन र सिल्क वर्षाका लागि उपयुक्त फेब्रिक हो। सिल्क वा साटनको नरम एवं कोमल फेब्रिकमा पल्टिँदा आराम महसुस हुन्छ। यी फेब्रिक अत्यन्त सुन्दर रंग तथा कोठाले व्यक्तित्वका सम्बन्धमा धेरै कुरा बताउँछ र पारखी नजरले त्यसलाई पढ्छ। कोही लापरबाह छ कि व्यवस्थित कोठाले नै बताउँछ। कलासम्बन्धी बुझाइदेखि लिएर अन्य विषयमा पनि कोठाले परीक्षाबिना नै अनेक कुरा खुलस्त बनाउँछ। जसरी मौसमको हिसाबबाट फूल फुल्छ, रंगले बहार ल्याउँछ, त्यसरी नै घरको मेकओभर आवश्यक छ। यो मेकओभरका लागि कुसन, पिलो, पर्दा तथा बेडसिट्स मौसमअनुसार परिवर्तन गर्नुपर्छ। यो आफ्नो कम्र्फट र सुखका लागि पनि आवश्यक छ। एक्सपेरिमेन्टका लागि जरुरी छ, कलर्स, फेब्रिक र डिजाइन्स। गर्मी मौसमका लागि लाइट कलर्स उपयुक्त हुन्छ भने जाडो मौसमका लागि ब्राइट कलर।

गर्मीमा जब तापक्रम बढी हुन्छ तब सबैको रोजाइ कुल मोटिफ्सका बेडसिट्स हुन्छन्। यो त्यस्तो मौसम हो, जतिबेला सबै कुरा खुला नै मनपर्छ। अतः फ्लोरल प्रिन्ट्स सबैको रोजाइ हुन्छ। सेड्स पनि ओसन ब्लु, लाइट पिन्क वा गि्रन वा ह्वाइटजस्ता लाइट नै छानिन्छ। यसमा नेचुरल सेड पनि प्रयोग गर्न सकिन्छ। मोनोक्रोमेटिक कलर स्किम पनि ट्राइ गर्न सकिन्छ अर्थात् सम्पूर्ण बेडरुमलाई एउटै कलर थिम प्रदान गर्ने। यो स्किममा बेडरुमको हरेक वस्तु, पेन्ट वा वालपेपर पर्दा, फर्निचर, कार्पेट, बेडसिट, पिलो, कुसन्सजस्ता सबै कुरा म्याचिङ हुन्छ र यसले घरलाई एउटा अलग लुक प्रदान गर्छ। कटन बेडसिट्स ड्युरेबल हुनुका साथै आरामदायक पनि हुन्छ। पसिना आउने मौसममा यो शरीरमा टाँसिदैन।

जाडो मौसमका लागि वार्म ब्राइट कलर उपयुक्त हुन्छ। थिक र हेभी फेब्रिकले तातोपन प्रदान गर्छ। यो समयमा बेडमा आफ्नो रोजाइका कुसनहरू राख्न सकिन्छ। जाडोमा पनि बेडरुमलाई मानोओमेटिक कलर स्किमका साथ डेकोरेट गर्न सकिन्छ। बेडरुमलाई उज्यालो र चम्किलो बनाउन ब्राइट रेन्बो कलर प्रयोग गर्न सकिन्छ।

साटन र सिल्क वर्षाका लागि उपयुक्त फेब्रिक हो। सिल्क वा साटनको नरम एवं कोमल फेब्रिकमा पल्टिँदा आराम महसुस हुन्छ। यी फेब्रिक अत्यन्त सुन्दर रंग तथा फ्लोरल डिजाइनमा उपलब्ध हुन्छन्। बेम्बु र कटन बेडसिट्स पनि यो मौसमका लागि उपयुक्त मानिन्छन्। वसन्त ऋतुको अर्थ हुन्छ नयाँपन, उत्साह एवं उमङ्ग। यो परिवर्तन आफ्नो कोठामा देखिनु राम्रो हुन्छ। कोठामा पाइला राख्नेबित्तिकै वसन्तको आगमनको अनुभूति हुनुपर्छ।

रिमझिम मौसममा वर्षाको पानी थोपा-थोपाको तप-तपसँगै बिहानी बेड टी-कफीको आनन्दका बीच बेम्बु सिट्सले सकारात्मक प्रभाव पार्छ। बेम्बु सिट्सको विशेषता नै तातो मौसममा शीतलता एवं चिसो मौसममा न्यानोपन प्रदान गर्नु हो।

फेब्रिकसम्बन्धी जानकारी

हिजोआज लिनेन, कटन, साटन, सिल्क आदि विभिन्न किसिमका फेब्रिक सहज रूपमा पाइन्छन्। यी मटेरियलमा चेक, स्टि्रप, लाइनिङ, फ्लोरल, ट्रेडिसनल आदि थुप्रै प्रकारका प्रिन्ट्स पनि उपलब्ध हुन्छन्।

कटन बेडसिट ः बेडसिटले बेडरुममा नयाँ प्राण भर्ने काम गर्छ। अहिले बजारमा थुप्रै डिजाइन एवं मटेरियल पाइन्छन्। कटन बेडसिटलाई सहज रूपमा वास गर्न सकिन्छ। यसलाई दैनिक प्रयोगमा ल्याउन सकिन्छ। कटनमा अहिले फ्लोरल र चेक प्रिन्ट बढी चलेको छ।

फिटेड बेडसिट ः सुन्दा अचम्म लाग्छ, तर फिटेड बेडसिटको फिटिङ बेडमा राम्रो हुन्छ। वास्तवमा यो कटन बेडसिट हो जसको चारै कुनामा इलास्टिक कर्नर हुन्छ।

