कृतिश नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बासडर
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसिएम)को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडी मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । १ सय ६ राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगितामा ३ हजार ५ सय ६५ खेलाडी प्रतिस्पर्धामा थिए ।
तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलको नेतृत्वमा ६ जना नेपाली खेलाडीको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन) मा स्वर्ण पदक जितेकी हुन् । कोरियाली सरकारको स्वीकृतिमा दक्षिण कोरियामा २०१९ छन्ङजु वर्ड मार्शल आर्ट्स मास्टरसिप सम्पन्न गरिएको हो ।