‘कासा’ को फेसन गाला
नेपाली ब्रान्ड ‘कासा’ ले ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा १४ जना सेलिब्रेटीसहित ‘मिस नेपाल वर्ल्ड’, ‘मिस युनिभर्स नेपाल’ लगायतले क्याट वाक गरेका थिए ।

गत साता पर्यटकीय नगरी पोखरास्थित स्वीस इन्टरनेसनल होटल सरोवरको प्रेक्षालय फेसनमय बन्यो । १४ जना युवती मोडलहरुले विभिन्न पाँच वटा सिक्वेन्स मार्फत् विविध डिजाइन र शैलीका फेसनका स्वरुपहरु प्रस्तुत गरेको उक्त फेसनमय प्रस्तुति ‘जीवनशैली नामक फेसन शो’ अन्तर्गत समेटिएको थियो ।
सो फेसन शोमा करुणा नेचुरल वेयर्सको नेचुरल फ्याब्रिक्स प्रयोग भएका विविध फेसनशैलीहरु, जुजु वेयर्सका नेपालमा बनेका आकर्षक डिजाइनका टि सर्ट, चर्खा पस्मिना इण्डस्ट्रिजका पस्मिनाका सल तथा स्कार्फ प्रदर्शन गरिएका थिए ।
यसैगरी कार्यक्रम अन्तर्गत गर्जियस फेसन इन्स्टिच्युटका शोभा महर्जनले तयार पारेका पार्टी अवसरका लागि उपयुक्त मनमोहक डिजाइनका साडी, लेहेंगा तथा गाउन अवलोकन गर्न पाइयो भने सबाह नेपालको प्रस्तुतिमा ढाका प्रिन्ट भएको नेचुरल फ्याब्रिक प्रयोग गरिएका नी लेन्थ वन् पिस ड्रेसहरुको बाहुल्यता रह्यो ।
कार्यक्रमको अन्तिम सिक्वेन्स भने किम्बु सिल्क अन्तर्गत डिजाइनर जानकी प्रधान श्रेष्ठ तथा एकादेशमा अन्तर्गत अनुजा राजभण्डारीको सृजनालाई ‘संगै’ शीर्षक अन्तर्गत देख्न पाइयो । जसमा गाउन, साडी तथा वन् पिस ड्ेरसहरु प्रस्तुत गरिएका थिए ।
आर एण्ड आर ग्रुपको आयोजना तथा रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न उक्त फेसन शोलाई गायक दिपक लिम्बुका चर्चित गीतहरुले संगीतमय बनाएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सभासद् मिना गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।