Successfully Copied

सुजलको डिलाइट डेरी ह्वाइटनर बजारमा

नेपाली कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन डिलाइट डेरी ह्वाइटनर पाउडर दूध बजारमा ल्याएको छ ।


नेपाली कम्पनी कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन डिलाइट डेरी ह्वाइटनर पाउडर दूध बजारमा ल्याएको छ । देशका विभिन्न ठाउँबाट संकलित दूधलाई नवीनतम, उच्च प्रविधि एवं मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी तयार पारिएकाले यो शतप्रतिशत अन्तर्राष्ट्रिय स्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ । अन्य पाउडर दूधको तुलनामा यो बाक्लो हुनुका साथै अत्याधुनिक ‘अल्ट्रा ड्राइङ स्प्रे प्रविधि’ ले समान मिश्रण कायम गरेकाले मनतातो पानीमा तुरुन्तै घुल्छ । आधुनिक मेटालिक प्याकेजिङका कारण यो पाउडर दूध एक वर्षसम्म प्र्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
यो बाक्लो क्रिमी/स्वादिष्ट छ । गाई र भैंसीको दूधको प्राकृतिक तत्व र पोषिलो यो पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने दाबी कम्पनीको छ । यो उत्पादन नेपालभरि भाटभटेनी, सेल्स बेरी, बिग मार्टलगायत किराना पसल, अनलाइन सपिङ साइटमा उपलब्ध छ । यसको दुई एसकेयु ४ सय ग्रामको ४ सय ७० र ८ सय ग्रामको ९ सय रुपैयाँ राखिएको छ ।

 Image