तात्यो जाडोको बजार
धाराबाट पिउन उपयुक्त पानी नआउने भएकाले हरेकले तताएर पानी पिउने हुँदा काठमाडौंमा पानी तताउने केटलको ठूलो माग छ । सिजी, एलजी, हायर, गोदरेज, सोनी, पानासोनिक आदि ब्रान्डका विद्युतीय सामग्री हाल नेपालमा बढी प्रचलनमा छन् ।
एलिजाबेथको समयदेखि नै परफ्युम उत्पादन गर्दै आएको मोन्टेकार्लोले अहिलेसम्म विभिन्न खालका परफ्युम उत्पादन गरिसकेको छ । यसले हालै सबै वर्गलाई मध्य नजर गरेर आफ्नो नयाँ प्रोडक्ट लेडी डायना बजारमा ल्याएको छ । यो हरेक किसिमका फलफूल, वासनादार रुख आदिको सुगन्धमा उपलब्ध छ। गर्मीमा पसिनाको दुर्गन्धबाट बच्न यो राम्रो विकल्प हुनसक्छ । यसले मीठो सुगन्धबाट ताजा अनुभव गराउनुका साथै नजिकका साथीलाई समेत मीठो अनुभूति प्रदान गर्छ ।