Successfully Copied

उडेर चन्द्रमा छुने बाटोमा नवीना

नवीना लामा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्षमा निर्वाचित भएकी छिन् । नवीना रामकुमारी झाँक्रीपछि अखिलको नेतृत्व सम्हाल्ने दोस्रो नेतृ हुन् ।

नवीना लामा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्षमा निर्वाचित भएकी छिन् । नवीना रामकुमारी झाँक्रीपछि अखिलको नेतृत्व सम्हाल्ने दोस्रो नेतृ हुन् । लामाले करिब २० पटक आफ्नो संगठनभित्र र बाहिर प्रतिस्पर्धा गरेकी छिन् । एकपटकबाहेक ती सबै प्रतिस्पर्धामा उनले कहिल्यै पराजित हुनुपरेको छैन । काभ्रे, कोसीपारिको तत्कालीन महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दादेखि नै अखिलको राजनीतिमा लागेकी लामा बानेश्वर क्याम्पसमा पटक–पटक विभिन्न पदमा निर्वाचित भइन् । नवीनालाई एमालेको सशक्त महिला नेतृका रूपमा हेरिएको छ । नवीना भन्छिन्, ‘म देशको आर्थिक, राजनीतिक एवं सामाजिक उन्नतिका लागि निष्ठाको राजनीति गर्नेछु । गुटबन्दी एवं स्वार्थको साँघुरो दायरामा खुम्चनु मेरा लागि रुचिकर छैन । इमान्दारिता अँगाल्दै भविष्यमा राज्यको नेतृत्व तहमा पुग्नु मेरो सपना हो ।’ 

 Image