Successfully Copied

संकेतबाट थाहा पाउन सकिन्छ स्वास्थ्य

सबैलाई सधै स्वस्थ रहने चाहना हुन्छ । मानिसहरू खानपान तथा व्यायामको माध्यमबाट स्वस्थ रहने प्रयास गर्छन् । यति हुँदाहुँदै पनि स–साना शारीरिक लक्षण देखा परे तिनलाई बेवास्ता गरिन्छ तर पछि यही समस्याले ठूलो बिरामीको रूप लिनसक्छ । त्यसैले स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ । 

सबैलाई सधै स्वस्थ रहने चाहना हुन्छ । मानिसहरू खानपान तथा व्यायामको माध्यमबाट स्वस्थ रहने प्रयास गर्छन् । यति हुँदाहुँदै पनि स–साना शारीरिक लक्षण देखा परे तिनलाई बेवास्ता गरिन्छ तर पछि यही समस्याले ठूलो बिरामीको रूप लिनसक्छ । त्यसैले स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ । 

४० वर्षभन्दा पहिले सेतो केश : केश सेतो हुनु बढ्दो उमेरको लक्षण हो । हिजोआज केही स्वास्थ्य समस्याका कारण पनि कम उमेरमै केश फुल्छ । ४० वर्षको उमेरपछि केश सेतो हुन थाल्नु सामान्य भए पनि ३० वर्षभन्दा पहिले आधा केश सेतो हुनु मधुमेहको कारण हुनसक्छ । त्यसैले सुगर लेबल जाँच गराउनुपर्छ । 

आँखा पहेंलो हुनु : आँखाको सेतो भाग सधै सेतो नै हुनुपर्छ । यो भाग पहेंलो देखिए जन्डिस, कलेजो तथा पित्तथैलीको समस्याको संकेत हुनसक्छ । त्यसैगरी रातो देखिए उच्चरक्तचाप तथा भाइरल डिजिज हुन सक्छ । 

सुख्खा तथा फुटेको ओठ : जाडो मौसममा तापमान परिवर्तनका कारण ओठ फुट्नु सामान्य हो तर ओठ सधै फुटिरहे ओठबाट धेरैपटक रगत निस्किए तथा पीडा भए भिटामिन बी तथा जिंकको कमीको संकेत हुन सक्छ । फंगल इन्फेक्सनका कारण पनि यस्तो हुन्छ ।

घाँटी सुन्निनु : घाँटी सुन्निएको महसुस भए त्यसलाई हल्का रूपमा लिनुहुँदैन । घाँटीको अगाडिको भाग सुन्निनु थाइराइडको संकेत हुनसक्छ ।

आइब्रो कम हुनु : उमेर वृद्धिसँगै आखीभौं कम हुनथाल्छ । यो सामान्य हो तर अचानक आखीभौं धेरै नै कम भए थाइराइड, हाइपरथाइराडिज्म तथा ओभरएक्टिभ थाइराइड हुनसक्छ ।

हत्केला रातो हुनु : हत्केला रातो भए डर्मटाइटिस, एग्जिमा, धातु, औषधि, खानेकुरा तथा ड्रिंक्सको एलर्जिक रियाक्सनको संकेत हुनसक्छ । 

नङको परिवर्तन : नङ स्वास्थ्य पहिचान गर्ने उत्तम संकेत हो । शरीरमा कुनै किसिमको समस्या भए नङमा परिवर्तन देखा पर्न थाल्छ । त्यसैले स्वास्थ्यको ख्याल राख्न नियमित रूपमा नङ हेर्नुपर्छ । 

खुट्टा चिसो हुनु : अचानक खुट्टा चिसो भए सतर्क हुनुपर्छ । यसले शरीरमा रक्तसंचार ठीकसँग भैरहेको छैन भन्ने कुराको संकेत गर्छ । खुट्टा पटक–पटक चिसो भैरहे थाइराइड पनि चेक गराउनुपर्छ ।

अनुहार रातो हुनु : हार्मोनल परिवर्तन, तापमान परिवर्तन तथा तातो खाना खाँदा अनुहारको रंग परिवर्तन हुन्छ । यो छाला रोगको संकेत पनि हुनसक्छ । क्रोनिक स्किन डिजिज धेरै महिलामा हुन्छ । 

पटक–पटक चिलाइरहनु : छाला पटक–पटक चिलाइरहनुको कारण एलर्जी तथा छालासम्बन्धी अन्य समस्या हुनसक्छ । त्यसैले पटक–पटक वा धेरै नै चिलाए सतर्क हुनुपर्छ । यो कलेजोसम्बन्धी रोगको संकेत पनि हुनसक्छ ।

 

 Image