पामाकेयरको ह्यान्डवास
पामाकेयर ब्रान्डले ह्यान्डवास बजारमा ल्याएको छ । कोभिड–१९ को महामारीबीच कम्पनीले ह्यान्डवास उत्पादन सुरु गरेको हो ।

फर्निचर अनि फर्निसिङ आधुनिक जीवनशैलीको सिम्बोल अफ स्ट्याटस मात्र होइन आवश्यकता नै भैसकेको छ । मानिस जस्तो परिवेशमा हुर्किन्छ उसको आकांक्षा सोहीअनुरूप तय हुँदै जाने भएकाले पनि अहिले मानिसहरू घरलाई निकै सुन्दर बनाउन अघि सर्छन् । खान-लगाउन ठीकै भए पनि घर अनि घरभित्रको वातावरणमा रौनक थप्ने चाहना सबैमा हुन्छ । यी र यस्तै चाहनालाई सघाउन हिजोआज नेपाली बजारमा विदेशी फर्निचर तथा फर्निसिङका सामग्री भित्रने क्रम बढ्दो छ । त्यसो त कतिपय ग्राहक नेपाली काठद्वारा निर्मित नेपालमै बनेका फर्निचरमा विश्वास गर्छन् । यद्यपि फिनिसिङ आकर्षक हुने भएकाले विदेशी फर्निचर प्रयोगकर्ताहरू पनि कम छैनन् । अहिले काठमाडौंमा मात्र साना-ठूला गरी ३ दर्जनभन्दा बढी यस्ता आउटलेट छन् जहाँ घरका लागि आवश्यक डेकोरेटेड सामग्री विभिन्न डिजाइनमा उपलब्ध हुन्छन् ।
फर्निचरको सफाइ
विमल अग्रवाल, प्रबन्ध निर्देशक इबोनी, फर्निसिङ, अनामनगर
- फर्निचरलाई समय-समयमा सुख्खा वा पानीमा भिजाएर खुख्खा पारिएको कपडाले पुछ्नुपर्छ ।
- वर्ष दिनमा एकपटक फर्निचरमा तोरीको तेल लगाउँदा त्यसमा साइनिङ आउनुका साथै फर्निचर बलियो पनि हुन्छ ।
- टचउड नामक पोलिस नेपाली बजारमा पनि उपलब्ध हुन्छ । बेलाबेलामा उक्त पोलिस लगाउँदा फर्निचर टिकाउ हुन्छ ।
- बजारमा उपलब्ध बोरर फ्रि तथा टरमाइट फ्रि केमिकलले स्प्रे गर्दा फर्निचरमा कीरा लाग्दैनन् ।
- फर्निचरलाई पानीले धुनु वा पखाल्नु हुँदैन ।
सीमा फर्निचर, शंखमूल
स्थापना : सन् २०१०
विशेषता : ग्राहकको रुचि एवं चाहनाअनुरूप फर्निचर निर्माण ।
मूल्य : ७ हजारदेखि १ लाख ५० हजार रुपैंयाँसम्म ।
नेपालका लोकल काठ (अग्राख, साल, सिसौ) प्रयोग गरी नेपालमै तयार पारिएका सीमाका फर्निचरमा कम्प्रेस र सलिड उडका साथै ग्रिन प्लाइ प्रयोग गरिन्छ । गुणस्तरलाई ध्यानमा राखी यहाँका सामग्रीलाई स्मेल फ्रि बनाइएको छ । अफिस सेटअपमा बढी काम गर्ने सीमाको बेड सेट पनि बढी बिक्री हुने सामग्री हो । रातो, सेतो र कालो रंग अहिले फर्निचरका चल्तीका रंग हुन् सीमाका प्रबन्ध निर्देशक दिगम्बर राजवंशी भन्छन्-हामीले आफ्ना ग्र्राहकको सुविधालाई ध्यानमा राखी हाम्रा सामग्रीमा ५ वर्षे वारेन्टी, फ्रि डेलिभरी तथा इन्स्टलेसनको सुविधा उपलब्ध गराउँदै आएका छौं । सीमाको प्रमुख विशेषता पुराना फर्निचर नयाँसँग सट्टापट्टा गर्न पाउनु पनि हो । राजवंशीका अनुसार सीमा फर्निचरले ग्राहकको घरमा भएका पुराना फर्निचर लिएर नयाँ फर्निचर दिने व्यवस्था मिलाएको छ । नेपालकै उत्पादन भए पनि सीमाका फर्निचरको फिनिसिङ विदेशी फर्निचरभन्दा कम छैन ।
