नयाँ सेनिटरी प्याड
डा. गरिमा श्रेष्ठले ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर पुन: प्रयोग गर्न सकिने सेनिटरी प्याड तयार पारेकी छिन् । यो सुलभ हुनुका साथै वातावरणमैत्री समेत छ । कपडा प्रयोग गरी निर्माण गरिएको यो सेनिटरी प्याड सुरक्षित पनि छ ।
जम्पसुट
आफ्नो वार्डरोबमा टुइन वान जम्पसुट राख्न सकिन्छ । जम्पसुटले जिन्स, पाइन्ट, सर्ट, टिसर्ट आदि अलग–अलग लगाउने झन्झट हटाइदिन्छ । सुपर स्टाइलिस लुक्स दिन स्टेप वाला जम्पसुट खरिद गर्नुपर्छ । स्लिभ वा स्लिभलेसले युवतीहरूलाई बढी सुन्दर देखाउँछ । जम्पसुटलाई फरक लुक्स दिन ज्याकेट पनि लगाउन सकिन्छ । कुल तथा फ्रेस लुक्सका लागि प्रिन्टेड जम्पसुट लगाउनु उपयुक्त हुन्छ । फंकी लुक्सका लागि भने प्लेन सेतो वा कालो रंगको जम्पसुट लगाउनुपर्छ । जम्पसुटको पूर्ण लुक्सका लागि पेन्सिल हिल लगाएर ब्याग बोक्न सकिन्छ ।