हमदर्द तेल बजारमा
नेपाली बजारमा भारतीय ब्रान्ड हमदर्दको ‘हेयर केयर’ उत्पादन भित्रिएको छ । केश रुख्खा–सुख्खा, हा“गा फाटे वा बिग्रेमा यो ब्रान्डका विभिन्न ‘भेराइटी’ का तेल प्रयोग गर्न सकिन्छ ।
पोटली ब्याग
कुनै पार्टीमा जाँदा साडी वा अनारकली लगाइँदै छ भने पोटली ब्याग उपयुक्त हुनसक्छ । यस्तो पर्स विवाह, व्रतबन्ध, इन्गेजमेन्टजस्ता अवसरमा बढी उपयुक्त हुन्छ । यसले निकै राम्रो लुक्स दिन्छ । अनारकली लगाइएको अवस्थामा यसलाई काँधमा समेत झुन्ड्याउन सकिन्छ । यस्तो ब्यागमा यति धेरै खाली ठाउँ हुन्छ कि त्यसमा लिपिस्टिक, गाजल, नेलपोलिसजस्ता मेकअपका सामान राख्न सकिन्छ । बजारमा यस्ता ब्याग ४ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा अलग–अलग डिजाइनमा खरिद गर्न सकिन्छ ।