इन्डेक्स फर्निचर
जावलाखेल, एकान्तकुना
स्थापना : सन् २०१२
विशेषता : लाइफ स्टाइल कन्सेप्ट लक्षित गुणस्तरीय फर्निचर ।
मूल्य : १ सय रुपैंयाँदेखि ३ लाखसम्म ।
इन्डेक्स लिभिङ मल थाइल्यान्डको फ्रेन्चाइजका रूपमा नेपालमा स्थापित इन्डेक्स फर्निचरमा थाइल्यान्डबाट आयातीत विभिन्न डिजाइन एवं रंगका आधुनिक फर्निचर बिक्रीमा छन् । कम्प्रेस, सलिड तथा एमडीएफ काठद्वारा बनेका यहाँका फर्निचर उच्च गुणस्तरीय भएको मार्केटिङ म्यानेजर निखिल तुलाधर बताउँछन् । हरेक महिना नयाँ डिजाइन तथा मोडलका फर्निचर भित्रिने इन्डेक्सका सोफा सेट बढी बिक्री हुनेमध्ये पर्छन् । शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीको सुविधा, नि:शुल्क होम डेलिभरी, सामानको प्रकृति हेरी वारेन्टी तथा ग्यारेन्टी इन्डेक्सले दिने प्रमुख सुविधा हुन् । यहाँका फर्निचर लाइफ स्टाइल कन्सेप्टका छन् भने भेराइटीका लागि ग्राहकले अन्य ठाउँ धाइरहनु पर्दैन ।
इबोनी फर्निसिङ
अनामनगर
स्थापना : सन् २०१२
विशेषता : ग्राहकको मागअनुरूपका पर्दा, सोफा तथा फर्निचर ।
मूल्य : २ सयदेखि २ लाखसम्म ।
बेल्जियम, फ्रान्स, थाइल्यान्ड, जापान तथा भारतबाट आयातीत म्याटे्रस, सोफा र त्यसको खोल, पर्दा, प्लास्टिकका फर्निचर उपलब्ध इबोनीमा कटन, सिल्क, साटनका पर्दा एवं सोफाका कपडा बढी बिक्री हुन्छन् । त्यसका अतिरिक्त टर्कीबाट नेपाल भित्र्याइएको पिस कार्पेट पनि अत्यन्तै रुचाइएको छ । नेपालकै जंगली सिसौको सलिड उडद्वारा निर्माण गरिने सोफा पनि यहाँको मुख्य आकर्षण हो । इबोनीका हरेक सामग्री मूल्यको तुलनामा बढी टिकाउ, बलिया तथा विश्वासिला भएको प्रबन्ध निर्देशक विमल अग्रवाल बताउँछन् । अग्रवालका अनुसार इबोनीमा रंग, डिजाइन एवं सामग्रीमा विविधता भएकाले ग्राहकका लागि आवश्यक इन्टेरियरका हरेक सामग्री यहीँ उपलब्ध छन् । फ्रि होम डेलिभरी, मेन्टेनेन्स तथा अन्य सामग्रीमा १ वर्षे वारेन्टी दिइरहेको इबोनीले पुराना फर्निचर किन्ने तथा नयाँसँग सट्टापट्टा गर्ने कार्यद्वारा ग्राहकलाई थप सुविधा उपलब्ध गराइरहेको छ । इबोनीले पुराना फर्निचरका साथै पुराना इलेक्ट्रोनिक्स सामग्री पनि लिन्छ ।
कुनाल फर्निचर
एकान्तकुना, ललितपुर
