घर चम्काउन लिक्विड क्लिनर
ऐना र सिसा सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । ग्लास क्लिनरले सिसाको चमक उस्तै बनाउँछ र दाग पनि देखिँदैन । घाम लागेका बेला भने यसको प्रयोग गर्नु हुँदैन किनभने यो केमिकल सिसामा लाग्नेबित्तिकै सुकिहाल्छ ।

डिजाइनर कोट
स्मार्ट र एलिगेन्ट देखिन चाहनेहरूका लागि ब्लेजर, लाइक्रा, ऊलन आदि फेब्रिकमा लङ कोटहरू धेरैको रोजाइमा पर्छन् ।
कामकाजी महिलाहरू लक्षित वेस्टर्न डिजाइनमा डिजाइनर कोटहरू स्कर्ट डिजाइन, लेयर डिजाइन, सर्ट कोटहरू उपलब्ध छन् । यिनको मूल्य ६ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्छ ।
कलरफुल बुट
यसपटक कालो, सेतो, खैरो कलरका बाहेक कलरफुल बुटहरू बजारमा आएका छन् । रेड, मरुन, पर्पल, ब्लु, ग्रीन, आर्मी ग्रीन, अरेञ्ज कलरका सावर र लेदरका बुटहरू फेसनमा छन् ।
एंकल, निलेन्थ , थाइलेन्थसम्मका बुटहरू फेसन पारखीहरूको रोजाइमा छ । ब्लक, वेज, पेन्सिल हिलका बुटहरू ३ हजार देखि ४ हजारसम्मको यहाँ उपलब्ध छन् ।
पाइने स्थान : सु फर लेस, जावलाखेल