Successfully Copied

फोर्ड फिगो एस्पायर

आकर्षक डिजाइन, स्मार्ट प्रविधि, सुरक्षा फिचर्स, ईन्धन मितव्ययीता फोर्ड फिगो एक्स्पायरको विशेषता हो । कारमा चालक तथा यात्रुको सुरक्षाका लागि हाई स्ट्रेन्थ स्टिलबाट प्यासेन्जर क्याबिन निर्माण गरिएको छ । अतिरिक्त सुरक्षा प्रदान गर्न ६ वटासम्म एयरब्याग राख्ने सुविधा उपलब्ध छ ।

फोर्ड फिगो एस्पायर

आकर्षक डिजाइन, स्मार्ट प्रविधि, सुरक्षा फिचर्स, ईन्धन मितव्ययीता फोर्ड फिगो एक्स्पायरको विशेषता हो । कारमा चालक तथा यात्रुको सुरक्षाका लागि हाई स्ट्रेन्थ स्टिलबाट प्यासेन्जर क्याबिन निर्माण गरिएको छ । अतिरिक्त सुरक्षा प्रदान गर्न ६ वटासम्म एयरब्याग राख्ने सुविधा उपलब्ध छ । ठूलो प्रकृतिको दुर्घटना भए तत्काल उद्धारका लागि यसमा इमर्जेन्सी एसिस्टेन्स प्रविधि प्रयोग गरिएको छ । कम्पनीले नयाँ कारमा कनेक्टिविटीका रूपमा प्रयोग गरेको स्मार्ट प्रविधि कम्प्याक्ट सेडानमा नै पहिलो भएको कम्पनीको दाबी छ । कारमा उपलब्ध गराइएको माईफोर्ड डोक सुविधाले स्मार्टफोन सञ्चय गर्ने, मोबाइल फोन चार्ज गर्ने, एमपीथ्री, स्याटेलाइट नेभिगेसन प्रणाली आदिलाई कारको मनोरञ्जन प्रणालीसँग समायोजन गर्ने सुविधा दिन्छ । यो कारमा आवश्यकताअनुसार सिङ्क विथ एपलिङ्क, माइकी आदि प्राविधिक सुविधासमेत प्रयोग गर्न सकिन्छ, जसले सिट बेल्ट प्रयोगका लागि उक्साउने, गाडीको उपयुक्त गतिका सम्बन्धमा जानकारी दिने, सुरक्षित ड्राइभिङका लागि अडियोको आवाज समायोजन गर्ने जस्ता कुरामा सतर्क गराउँछ ।  

 

 Image