स्कुटीमा सरर
नेपालमा विगत दुई वर्षदेखि स्कुटर राइडरहरूको सपना साकार पार्दै आएको भेस्पा १ सय २५ सिसीको लक्जरियस स्कुटर हो । प्रतिलिटर ५० किलोमिटर माइलेज दिने भेस्पा प्रतिघन्टा ६० किलोमिटर कुँद्ने बताइएको छ ।
डिजाइनर कोट
स्मार्ट र एलिगेन्ट देखिन चाहनेहरूका लागि ब्लेजर, लाइक्रा, ऊलन आदि फेब्रिकमा लङ कोटहरू धेरैको रोजाइमा पर्छन् ।

कामकाजी महिलाहरू लक्षित वेस्टर्न डिजाइनमा डिजाइनर कोटहरू स्कर्ट डिजाइन, लेयर डिजाइन, सर्ट कोटहरू उपलब्ध छन् । यिनको मूल्य ६ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्छ ।
कलरफुल बुट
यसपटक कालो, सेतो, खैरो कलरका बाहेक कलरफुल बुटहरू बजारमा आएका छन् । रेड, मरुन, पर्पल, ब्लु, ग्रीन, आर्मी ग्रीन, अरेञ्ज कलरका सावर र लेदरका बुटहरू फेसनमा छन् ।

एंकल, निलेन्थ , थाइलेन्थसम्मका बुटहरू फेसन पारखीहरूको रोजाइमा छ । ब्लक, वेज, पेन्सिल हिलका बुटहरू ३ हजार देखि ४ हजारसम्मको यहाँ उपलब्ध छन् ।
पाइने स्थान : सु फर लेस, जावलाखेल