कान्समा नेपाली ढाका, लालीगुराँस र हात्तीको कला झल्कियो
नेपाली ढाका, चौबन्दी चोली, मण्डला कला, लालीगुराँस र हात्तीको प्रतीकलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिएको यो क्षणलाई नेपाली फेसन उद्योगका लागि गर्वको उपलब्धिका रूपमा हेरिएको छ ।
दरबारमार्ग स्थित होटल अन्नपूर्णको पेभेलियनमा इन्डोनेसियन बाटिक फेस्टिभल सम्पन्न भएको छ । उक्त फेस्टिबलमा बाटिक फेसन शो, कार्यशाला, टक शो तथा प्रदर्शनी समेटिएको थियो, जसको मुख्य आकर्षण रह्यो— बाटिक फेसन शो ।
फेसन शोमा इन्डोसियाका कहलिएका डिजाइनर बेनी आड्रिआन्टो तथा आई स्यारिफले इन्डोनेसियन बाटिक कलाको समायोजन भएका पहिरनहरू प्रस्तुत गरेका थिए । आठ जना महिला तथा चार जना पुरुष मोडलले प्रस्तुति दिएको उक्त फेसन शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
फेसन शोमा पूर्व मिस नेपाल अश्मि श्रेष्ठ शो स्टपर थिइन् । ऊक्त कार्यत्रमको आयोजना ढाकास्थित इन्डोनेसियन राजदूतावास तथा काठमाडौंस्थित इन्डोनेसियन कन्सुलेटले गरेका हुन् ।