छठ पर्व सम्पन्न
बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो ।
इन्दिरा राना मगर सन् २०१४ को वल्र्ड चिल्डे्रन पुरस्कारका लागि मनोनयनमा परेकी छिन्। जेलमा रहेका बालबालिकाहरूको हितमा काम गर्दै आएकी इन्दिराले प्रिजनर्स एसिस्टेन्ट नामक संस्थामार्फत धेरै बालबालिकाको उद्धार गरिसकेकी छिन्। उनको दिनचर्या निकै उत्प्रेरक एवं ममतामय छ। इन्दिरा अहिले धेरै बालबालिकाकी आमा बनेकी छिन्। उनी आफ्नो सबैभन्दा कान्छो छोराको स्याहारबाट दिनको प्रारम्भ गर्छिन्। महिला तथा बालबालिकाहरूलाई आदर-सम्मान गर्ने इन्दिरा जता गए पनि महिलाहरूले तयार गरेका सामानमात्र खरिद गर्छिन्। भान्सा होस् वा विदेशीसँगको सहकार्य सबै भूमिका उनले उत्तिकै कुशलतापूर्वक निर्वाह गरिरहेकी छिन्।