स्थापना : सन् १९८९
विशेषता : भेराइटी पर्दाका लागि उपयुक्त गन्तव्य ।
मूल्य : १ सय ५० रुपैंयाँदेखि ३ हजार रुपैंयाँ मिटरसम्मका पर्दा ।
भारत तथा थाइल्यान्डबाट आयातीत पर्दाहरू कुनाल फर्निचरका प्रमुख आकर्षण हुन् भने आफूले चाहेको डिजाइन र बजेटअनुसार अर्डर गरी बनाउन सकिने सोफा सेट कुनालका सबैभन्दा बढी बिक्री हुने सामग्री हुन् । बेल्जियमबाट पार्केटिङ, मलेसियाबाट अफिस चेयर, थाइल्यान्डबाट फर्निचर आयात गर्ने कुनालले नेपालकै सलिड उडबाट सोफा सेट निर्माण गर्ने काम गर्छ । मिडियाको प्रभाव एवं इन्टेरियरका सम्बन्धमा नेपालीहरूमा आएको चेतनाका कारण नेपालमा पनि यस किसिमको व्यवसाय फस्टाउँदै गएको प्रबन्ध निर्देशक कुनाल अग्रवाल बताउँछन् । पर्दा, सोफा सेट तथा कार्पेट यहाँका बढी बिक्ने सामग्री हुन् । अग्रवालका अनुसार नि:शुल्क होम डेलिभरी, पर्दा स्टिनिङ एवं सामान हेरी मेन्टिनेन्स कुनाल फर्निचरले ग्राहकलाई दिने प्रमुख सुविधा हुन् ।
एस.बी. फर्निचर
लगनखेल, ललिपुर
स्थापना : सन् २००९
विशेषता : लिभिङ, किचन तथा अफिस फर्निचर ।
मूल्य : १० हजारभन्दा माथि ।
थाइल्यान्डबाट आयात गरिने एस.बी. का फर्निचरहरूमा विविधता पाइन्छ । बेड सेट, सोफा सेट, दराज, किचन तथा अफिस फर्निचरका लागि उपयुक्त एस.बी.का फर्निचरहरू इको फ्रेन्डली भएको मार्केटिङ एक्ज्युकेटिभ मञ्जु शाक्य बताउँछिन् । शाक्यका अनुसार विगतको तुलनामा नेपालीहरूमा फर्निचरको माग बढ्दो छ । आधुनिकीकरण, सञ्चारमाध्यमको प्रभाव तथा विश्वव्यापीकरण नै त्यसको प्रमुख कारण भएको उनको तर्क छ । एस.बी.ले आफ्ना ग्राहकको सुविधाका लागि फ्रि होम डेलिभरी, इन्स्टलेसन, कन्सल्टिङ, इजी इएमआई (शून्य प्रतिशत व्याजदरमा) जस्ता सेवा उपलब्ध गराउने शाक्यले बताइन् ।
कन्सेप्ट डेकोर
कुपन्डोल, ललितपुर
स्थापना : सन् २०१३
विशेषता : सोफा, बेड सेट तथा इन्टेरियर ।
मूल्य : ५ सय रुपैंयाँदेखि २ लाखसम्म ।
भारत र चीनबाट आयातीत कन्सेप्ट डेकोरका फर्निचरहरू आकर्षक एवं गुणस्तरीय भएको निर्देशक इरिजा मल्ल बताउँछिन् । यहाँका फर्निचर सलिड उड तथा प्लाइउडबाट निर्माण गरिन्छ । अहिले कलरफुल फेन्सी कलर एवं वालनट कलर बढी चलेको बताउने मल्ल आफूकहाँबाट कार्पेट र सोफा बढी बिक्री भएको बताउँछिन् । इन्टेरियर काउन्सिलिङ, फ्रि डेलिभरी, इन्स्टलेसन, निश्चित अवधिसम्म मर्मत-सम्भार आदि सुविधा उपलब्ध गराउने कन्सेप्ट डेकोरले साधारणदेखि संभ्रान्तसम्मलाई लक्षित गरी सोहीअनुरूप फर्निचर तयार पार्ने गरेको छ । नेपालीहरू पनि लिभिङ स्ट्यान्डर्डमा सचेत हुँदै गएकाले गुणस्तरीय फर्निचरको माग बढिरहेको मल्लको अनुभव छ ।
