तेस्रो पिंकाथन काठमाडौंमा
महिलाको स्वास्थ्य अवस्थाप्रति उनीहरूलाई सचेत गराउने उद्देश्यले आयोजना हुँदै आएको पिंकाथन काठमाडौंको तेस्रो संस्करण आगामी भोलि फागुन ११ गते संचालन हुने भएको छ । नेपालकै सबैभन्दा ठूलो यो महिला दौडमा पाँच हजार महिला सहभागी हुने अपेक्षा गरिएको छ ।