बाल विवाह विरुद्ध भलिबल
बाल विवाह न्युनीकरण्का लागि सिन्धुलीमाढीमा किशोरी भलिवल प्रतियोगिता सम्पन्न भएको छ । ‘तपाई हाम्रो एउटै शन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश’ भन्ने नाराका साथ उक्त प्रतियोगिता सम्पन्न गरिएको हो ।
नेपाली राष्ट्रिय महिला टोलीकी स्टाइकर सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ मा दशककी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले ‘पिपुल्स च्वाइस अवार्ड’ जितिन् । एथलेटिक्सकी पुष्पा भण्डारी ‘परफमर अफ द इयर’ अवार्ड जित्न सफल भइन् । उनले बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन जितेकी थिइन् । यसैगरी, ‘पारा स्पोर्ट्स अनर’ सरिता थुलुङले जितिन् । ‘दशक महिला’ र ‘पिपल्स च्वाइस’ विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १८ औं संस्करण सम्पन्न भएको छ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ को यस संस्करणमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिएको थियो ।
