Successfully Copied

सोफियाको ‘आवाज’ मा नारी वेदना

महिलाहरूको दुःख, पीडा र शोषणलाई विषयवस्तु बनाएर गायिका सोफिया थापा ‘आवाज’ शीर्षकको गीतमार्फत दर्शक र श्रोतामाझ आएकी छन् ।

महिलाहरूको दुःख, पीडा र शोषणलाई विषयवस्तु बनाएर गायिका सोफिया थापा ‘आवाज’ शीर्षकको गीतमार्फत दर्शक र श्रोतामाझ आएकी छन् । रमेश क्षितिजका शब्द र हरि लम्सालको संगीत रहेको ‘आवाज’ मा सोफियाको सुमधुर स्वर ‘एक युगको एउटा दम्दार गीत’ बन्न पुगेको छ । गीतमा नेपाली चेलीले पटक–पटक भोग्दै आएको व्यथा, दुःख र प्रताडनालाई बडो मार्मिक शैलीमा पस्किएको छ । यसका शब्दहरू जति वजनदार छन् त्यति नै शक्तिशाली भिडियोमा प्रस्तुत गरिएकाहरू रहेका छन् । सोफियाले गाएको यो गीतमा भिडियोग्राफी पनि बेजोडको छ । गीतमा परेको एउटा वाक्य ‘आधा जलेको अनुहार, पूरै जलेको मन छ’ ले धेरै महिला मनको वेदना, चित्कार र व्यथालाई चित्रण गर्छ । गीतको कभरमा राखिएको ‘महिला जन्मिदैन, बनाइन्छ’ इन्ट्रो पनि अत्यन्तै सशक्त छ । महिला हुनुको चित्कारले धेरैलाई सकारात्मक सन्देश प्रवाह गर्ने ‘आवाज’ सुनेपछि महिला हिंसा, दुव्र्यवहार र विभेद कम हुने अपेक्षा गर्न सकिन्छ । 

 Image