पेरिस ओलम्पिकबाट बाहिरियो नेपाल
काठमाडांैको दशरथ रंगशालामा भएको पहिलो खेलमा ५–१ को जित हासिल गरेको भियतनामले दोस्रो खेलमा २–० को नतिजा निकाल्दै ओलम्पिक २०२४ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित ग¥यो ।
फेन्सिङ अर्थात् तरबारबाजी ओलम्पिक इतिहासमा निकै पुरानो खेल हो, तलबारबाजी उत्तिकै लोकप्रिय पनि छ भन्दा फरक पर्दैन, तर यही खेल नेपालका लागि नयाँ हो अर्थात् भर्खर–भर्खर भित्रिएको खेल हो । वास्तवमै यो खेल के हो र यसका नियम के–के हुन् ?
नबुझ्ने पनि उत्तिकै छन् । यद्यपि यही खेलबाट नेपालले खुसीको समाचार पाएको छ र हुन सक्छ, आउने दिनमा यो खेल नेपालमा लोकप्रियसमेत हुनेछ । समाचारअनुसार नेपालकी अनिता कार्कीले थाइल्यान्डको बैंककमा सम्पन्न सीयू ओपन फेन्सिङ च्याम्पियनसिपसमा कांस्य पदक जितेकी छिन् । नेपालले यो खेलमा जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो, तसर्थ यसको छुट्टै ऐतिहासिक महत्व छ ।