म्याक डेकोर
कुपन्डोल, ललितपुर
स्थापना : सन् २००८
विशेषता : सोफालगायत विविध भेराइटीका फर्निचर ।
मूल्य : ५ हजारदेखि ३ लाखसम्म ।
चीनबाट नेपाल भित्रिएका म्याक डेकोरका फर्निचर फाइन फिनिसिङयुक्त छन् । नेपालमै पनि अर्डरअनुसारका फर्निचर निर्माण गर्ने म्याक डेकोरमा सोफा तथा बेड सेटको माग बढी छ । नेपालकै सिसौ तथा प्लाइउड प्रयोग गरी बनाइने यहाँका फर्निचर बलिया, भरपर्दा एवं टिकाउ भएको म्याककी इन्टेरियर डिजाइनर साइका जोशी स्थापित बताउँछिन् । नेपालीहरूको लिभिङ स्ट्यान्डर्ड बढ्दै जानु तथा मिडियाका कारण मानिसमा चेतना आउनु यस्ता सामग्रीको बजार बढ्नुको मुख्य कारण भएको उनको धारणा छ । काठमाडौंबाहिर पनि आफ्ना फर्निचर पठाउने म्याकले ग्राहकका लागि नि:शुल्क डेलिभरी, इन्स्टलेसन तथा मर्मतको सुविधा प्रदान गर्दै आएको छ । सोफा र बेड सेटका पृथक् डिजाइन अपडेट भैरहने म्याक डेकोरबाट ब्ल्याक तथा ब्राउन कलरका फर्निचर बढी बिक्छन् ।
फर्निचर ल्यान्ड
ब्लुवर्ड मल, थापाथली
स्थापना : सन् २०००
विशेषता : संभ्रान्त परिवारका लागि लक्षित उच्च गुणस्तरीय सामग्री ।
मूल्य : २ हजारदेखि ५ लाखसम्म ।
मलेसिया, चीन, ताइवान, थाइल्यान्डका साथै अमेरिकाको एस्ले कम्पनी आदिबाट आयात गरिने फर्निचर ल्यान्डका सामग्रीहरू उच्च गुणस्तरीय एवं टिकाउ छन् । विदेश बसेर फर्किएका, संयुक्त परिवारबाट छुट्टएिर एकल परिवार सेटल गरिरहेका तथा सञ्चारमाध्यमको प्रभावलाई आत्मसात् गर्ने नेपालीहरू आफ्नो लिभिङ स्ट्यान्डर्ड बढाउने ध्येयमा रहने हुनाले फर्निचरलगायतका सामग्रीको बिक्रीमा वृद्धि हुँदै गएको प्रबन्ध निर्देशक मदनलाल जोशी बताउँछन् । कम्प्रेस र सलिड उडबाट बनेका यहाँका फर्निचर चित्ताकर्षक छन् । फर्निचर ल्यान्डले रुम तथा होम डेकोरेसनको काम पनि गर्छ । लिभिङ रुम आइटम, अफिस फर्निचर बढी बिक्ने फर्निचर ल्यान्डमा फ्रि डेलिभरी, मेन्टेनेन्स, इन्स्टलेसन आदि सुविधा उपलब्ध छन् । निकट भविष्यमै फर्निचर ल्यान्डले पुराना फर्निचर एक्सचेन्ज योजना पनि ल्याउन लागेको श्रेष्ठले बताए ।
करुणा फर्निचर
गैह्रीधारा, काठमाडौं
स्थापना : वि.सं.२०४६ ।
विशेषता : सलिड उडबाट नेपालमै बनेका बलिया फर्निचर ।
मूल्य : ४ हजारदेखि २ लाख ५० हजारसम्म ।
