महिनावारी सम्बन्धी गलत धारणाहरु अन्त्य गर्नको लागि होप इज लाइफ नेपालले ‘मासिका महोत्सव २३’ मनाएको छ । ‘रगतको नाता’ नारा सहित कुपण्डोल स्थित विकल्प आर्ट क्याफेमा चित्रकारहरुले महिनावारी सम्बन्धी पिडाहरु चित्रमार्फत दर्शाएका थिए ।
संस्थाकी संस्थापक सम्झना शर्माका अनुसार महिनावरीलाई उत्सवका साथ मनाउपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो । ‘महिनावारी सम्बन्धी अझै पनि खुलेर कुरा गर्दैनौ लाज मान्छौ । उनले भनिन्, ‘महिनावारीको पिडा, सरसफाईबारे खुलेर कुरा गर्न आवश्यक हुन्छ ।’
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संयुक्त सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दे महिला उद्यमीलाई लक्षित गर्दै काठमाडौंको चोभारमा अन्तराष्ट्रिय स्तरको प्रर्दशनीस्थल स्थल निर्माण गर्ने बताए ।