हमदर्द तेल बजारमा
नेपाली बजारमा भारतीय ब्रान्ड हमदर्दको ‘हेयर केयर’ उत्पादन भित्रिएको छ । केश रुख्खा–सुख्खा, हा“गा फाटे वा बिग्रेमा यो ब्रान्डका विभिन्न ‘भेराइटी’ का तेल प्रयोग गर्न सकिन्छ ।

नेपाली बजारमा कलर मी ब्युटिफुल आएको छ । साइसा कम्पनीले ल्याएको यो कस्मेटिक्स अमेरिकामा उत्पादित हो । यो गुणस्तरीय हुनुका साथै वातावरण अनुकुल भएको दावी कम्पनीको छ । यसका उत्पादनमध्ये लिपिस्टिक तथा मेकअप लिडमुक्त छन् भने अन्य सौन्दर्य सामग्रीमा पनि कृत्रिम सुगन्धको प्रयोग गरिएको छैन ।
यसको एन्टि एजिङले बोटोक्सको जस्तै काम गर्छ । यसको प्रयोगले ५० प्रतिशतभन्दा बढी चाउरी चार हप्तामै कम गर्छ । यसका अन्य उत्पादनले छालामा हुने संवेदनशील कम गर्नुका साथै महिलालाई आफ्नो टोन अनुसारको सौन्दर्य सामग्री छनोट गर्न सहज हुनेछ ।