Successfully Copied

बेल्ट

बेल्ट विशेषगरी पाइन्टमा उपयोगी हुन्छ ।

बेल्ट विशेषगरी पाइन्टमा उपयोगी हुन्छ । पाइन्टलाई यथास्थितिमा राख्न बेल्ट प्रयोग गरिन्छ । हिजोआज बेल्ट स्कर्टसँग पनि लगाउन थालिएको छ । बजारमा अहिले विविध प्रकारका बेल्ट उपलब्ध छन् । छाला तथा अन्य विभिन्न मटेरियलले बनेका बेल्ट लगाई फेसनेबल देखिन सकिन्छ । अहिले बेल्टको शैली तथा रंगमा पनि विविधता देखिन्छ । बेल्ट सिम्पल, क्लासिक, फंकी, बोल्ड, क्याजुअल तथा ड्रेसी आदि विविध शैलीका हुनसक्छन् जसले पहिरनलाई स्टाइलिस बनाउन सहयोग गर्छन् । 

खरिद गर्नुअघि ?

  • सुरुमा बेल्टको साइज निक्र्यौल गर्नुपर्छ । 
  • आफ्नो कम्मरको नापअनुरूप बेल्ट खरिद गर्नुपर्छ । 
  • बेल्टको बक्कल राम्रोसँग जाँच गर्नुपर्छ । 
  • छालाको बेल्ट टिकाउ हुन्छ । 
  • प्रोफेसनल महिलाहरूका लागि लेदरको बेल्ट उपयुक्त मानिन्छ । 

 Image