विश्वकै पहिलो महिला ब्लाइन्ड क्रिकेट टिम
विश्वमै पहिलो महिला ब्लाइन्ड क्रिकेट टिम नेपालमा स्थापना भएको हो । सन् २००९ देखि सुरु भएको यो टिमले २०१४ मा यूकेसँगको खेल जितेको थियो ।
विई युनाइटेडद्वारा गत शनिबार आयोजित फुटसल प्रतियोगितामा आयोजक टिम युनाइटेडले आरसीडब्लूलाई १ गोलको अन्तरले पराजित गर्यो । निर्धारित खेल अवधिभर दुवै टिमले १–१ गोल गरेपछि भएको पेनाल्टी सुटआउटमार्फत विजयी टिम युनाइटेडले ३–२ को जित निकाल्यो । विगत ३ वर्षदेखि महिला फुटसल प्रतियोगिता हुदै आएको छ । यसपटक प्रतियोगितामा १२ टिम सहभागी थिए । जसमा विभिन्न जिल्लादेखि विदेशी १५ वटा मुलुकका महिला सहभागी भएका थिए ।
खेल क्षेत्रमा नेपालका महिलाहरुको स्तर तथा शसक्तिकरण बृहत बनाउनका लागि युनाइटेड कटिबद्ध भएको आयोजक एमोना क्याटस ब्यारिलले बताइन् । नेपाली समाजका महिला खेल क्षेत्रमा आबद्ध हुन संकोच मान्ने गरेको देखेर आफूले परिवर्तनका लागि युनाइटेड नामक संस्था प्रारम्भ गरेको समेत क्याटस ब्यारिलले बताइन् । युनाइटेडले आगामी दिनमा महिला फुटसललाई बृहत् एवं परिष्कृत गर्दै लाने लक्ष्य लिएको छ ।
तस्विरहरु: नवराज वाग्ले