Successfully Copied

ब्राइडल वेयरमा  फ्युजन च्वाइस

यो ज्याकेटको किनारमा लेहेंगाको जस्तै हेभी इम्ब्रोइडरी हुन्छ जसले यसलाई थप रोयल लुक प्रदान गर्छ । यो मौसमका लागि लेहेंगा विद टेल पनि फेसनमा छ । यस्तो लेहेंगाको घेरा पछाडि बढी हुन्छ । यसको पछाडिको भाग जमिनमा लत्रन्छ । यो डिजाइनले दुलहीको चाललाई अझ ग्रेसफुल बनाउँछ । त्यस्तै

विवाह समारोहमा दुलहाका लागि दौरा–सुरुवाल, सुट, शेरवानी तथा दुलहीका लागि साडी, लेहेंगा, चोली मात्र विकल्प थिए तर अहिले समय परिवर्तन भएको छ । अब वेस्टर्न तथा इस्टर्न मोडिफाइ गाउनदेखि मुगल शैलीको ज्याकेटसम्म दुुलहीको पहिरन बन्ने क्रम बढ्दो छ । ब्राइडल वेयरको शैली बदलिँदो छ । मेहन्दीका लागि मिडियम लेन्थको लेहेंगा, संगीतका लागि स्कर्टका साथमा चोलीको फ्युजन तथा वैवाहिक समारोहका लागि धेरै घेरा भएको लेहेंगा लोकप्रिय छ । यी पहिरनको विशेषता भनेको यिनको कट्स हो, जुन हेर्दा आकर्षक देखिनुका साथै ट्रेन्डी पनि हुन्छन् ।

अहिले वेस्टर्न वेयरका साथमा एथनिक फ्युजनको ट्रेन्ड छ । बल गाउन लेहेंगा एम्बेलिस्ड वा प्लेन, रफल वा कलीका साथमा चल्तीमा छ । यसका साथमा सिम्पल कटको चोली आकर्षक देखिन्छ । अहिले नेपाली विवाह समारोहमा पनि इन्डियन तथा वेस्टर्न शैली हावी हुँदै गएको छ भने संगीत, मेहन्दी, ककटेल पार्टी आदि समारोह थपिएका मात्र छैनन् प्रि म्यारिज फोटोसुटसमेत हुन थालेको छ । साथमा विवाहअघि ब्याचलर पार्टीसम्म आयोजित गरिन्छ । 

दुलहीका लागि भेल्भेटको रोयल लुक्स लेहेंगा–चोली जाडोका लागि उपयुक्त हुन्छ । यस्तो पहिरन दुलहीका लागि आरामदायक पनि छ । लेहेंगा ब्लाउजका साथमा लङ वा सर्ट ज्याकेट लगाउन सकिन्छ ।

यो ज्याकेटको किनारमा लेहेंगाको जस्तै हेभी इम्ब्रोइडरी हुन्छ जसले यसलाई थप रोयल लुक प्रदान गर्छ । यो मौसमका लागि लेहेंगा विद टेल पनि फेसनमा छ । यस्तो लेहेंगाको घेरा पछाडि बढी हुन्छ । यसको पछाडिको भाग जमिनमा लत्रन्छ । यो डिजाइनले दुलहीको चाललाई अझ ग्रेसफुल बनाउँछ । त्यस्तै यही चिसो मौसमलाई मध्यनजर गरी ज्याकेट लेहेंगा पनि रोयल लुक्स दिने डिजाइनर वेयर हो । लेहेंगाको माथि हेभी वर्क गरिएको ज्याकेट हुन्छ जसले पूरै लेहेंगालाई हेभी लुक प्रदान गर्छ । यो ज्याकेट लेहेंगाको तुलनामा कन्ट्रास्ट कलर वा समान कलरमा तयार गर्न सकिन्छ । 

संगीत समारोह : यो अवसरमा दुलहीले लेहेंगा चोलीबाहेक फेरावाला अनारकल्ली स्टाइलका कुर्ती वा कुर्ती–घाँघर लगाउन सक्छन् । संगीत समारोहमा नाचगानको वातावरण हुने भएकाले सजिला तथा खुल्ला पहिरनले आकर्षक लुक्स दिन्छन् । 

मेहन्दी समारोह : मेहन्दी समारोहका लागि दुलहीका साथमा आफन्त तथा साथीहरूले एउटै कलरका उस्तै लुक्स दिने लङ कुर्ती विथ घाँघर लगाउने चलन छ । यस्ता पहिरनमा मेहन्दी लगाउन सजिलो पनि हुन्छ । कुर्ती भने स्लिभलेस नै हुन्छ । कुर्तीमा हल्का इम्ब्रोइडरी वा प्याच वर्क गराउँदा खुल्ने हुँदा दुलहीका लागि भने हल्का भरिएको पहिरन नै उपयुक्त मानिन्छ । मेहन्दीका लागि अमला, एल्लो, पिच आदि रंग बढी चल्तीमा छन् ।

रिसेप्सन पार्टी : यसमा हेभी इम्ब्रोइडरी लेहेंगा दुलहीहरूको च्वाइसमा पर्छ । लेहेंगाको तुलनामा चोलीमा बढी वर्क हुन्छ । चोलीमा जरकन तथा स्वरोस्की वर्क देख्न पाइन्छ । चोलीमा कोलर नेकलाइन, ब्याकलेस, हाफ सोल्डरको ट्रेन्ड छ । दुपट्टामा जरी तथा स्टोन वर्कको फेसन छ । रिसेप्सन पार्टीका लागि 

फ्लोर लेन्थको गाउन ड्रेस पनि लोकप्रिय छ । 

ककटेल पार्टी : यसका लागि वेस्टर्न लुक्स नै हिट छ भने कतिपयमा इन्डोवेस्टर्न लुकको चलन पनि पाइन्छ । यसका लागि ड्रेसमा कट र ड्रेपमा बढी वर्क गरिएको पाइन्छ । ककटेल पार्टीका लागि थाइसम्म टाइट गरी थाइदेखि चिरिएको लङ गाउन, मरमेड गाउन, ककटेल गाउन, हल्टर गाउन, बल गाउन ड्रेस, ए लाइन रफल गाउन, पेनिसल ड्रेस आदि लगाउन सकिन्छ । कलरको कुरा गर्दा हट ब्लु तथा हट पिंक फेसनमा पाइन्छ ।

 

एकपटक सोच्नैपर्ने कुरा 

पहिरन छनोट : विवाहका लागि ड्रेस चयन गर्दा आफ्नो बडी टाइप, स्किन कलर तथा मौसममा ध्यान पुर्‍याउनुपर्छ । 

हाइट : दुलहीको हाइट बढी छ भने एलाइनदेखि फिस कट स्टाइलको लेहेंगा उपयुक्त हुन्छ । हाइट कम छ भने स्ट्रेट कट्सको चयन ठीक रहन्छ । 

फेब्रिक : फेब्रिक चयन गर्दा मौसमको विशेष ख्याल राख्नुपर्छ । गर्मीका लागि साटन, सिफन, नेट तथा जर्जेट, रेशमको धागोको काम एवं स्वदेशी वर्क उपयुक्त हुन्छ । जाडोमा भेल्भेट तथा ब्रोकेडमा जरी, हेभी इम्ब्रोइडरी एवं गाढा रंग अनुकूल मानिन्छन् ।

 

 Image