नयाँ प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया -डा. सबिन ढकाल, मोतीबिन्दु र रिफ्राक्टिभ सर्जन
सबै मोतिबिन्दुको शल्यक्रिया बिना सुई नयाँ प्रबिधिबाट गरिने नेपालको पहिलो अस्पताल एएसजी आई केयर हो
प्रा.डा. सुदर्शन नरसिंह प्रधान
वरिष्ठ मनोरोग विशेषज्ञ
काठमाडौं ठमेलमा जन्मिएका डा. सुदर्शन नरसिंह प्रधान विगत २३ वर्षदेखि मनोरोग क्षेत्रमा काम गरिरहेका छन् । उनले रसियामाबाट एमबीबएस तथा त्रिवि शिक्षण अस्पतालबाट मनोरोग विषयमा एमडी गरेका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमाप्रोफेसर तथा डिपार्टमेन्ट प्रमुख भएर काम गरिसकेका डा. सुदर्शन हाल त्यहा“बाट रिटायर्डमेन्ट लिएर बीएण्डबी तथा पुनर्जीवन हस्पिटलमा कन्सल्ट्यान्ट साइक्याट्रिकका रूपमा कार्यरत छन् । उनले दुई लाखभन्दा बढी मानसिक रोगीको उपचार गरिसकेका छन् । मानसिक रोग लाग्ने कारण, रोकथामका उपायलगायतका विषयमा उनीसँग गरिएको कुराकानी ः
मानसिक स्वास्थ्यमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?
मानसिक स्वास्थ्यमा आउनुअघि त्रिवि शिक्षण अस्पतालमा २३ वर्षअघि इमर्जेन्सीमा मेडिकल अफिसरका रूपमा कार्यरत हुँदा धेरै मनोरोगका केस देखें । कति बिरामी बेहोस भएर, कतिपय हिस्टेरिया र कतिपय बहुलाएर आउँथे । केही समयपछि उपचार गरी बिरामी सुधार भएको देखें । उपचार गरेमा सुधार हुँदो रहेछ भन्ने लाग्यो । यसमै रुचि बढ्न थाल्यो र शिक्षण अस्पतालमा त्यो समयमा भर्खरै सुरुवात भएको मनोरोग विभागमा मेडिकल अफिसर भएर काम गरें । त्यसपछि लगत्तै काठमाडौं मेडिकल कलेज सिनामंगलमा मनोरोग वार्ड स्थापना गरेर साइक्याट्रिकमा एमडी सुरु गरियो ।
मानसिक रोग लाग्ने कारण के होलान् ?
यसमा मुख्यतया बायोलोजिकल, मनोवैज्ञानिक तथा सामाजिक गरी तीन कारण छन् । बायोलोजिकलमा वंशानुगत (जेनेटिक) हुन सक्छ । बुवाआमामध्ये दुवै वा एउटामा मानसिक रोग छ भने बच्चामा आउन सक्ने सम्भावना धेरै हुन्छ । रासायनिक तत्वको गडबढीले गर्दा पनि हुन्छ । मानसिक रोग तुरुन्तै आउने नभै व्यक्तिमा भर पर्छ । उसले तनावलाई कसरी ह्यान्डल गर्न सक्छ त्यसमा निर्भर रहन्छ । कुनै कमजोर, रिजर्भ नेचरका मानिसले आफ्ना कुरा खुलस्त नभनी भित्रै दबाएर राख्छन् । त्यसले गर्दा पनि मानसिक समस्या देखापर्न सक्छ ।
सामाजिक कारण समाजमा जातिअनुसार रक्सी खाने प्रचलन थियो । यसले निम्त्याउने समस्यामध्ये मानसिक रोग पनि हो । बच्चा बेलामा हुर्केको वातावरण अस्वस्थ, बुवाआमामा झैझगडा धेरै पर्ने, धेरै बालबालिका हुर्केको ठाउँमा प्रतिस्पर्धात्मक भावना हुने, स्कुलमा बढी बुलिङ हुने आदि कारणले पनि बालबालिकामा यो रोग देखा पर्न सक्छ । अहिले यौन दुव्र्यवहार परिवारमै वा बाहिर हुने गरेको सुनिन्छ । यसले गर्दा उनीहरूमा हीन भावना पैदा हुन्छ । पछि गएर मानसिक समस्या आउन सक्छ । ९० प्रतिशतमा यो सम्भावना छ । यसले पछि कसैलाई एन्जाइटी र कसैलाई डिप्रेसन देखा पर्नसक्छ ।
एन्जाइटी र डिप्रेसनमा के फरक छ ?
