लेदरमा नेपाली ब्रान्ड
कुनै समय नेपाली उत्पादनलाई ग्राहकहरूले विश्वास गर्न नसके पनि पछिल्लो समय नेपाली उत्पादनप्रति विश्वास बढ्दै गएको ‘द ह्युमन फिट’ का अपरेसन म्यानेजर बिक्की ब्रजाचार्यले बताए ।
कोसेली सेलले आफूलाई नेपाली बजारमा स्थापित गरिसकेको छ । विगत चार वर्षदेखि सेल रोटी, अनरसा तथा फुरुन्दाना उत्पादन गर्दै आएको यो ब्रान्डले आफ्नो स्वादका कारण छोटो समयमै लोकप्रियता हासिल गरिसकेको छ । कोसेली काठमाडौं उपत्यकाका लागि नौलो नाम होइन । कोसेलीले ग्राहकहरूको चाहनालाई ध्यानमा राखी आफ्ना उत्पादन बढाउँदै लगेको छ । दसैंको अवसर पारेर यसले निमकी तथा फाप्ले पनि बजारमा ल्याएको छ । उत्पादन भएको एक महिनासम्म प्रयोग गर्न सकिने कोसेलीका सबै उत्पादन स्वस्थकर भएको दाबी गरिन्छ । उत्पादनका क्रममा प्रयोग गरिने सम्पूर्ण कच्चा पदार्थ गुणस्तरीय छन् । दसंैको अवसर पारेर कोसेलीले आफ्नो प्याकेजिङ परिवर्तन गरेको छ भने यसले होम डेलिभरीको सुविधासमेत उपलब्ध गराउँछ।