यसरी रहौं न्यानो
जाडो महिनामा मसलायुक्त खानेकुराको प्रयोग बढी मात्रामा हुन्छ जसले शरीरलाई न्यानो राख्न सघाउँछ । हिमाली भेगतिर, जहाँ अत्यधिक चिसो र हिउँ पर्ने हुन्छ त्यहाँ फापरको पिठो राखी बनाइएको सुपमा च्याङ्ग्राको सुकुटी मिसाइन्छ, त्यति मात्र होइन विभिन्न जडीबुटी हालेर त्यसलाई अझ स्वादिष्ट बनाइन्छ ।