Successfully Copied

जाडोमा पहिरन

जाडो मौसम मलाई खासै मन पर्दैन। तैपनि नायिका भएपछि फेसनप्रति पनि सचेत हुनै पर्‍यो।

नीता ढुंगाना, नायिका

जाडो मौसम मलाई खासै मन पर्दैन। तैपनि नायिका भएपछि फेसनप्रति पनि सचेत हुनै पर्‍यो। जाडोमा न्यानो पनि हुने गरी स्टाइलिस्ट देखिन ऊलन स्कर्टमा स्टकिङ, फल भएको जिन्समा न्यानो पातलो स्वेटरमा छोटो ज्याकेट वा कोट लगाएर हिँड्छु। धेरै नै जाडो भयो भने टोपी, मफलर, पञ्जा र मोजा लगाएर बस्छु। यो मौसममा बुट र क्लोज सुज बढी लगाउँछु।

पार्टी वेयर ः समय र पार्टीको थिमअनुसार पहिरन च्वाइस गर्छु तर प्रायः ऊलन स्कर्टमै हुन्छु।

फुटवेयर ः जुत्तामा हिल नै लगाउँछु। हिलमा पनि पेन्सिल हिल लगाउँदा स्मार्ट महसुस हुन्छ। राम्रा-राम्रा जुत्ता संकलन गर्ने रुचि छ। राम्रो देख्नेबित्तिकै किनिहाल्छु।

एसेसरिज ः एसेसरिजको निकै सौखिन छु। बेल्ट, इयररिङ, माला, रिङ आदि मन पर्छन्। तिनलाई पहिरनअनुसार मिलाएर लगाउँछु।  

स्किन केयर ः घरमै क्लिन्जिङ, टोनिङ गर्छु। प्रशस्त पानी पिउँछु। स्तरीय ब्रान्डका कस्मेटिक मात्र प्रयोग गर्छु।

पुरुष

दीपक गौतम, गायक तथा कार्टुनिष्ट

सबैभन्दा महत्त्व राख्ने महिला ?

मेरी आमा।

जीवनमा आमाको भूमिका ?

आमाबिना हाम्रो अस्तित्व नै कहाँ हुन्छ र ?

राम्री महिला ?

दिपीका पादुकोण ।

महिलाहरूको कुन पक्षले आकषिर्त गर्छ ?

आत्मीयता।

नेपालमा राम्रो गाउने नयाँ पुस्ताका गायिका ?

श्रेया सोताङ र रजिना रिमाल।

महिलाहरूको राम्रो पक्ष ?

कोमल हृदय, माया र समझदारी।

नराम्रो पक्ष नि ?

कुरा काट्ने, डाहा गर्ने एवं इगो पाल्ने।

 Image