कवर्ड बेडसिट ः यो बेडसिट लिनेन वा कटनको हुन्छ। यसको प्रयोग गरी बेडलाई मुनिसम्म कवर गर्न सकिन्छ।

फेब्रिकका प्रकार

ह्वाइट कटन बेडसिट ः कटन बेडसिट आफ्नो क्वालिटीका कारण अत्यन्त लोकप्रिय छ। यसलाई मेन्टेन गर्न सहज हुन्छ। यसले शरीरलाई कुल राख्छ र सबैले गुडफिल राम्रो महसुस गर्न सक्छन्।

लिनेन बेडसिट ः लिनेन बेडसिट जाडोका लागि राम्रो अप्सन हो। यो बेडसिट ऊल तथा कटन ब्लेन्ड हुन्छ। ऊलले न्यानोपन प्रदान गर्छ र कटनले सफ्टनेस दिन्छ। यसबाट टु इन वन फाइदा हुन्छ। यसले धेरै हदसम्म हिट प्रदान गर्छ।

साटन बेडसिट ः गरम मौसममा यसलाई आरामदायक मानिँदैन, तर यसको प्रयोग साजसज्जाका लागि भने गर्न सकिन्छ।

सिल्क बेडसिट ः यसले र्‍यासनेस फिलिङ प्रदान गर्छ। राम्रोसँग हेरचाह गर्न सके सिल्क बेडसिट निकै लामो समयसम्म टिक्छ।

होम डेकोरबाट बुझौं पर्सनालिटी

घरले हाम्रो अस्तित्व एवं व्यक्तिलाई दर्शाउँछ। घरका हरेक कुराले हाम्रो रुचि-अरुचिलाई स्पष्ट गर्छ। घरमा प्रयोग भएको रंगले हाम्रो चाहनाको झलक देखाउँछ तसर्थ घर सजाउँदा निकै विचार पुर्‍याउनुपर्छ।

-    सुन्तला कसैको फेभरेट रंग हो भने त्यसको अर्थ हुन्छ, तपाईं सबैको साथमा रहन, सोसलाइज हुन मन पराउनुहुन्छ र अरूले आफूलाई मन पराऊन्, आफ्नो इज्जत गरून् भन्ने चाहना राख्नुहुन्छ। तपाईंलाई चुनौती पनि मन पर्छ।

-    पहेँलो तपाईंलाई मनपर्ने रंग हो भने तपाईं तार्किक बुद्धिको हुनुहुन्छ र तर्कका माध्यमबाट नै अरूसम्म आफ्नो रचनात्मकता एवं नयाँ आइडिया पुर्‍याएर तिनलाई प्रेरित गर्न चाहनुहुन्छ।

-    हरियो रंग मन पर्छ भने तपाईं प्रेममा विश्वास राख्नुहुन्छ, तपाईं प्रेम गर्ने र प्राप्त गर्ने चाहना राख्नुहुन्छ तथा सुरक्षित महसुस गर्न चाहनुहुन्छ। तपाईं अरूका लागि काम गर्नुहुन्छ अनि त्यसबाट प्रशंसा खोज्नुहुन्छ। मात्र धन्यवादले पनि तपाईंमा जादुको काम गर्छ।

-    निलो रंगसित प्रेम गर्ने व्यक्ति मनको शान्ति चाहन्छ, कारण ऊ आफ्नो जीवन आफ्नो सोच र आफ्नो तरिकाले जिउन चाहन्छ। जे सही लाग्छ, ऊ त्यही कुरामा अघि बढ्छ र अरूका लागि आफ्नो सोच परिवर्तन गर्दैन।

-    इन्डिगो रंग रुचाउने व्यक्ति मधुरता एवं तालमेलमा विश्वास राख्ने खालका हुन्छन् र संसारमा सबैलाई आफ्नो आध्यात्मिक प्रवृत्तिको जानकारी होस् भन्ने चाहन्छन्।

-    बैजनी फेभरेट रंग हो भने, तपाईंलाई इमोसनल सेक्युरिटीको आवश्यकता महसुस हुन्छ र तपाईं हरेक क्षेत्रमा परफेक्सन चाहनुहुन्छ। तपाईं समाज वा अरूका लागि काम गर्ने चाहना राख्नुहुन्छ।

-    मिन पर्ने रंग गुलाफी हो भने तपाईं बिनासर्त अरूले आफूलाई अंगालोस् र प्रेम गरोस् भन्ने चाहनुहुन्छ।

-    फेभरेट रंग टरक्वाइज हो भने तपाईं भावनात्मक सन्तुलनको चाहना राख्नुहुन्छ। आफ्नो सोच र सपना पूरा गर्न आफ्नो सर्तमा मार्ग प्रशस्त गर्न रुचाउनुहुन्छ।

-    रातो मन पर्ने रंग हो भने तपाईं संसारलाई अलग दृष्टिकोणबाट हेर्नुहुन्छ।

-    खैरो रंग रुचाउनेहरू आफ्नो परिवार एवं मित्रजनको सहयोगबाट सुरक्षित तथा शान्त जीवन जिउन चाहन्छन्।

-    कालो रंग रुचाउने व्यक्ति आफ्नै इमोसनल सेक्युरिटी जोगाउन पावर र कन्ट्रोल चाहन्छन्।

-    सेतो रंग रुचाउने व्यक्ति शालीनता एवं आत्मनिर्भरतामा विश्वास राख्ने खालका हुन्छन्।

-    खरानी रंग रुचाउने व्यक्तिहरू शान्तिप्रिय, विश्वसनीय एवं धैर्यवान् हुन्छन्।

-    चाँदी रंगप्रति रुचि राख्नेहरू ज्ञानी तथा गहिरो सोच राख्ने खालका हुन्छन्।

 Image