नयाँ सेनिटरी प्याड
डा. गरिमा श्रेष्ठले ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर पुन: प्रयोग गर्न सकिने सेनिटरी प्याड तयार पारेकी छिन् । यो सुलभ हुनुका साथै वातावरणमैत्री समेत छ । कपडा प्रयोग गरी निर्माण गरिएको यो सेनिटरी प्याड सुरक्षित पनि छ ।

पोटली ब्याग
कुनै पार्टीमा जाँदा साडी वा अनारकली लगाइँदै छ भने पोटली ब्याग उपयुक्त हुनसक्छ । यस्तो पर्स विवाह, व्रतबन्ध, इन्गेजमेन्टजस्ता अवसरमा बढी उपयुक्त हुन्छ । यसले निकै राम्रो लुक्स दिन्छ । अनारकली लगाइएको अवस्थामा यसलाई काँधमा समेत झुन्ड्याउन सकिन्छ । यस्तो ब्यागमा यति धेरै खाली ठाउँ हुन्छ कि त्यसमा लिपिस्टिक, गाजल, नेलपोलिसजस्ता मेकअपका सामान राख्न सकिन्छ । बजारमा यस्ता ब्याग ४ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा अलग–अलग डिजाइनमा खरिद गर्न सकिन्छ ।