लेदरमा नेपाली ब्रान्ड
कुनै समय नेपाली उत्पादनलाई ग्राहकहरूले विश्वास गर्न नसके पनि पछिल्लो समय नेपाली उत्पादनप्रति विश्वास बढ्दै गएको ‘द ह्युमन फिट’ का अपरेसन म्यानेजर बिक्की ब्रजाचार्यले बताए । 
                             
                             
               
              
दुई वर्षअघि गुल्मी जिल्लाको बलेटक्सारबाट सुरु भएको पैंचो पसल राजधानी काठमाडौंमा प्रवेश गरेको छ । ‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने नारालाई आत्मसात् गर्दै राजधानीमा प्रवेश गरेको पैंचो पसलले गाउँमा उत्पादन भएका अन्नबाली तथा फलफूलको पूर्ण सदुपयोग गर्ने प्रयास गरेको छ । कृषि क्षेत्रको प्रबद्र्धन आवश्यक भएकाले पैंचोलाई राजधानीमा भित्र्याइएको यसका संचालकहरू बताउँछन् । यसको मुख्य वितरण कार्यालय लुम्बिनी स्टोर, नयाँबानेश्वर, शंखमूलमा छ । यो स्टोरले उपत्यकाका विभिन्न पसलमा सामान वितरण गर्छ । पैंचोले हाल २३ प्रकारका खाद्यवस्तु उत्पादन गर्दै आएको छ ।