कुनै पनि काम गर्दा मन आत्तिने, यो काम गर्न सक्दिन कि भन्ने लागेमा एन्जाइटी भएको मानिन्छ । जस्तो कि जा“चमा भाइवा दि“दा मन अत्तालिन्छ । कुनै काम गर्दा मनमा आँट नआउनु, हात काम्नु, शरीर चिसो हुनु, मुख सुक्नु, राति निद्रा नपर्नु एन्जाइटीका लक्षण हुन् ।
झोंक्राएर, दिक्क भएर बस्ने, कसैसँग पनि अन्तक्र्रिया नगर्ने आदिलाई डिप्रेसनको लक्षण मान्न सकिन्छ । जस्तो जा“चमा फेल भएमा मैले केही गर्न सक्दिन, उन्नति हुँदैन भनेर रातमा निद्रा नपर्नु यो डिप्रेसनको लक्षण हो ।
मानसिक रोग लागे नलागेको कसरी थाहा पाउन सकिन्छ ?
यो कुनै रगत जाँच, सिटिस्क्यान तथा एक्सरेबाट देखिने रोग होइन । साधारण भावनात्मक कुराबाट बाहिर निस्किएर त्यसैबाट पत्ता लाग्छ । लक्षणअनुसार नै यो रोग पत्ता लगाउने हो । अहिले होल बडी चेकअप गर्ने चलन छ । त्यसमा सबै कुरा ठीक भएपनि राति निद्रा नलाग्ने, मुटु ढुकढुक हुने कुरा समावेश गरिएको हुँदैन । होल बडीमा मनोरोगको उपचार पनि समावेश गर्नु जरुरी छ । फिजिसियनकहाँ जाँदा बिरामीलाई केही रोग देखा नपरेमा केही छैन, धेरै नसोच्नु भनिन्छ जबकी मानसिक रोग सोचेरै आउने हो । सोचलाई कसरी परिवर्तन गर्ने, सकारात्मक कसरी हुने, मनको कुरा शेयर गर्नुपर्छ ।
यसका लक्षण के–कस्ता हुन्छन् ?
कसैलाई एन्जाइटी त कसैलाई डिप्रेसन होला । मुख्य कुरा मानिसलाई लक्षणले गर्दा आफ्नो दैनिक क्रियाकलाप गर्न सक्ने क्षमतामा कमी आउने, सामाजिक उत्तरदायित्व निभाउन नसके समस्या उत्पन्न हुन्छ । उदाहरणका लागि एन्जाइटी भएकाहरूलाई बस, लिफ्ट चढ्न डर लाग्छ । समूहमा बस्न डराउँछन् । बिस्तारै उसको जीवन गाह्रो हुँदै गइरहेको हुन्छ । डिप्रेसनमा मन दिक्क, उदास हुने कसैसँग पनि अन्तक्र्रिया गर्न मन नलाग्ने, कोठामा एक्लै बस्ने र गर्न सक्ने काम पनि नगरी यत्तिकै बसिदिन्छन् । स्कुल–कलेज जान मन गर्दैनन् । रक्सी, ड्रग्स खानेले बिहानदेखि खाने गर्छन् । यस्ता व्यक्तिको बुद्धि–विवेक एवं स्मरणशक्ति खराब भएको होइन । उसको व्यवहार गर्ने, सोच्ने तरिका र मानिससँग डिल गर्ने कुरामा फरक भइदिन्छ । यसले गर्दा समस्या भएको छ है भन्ने घरपरिवारमा पनि थाहा हुन्छ । व्यक्ति स्वयंले भने आफूलाई के भइरहेको छ भन्ने कुरा औंल्याउन सक्दैन ।
कतिपय मानिस आवश्यकभन्दा बढी बोल्छन्, के कारणले होला ?
