Successfully Copied

घर चम्काउन लिक्विड क्लिनर

ऐना र सिसा सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । ग्लास क्लिनरले सिसाको चमक उस्तै बनाउँछ र दाग पनि देखिँदैन । घाम लागेका बेला भने यसको प्रयोग गर्नु हुँदैन किनभने यो केमिकल सिसामा लाग्नेबित्तिकै सुकिहाल्छ ।

ग्लास क्लिनर

ऐना र सिसा सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । ग्लास क्लिनरले सिसाको चमक उस्तै बनाउँछ र दाग पनि देखिँदैन । घाम लागेका बेला भने यसको प्रयोग गर्नु हुँदैन किनभने यो केमिकल सिसामा लाग्नेबित्तिकै सुकिहाल्छ ।

स्क्रब

विशेषगरी यसको प्रयोग सिंकको दाग सफा गर्न गरिन्छ । बोरेक्स पाउडरमा कागतीको रस मिसाई रगडेर सफा गर्दा पनि राम्रो सफाइ हुन्छ ।

ग्रिस क्लिनर

यसको प्रयोग विशेषगरी ग्रिल सफा गर्न गरिन्छ । यसले सफाइ गर्दा सबै दाग–धब्बा हराउँछ । 

अल पर्पज क्लिनर

भान्साको र्‍याक तथा फ्रिजको भित्री भाग सफा गर्न यसको प्रयोग गरिन्छ । बेकिङ सोडा तथा तातोपानीमा मिसाएर सफाइ गर्दा पनि भान्साका सामानहरूमा चमक आउँछ । 

मार्बल क्लिनर

मार्बल तथा ढुंगा सफा गर्न मार्बल क्लिनर प्रयोग गरिन्छ । तातोपानीमा मिसाएर सफाइ गर्दा मार्बलमा लागेको दाग हट्नुका साथै चमक पनि आउँछ । 

ब्रास क्लिनर

यसको प्रयोग क्याबिनेटको हेन्डिल तथा बाथरुमको नल, सावर आदि सफा गर्न गरिन्छ । यसका लागि सिरका, कागतीको रस तथा नुन मिसाएर हातले हल्का रगडेर कपडाले पुछ्न पनि सकिन्छ । 

कपर क्लिनर

तामाका भाँडाकुँडा तथा सजावटका सामान सफा गर्न कपर क्लिनर प्रयोग गर्न सकिन्छ । यसले तामाका भाँडा सफा एवं चम्किलो बनाउँछ । 

घर चम्काउन ग्याजेट

भ्याकुम

झोलाजस्तै बोक्न मिल्ने, आवाज नआउने तथा ब्याट्रीबाट चल्ने भ्याकुम क्लिनर पनि बजारमा आएका छन् । भ्याकुमले कार्पेट तथा गलैंचा सफा गर्न सहज बनाउँछ । यसको मूल्य ६ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ ।

फरबोल भ्याकुम क्लिनर

अहिले बजारमा फरबोल भ्याकुम क्लिनरको राम्रो माग छ । कलरफुल भएकाले यो निकै आकर्षक देखिन्छ । यसले अटोमेटिकल्ली पूरै फ्लोर सफा गर्छ । अझ वुडन फ्लोरिङका लागि यसको प्रयोग बढी प्रभावकारी हुन्छ । 

अटोमेटिक फ्लोर मोप

यसले पहिले फ्लोरमा भएका कसिंगरहरू सफा गर्छ र पोछा लगाउँछ । कुना–कुनामा रहेको फोहोर पनि यो मेसिनले सजिलैसँग सफा गरिदिन्छ । यो ब्याट्रीबाट चल्ने मेसिन हो ।

मोडुप भ्याकुम

फ्लोर मोपले जस्तै यो मेसिनले पनि बढार्ने र पोछा लगाउने दुवै काम गर्छ । यो सानो कोठाको सफाइमा बढी उपयोगी हुन्छ ।

फ्लोर वासिङ

वुडन फ्लोरिङ सफा गर्न धुनु जरुरी हुँदैन । बढारेर पोछा लगाए सफा देखिन्छ तर हार्ड फ्लोरिङ चम्काउन वास नै गर्नुपर्छ । यस्तोमा फ्लोर वासिङ ग्याजेट उपयोगी हुनसक्छ । यसले तीन स्टेपमा काम गर्छ । यसले पहिले फ्लोरमा भएको कसिंगर हटाउँछ । त्यसपछि फ्लोरलाई भिजाएर सफा गर्छ र अन्तिममा चिसो फ्लोरलाई सुख्खा बनाएर पुछ्ने काम गर्छ । 

हाउसकिपिङ डिभाइस युवीई

अब किचन टेबल, डाइनिङ टेबलका साथै घरमा भएका टेबलहरू सफा गर्न एक हातमा स्प्रे र अर्को हातमा कपडा बोकेर घुम्नु पर्दैन । हाउसकिपिङ डिभाइसको सहायताले टेबलको सफाइ सजिलैसँग गर्न सकिन्छ । 

विन्डो ग्रिल क्लिनर 

झ्याल वा ढोकामा भएको सिसा सफा गर्न विन्डो ग्रिल क्लिनर प्रयोग गर्न सकिन्छ । यसमा टाइम सेट गरेर बटम दबाएपछि काम सुरु हुन्छ । यो ग्याजेटले १ घन्टामै सबै झ्याल तथा ढोकाको सिसा सफा गरिसक्छ । 

एक्वेरियम ग्लास क्लिनर

एक्वेरियमलाई सबै माछा बाहिर निकालेर सफा गरिन्छ । यद्यपि अब माछा नझिकी एक्वेरियमको सफाइ गर्न सकिन्छ । एक्वेरियम ग्लास क्लिनरले एक्वेरियमको बाहिर र भित्र दुवै भागको सफाइ गरिदिन्छ । 

बाथरुम क्लिनर मेसिन

यो मेसिनको टुप्पोको भागमा जोडिएको ब्रसले बाथरुमको सबै भाग सफा गर्छ । सफाइका लागि यो मेसिनलाई धारामा जोडिदिनुपर्छ । यसले बाथटब, बाथरुमको फ्लोरिङ तथा भित्ता आदि सफा गर्छ ।

 

 Image