सल्ला तथा सिसौका काठबाट नेपालमै बन्ने करुणाका फर्निचर तुलनात्मक रूपमा बढी टिकाउ तथा गुणस्तरीय भएका करुणाका अध्यक्ष देवराज मिश्र बताउँछन् । त्यसबाहेक यहाँका फर्निचरमा प्लाइउड तथा ब्लक बोर्ड प्रयोग गरिन्छ । दराज, सोफा सेट एवं बेड यहाँबाट बढी बिक्री हुने सामग्री हुन् । करुणाले क्रेताको आवश्यकताअनुसार फर्निचर डिजाइन गरिदिने काम गर्छ । करुणाका वालनट कलरका फर्निचर बढी रुचाइएका छन् । नि:शुल्क डिजाइनिङ, डेलिभरी, अनलिमिटेड वारेन्टीजस्ता सुविधा उपलब्ध गराइरहेको करुणाका फर्निचरहरू बलिया, छिट्टै नबिग्रने तथा टिकाउ भएका कारण यसको माग चिनियाँ फर्निचरको तुलनामा बढी भएको मिश्रको अनुभव छ ।
इम्पेरियल फर्निचर
नारायणचौर, नक्साल
स्थापना : सन् २०१०
विशेषता : सलिड उडद्वारा नेपालमै बनेका क्लासिक भिक्टोरियन डिजाइनका फर्निचर ।
मूल्य : संभ्रान्त परिवारलाई लक्षित ।
सोफा, कन्सुल टेवल, मिरर बढी बिक्ने इम्पेरियल फर्निचरका गोल्डेन तथा वालनट कलरका फर्निचर लोकप्रिय छन् । आइरन फर्निचरजस्ता देखिने यहाँका सामग्रीमा टिक उड प्रयोग गरी यस्तो लुक्स दिइएको इम्पेरियलका प्रबन्ध निर्देशक प्रकाश ज.ब.रा. बताउँछन् । नेपालकै जंगली सिसौबाट बनेका हुनाले यहाँका फर्निचर लाइफ लङ हुन्छन् । क्लासिक भिक्टोरियन डिजाइनका इम्पेरियलका फर्निचरहरू सदाबहार डिजाइनका भएको इम्पेरियलकै प्रनिता राणाले बताइन् । विख्यात भारतीय कम्पनी डी डेकोरका ब्रान्डेड भेल्भेट प्रयोग गरिने इम्पेरियलका सोफा सेटहरू हाइक्लास लक्षित छन् । फ्रि डेलिभरी, फ्रि इन्टेरियर तथा रिपेयरिङजस्ता सुविधा प्रदान गरिरहेको इम्पेरियलका फर्निचरतर्फ एउटा विशेष वर्गका उपभोक्ताको आकर्षण छ ।
द होम स्टुडियो
भगवती बहाल, नक्साल
स्थापना : सन् २०१४
विशेषता : मेटे्रस, लेमिनेटेड फ्लोरिङ तथा वालपेपर ।
मूल्य : म्याटे्रस १० हजारदेखि ३ लाख, पार्केटिङ १ सय ५५ देखि ४ सय ५० प्रतिस्क्वायर फिट, वालपेपर ४५ सयदेखि १८ हजारसम्म ।
साधारणदेखि उच्च सम्भ्रान्त वर्गसम्मलाई लक्षित गरी भर्खरै स्थापित द होम स्टुडियोमा नयाँ डिजाइन तथा कन्सेप्टका म्याटे्रस, लेमिनेटेड फ्लोरिङ, वालपेपर एवं नेपालमै बनेका हातबुना ऊलन कार्पेटहरू उपलब्ध छन् । विशेषगरी संभ्रान्तहरूलाई लक्षित गरी अमेरिकन कम्पनीका सामग्री भारत हुँदै नेपाल भिर्याइएको द होम स्टुडियोका सिइओ विनोद जैन बताउँछन् । जैनका अनुसार द होम स्टुडियोबाट बिक्री गरिने हरेक सामग्री स्वास्थ्यवर्धक छन् । पार्केटिङमा फोहोर नबस्ने हुनाले यो हाइजिन पनि रहेको जैनको दाबी छ । त्यसका अतिरिक्त यसलाई सहजै सफा गर्न मिल्छ ।