कतिपय मानिस धेरै बोल्छन् । यसलाई बाइ–पोलार एफेक्टिभ डिसअर्डर भनिन्छ । जस्तो परीक्षामा पास हुँदा अधिक मात्रामा खुसी हुने, फिल्म हेर्न जाने, पैसा चोरी गरेर साथीभँइलाई पार्टी खान बोलाउँछन् । यसलाई डिप्रेसन वा मेनिया भयो भनिहाल्न मिल्दैन । यस्ता क्रियाकलापमा दुई हप्ताभन्दा बढी या लामो समयसम्म गएमा बाइ पोलार इफेक्टिभ डिसअर्डर यो मेनिया भएको मानिन्छ ।
जाडोमा मानसिक रोग किन बढ्छ ?
कहिलेकाहीँ मौसमी ढाँचाले पनि असर गर्छ । जस्तौ औंसी, पूर्णिमाले पनि फरक पार्छ भनिन्छ । यसको खासै ठोस कारण नभएपनि औंसीमा डिप्रेसन बढी र पूर्णिमामा मेनिया बढी भइरहेकाले कता–कता मिल्न गएको छ । औंसीका दिन झोंक्राएर बस्नेर पूर्णिमामा अधिक खुसी हुन्छन् । जाडोमा रात लामा र दिन छोटा हुन्छन् । त्यसैले मनोरञ्जन गर्ने कुरामा कमी आउँछ । रात लामो भएपछि भित्रको बे्रनको मेकानिजम सुषुप्त हुने र डिप्रेसन निम्त्याउने गर्छ । जाडोमा डिप्रेसन बढी र गर्मीमा मेनियाका लक्षण बढी देखापर्न सक्छन् । जाडोमा कहिलेकाहीँ मेनिया पनि आउन सक्छ । यो समयमा आएको मेनियाको उपचार गर्न गाह्रो हुन्छ । डिप्रेसन हुनुपर्ने ठाउँमा मेनिया आएकाले यस्तो भएको छ ।
आफूले हेरेका मानसिक बिरामीमा कत्तिको कडा रोग देखा परेका छन् ?
मैलै हेरेकामध्ये एकजना बिरामीको न्यूरो सिफिलिसको उपचार गरेको छु । यौन रोग लागेकाले एन्टी बायोटिक औषधि सेवन नगर्दा लामो समयपछि बे्रनमा गएर न्यूरो सिफिलिस देखापरेको थियो । उपचारपछि निको भएको छ ।
मानसिक रोगको औषधि जीवनभर सेवन गर्नुपर्ने हुन्छ ? यस्ता औषधिले साइड इफेक्ट गर्छ ?
यो निको हुने रोग हो । रोगको अवस्था माइल्ड, मोडरेट तथा सिभियर कस्तो हो त्यहीअनुसार उपचार गर्नुपर्ने हुन्छ । माइल्डमा साधारण कुराकानी, काउन्सिलिङ, के कुरामा चित्त नबुझेको हो त्यसलाई सम्बोधन गरिन्छ । औषधि सेवन गर्न नपर्ने पनि हुनसक्छ । मोडरेटमा एक डेढ वर्षजति आँैषधि सेवन गर्नुपर्छ । सिभियरमा कडा खालको औषधि लामो समयसम्म खानुपर्ने हुनसक्छ । यसमा भ्रम सिर्जना पनि हुन सक्छ । पैसावाल भएपनि गरिब छु, उपचार गर्न सक्दिन भन्ने भ्रम बिरामीमा देखिन्छ । साथै आफ्नो जीवनासाथी आफूप्रति विश्वासिलो छैन, वा मलाई कसैले मारिदिन वा हानि–नोक्सानी गर्न खोजेको जस्तो लाग्छ । यसका लागि लामो समयसम्म उपचार र पुनः दोहोरिन सक्छ । मानसिक रोगका औषधिले कुनै अंग बिगार गर्ने साइड इफेक्ट हँुदैन । साइड इफेक्ट चिकित्सकले हेर्ने हो आफैैंले गुगलमा हेर्ने होइन ।
यो रोगमा करेन्ट लगाएर पनि उपचार गरिन्छ, किन यस्तो गरिन्छ ?
