शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।

मंसिर महिनालाई धेरैको विवाह हुने भएकाले विवाहको महिना भन्ने गरिन्छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । विवाहको महिनामा दुई परिवारबीच नयाँ सम्बन्ध स्थापित हुने गर्दछ । विवाहलाई स्मरणीय बनाउन गीत संगीतको भूमिका महत्वपूर्ण हुने गर्छ । महिना सुरु भएपछि विवाहसम्बन्धी गीतहरु सार्वजनिक हुने गरेका छन् ।
गीतकार विनिता खनालको विवाहसम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यो एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् । कार्यक्रममा पाँचवटै गीतका भिडियो समेत एकसाथ सार्वजनिक गरिएको हो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतबार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ । रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक हुनेछन् । विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।