कतिपय बिरामीको अवस्था हेरेर इलेक्ट्रो कगन्याटो थेरापी (इसिटी) गर्नुपर्ने हुन्छ । कुनै बिरामीले धेरै दिनदेखि खाना खाएको छैन, औँषधि पनि खान मान्दैन । खानेकुरामा विष राखेको भन्ठानेर नखाने, पानी पनि नपिउनेर, औषधि सेवन नगरी रातिपनि सुत्दैन । यस्तो अवस्थामा इलेक्ट्रो थेरापी सुरु गर्नुपर्छ । यो उपचार विधिपछि बिरामीको केही दिनमै खानामा रुचि बढ्छ ।
कुन उमेरमा बढी मानसिक रोगी देखिएका छन् ? महिला वा पुरुषमध्ये कुनमा बढी यो समस्या देखिएको छ ?
कुनै पनि उमेर १८–१९ वर्षदेखि ६०–७० वर्षमा पनि यो रोग देखिएको छ । तनावलाई ह्यान्डल गर्ने क्षमतामा निर्भर रहन्छ । बोझ बढी हुने भएकाले महिलामा डिप्रेसन बढी देखिएको छ ।
आत्महत्या बढ्नुको कारण मानसिक रोग पनि होे ?
एउटा कारण आत्महत्या पनि हो । अहिले आत्महत्या गर्नेको संख्या बढी देखिएपनि आत्महत्याको प्रयास गर्ने अझ धेरै छन् । अहिले अस्पतालको प्रत्येक इमर्जेन्सीमा २–३ जना आत्महत्याको प्रयास गर्ने बिरामी छन् । हालै गरेको एक अध्ययनका अनुसार ७० देखि ८० प्रतिशत डिप्रेसनका कारणले आत्महत्या गर्छन् । अल्कोहल तथा आवेगका कारण गर्छन् । त्यो समयमा सोच्ने र निर्णय गर्ने क्षमता कमजोर भइदिन्छ र यसतर्फ अग्रसर हुन्छन् । हाइलाइट, डिटेल इन्फरमेसन सकभर दिनुभएन । संचारमाध्यमले यसलाई प्राथमिकता नदिई सानो समाचार मात्र बनाउनुपर्छ । यसले संवेदशनील बनाइदिन्छ ।
रोकथामको उपाय के होला ?
प्रत्येकले तनाव ह्यान्डल गर्न सक्ने क्षमता बढाउनुपर्छ । स्वस्थ जीवनशैली अपनाउनुपर्छ । आफूले गर्दै गरेको कुरामा सहजीकरण हुनुपर्छ । महत्वाकांक्षा बढी राख्नुहुँदैन। फिजिकल फिटनेसमा ध्यान दिनुपर्छ । मनमा लागेका कुरा आफ्ना कुरा सुन्ने, बुझ्ने र सही सल्लाह दिनेलाई साथीभाइलाई भन्नुपर्छ। साथीभाइसँग ग्यादरिङ, गफगाफ गर्ने, परिवारमा गेट टुगेदर गर्नुपर्छ । भजन गाउने, कुराकानी शेयर गर्ने ठाउँ हुनुपर्ने रहेछ । अहिले धेरै युवा बिदेसिने भएकाले वृद्धामा एक्लोपन महसुस हुन्छ । उनीहरूका कुरा सुनिदिने, एक्लो हुन नदिने वातावरण तय गरिदिनुपर्छ ।
मानसिक रोग लागेकालाई सुरुमा धामी–झाँक्रीकहाँ लैजाने चलन अझ बढ्दो छ । यसले शारीरिक चोट पु¥याउनुका साथै रकम धेरै खर्च हुन्छ । त्यसैले सही ठाउँमा सही उपचार गर्नु आवश्यक छ । अहिले सबै जिल्लामा मानसिक रोगको उपचार हुन्छ ।