Successfully Copied

स्टाइल मन्त्र रिलोडेड

बौद्धस्थित हायात रिजेन्सीको हलमा दिउँसै फेसन शोको चमकदमक देखियो । कान्तिपुर गोल्ड टिभीबाट प्रत्यक्ष प्रसारित उक्त कार्यक्रम थियो– स्टाइल मन्त्र २०१६ रिलोडेड । उक्त फेसन शोमा भारतका तीनवटा चर्चित फेसन ब्रान्ड अम्बिका फेसन, महोत्सव तथा पार्वती फ्याब्रिक्स लिमिटेडले आफ्ना नयाँ एथनिक कलेक्सन सार्वजनिक

बौद्धस्थित हायात रिजेन्सीको हलमा दिउँसै फेसन शोको चमकदमक देखियो । कान्तिपुर गोल्ड टिभीबाट प्रत्यक्ष प्रसारित उक्त कार्यक्रम थियो– स्टाइल मन्त्र २०१६ रिलोडेड । उक्त फेसन शोमा भारतका तीनवटा चर्चित फेसन ब्रान्ड अम्बिका फेसन, महोत्सव तथा पार्वती फ्याब्रिक्स लिमिटेडले आफ्ना नयाँ एथनिक कलेक्सन सार्वजनिक गरे । हरेक फेसन ब्रान्डका दुई–दुई वटा कलेक्सन प्रस्तुत गरिएको उक्त शोमा ६ वटा सिक्वेन्स मार्फत् पहिरन प्रदर्शन गरिए । 

फेसन शोको प्रारम्भ अम्बिका फेसनको कलेक्सनबाट भएको थियो । त्यसपछि पार्वती फ्याब्रिक्सका कलेक्सनले र्‍याम्पमा प्रवेश पायो भने महोत्सव ब्रान्डका कलेक्सनको प्रस्तुतिबाट फेसन शोले बिट मार्‍यो । मूलत: फेसन शोमा रेडिमेड साडी, कुर्ता सलवार, लेहेंगा, डिजाइनर सलवार सुट प्रदर्शित गरिए । ट्रेडिसनल टच, एथ्निक स्टाइल एवं मोडर्न एप्रोचको विविधता, सुन्दर रंग संयोजन, चित्ताकर्षक डिजाइन र सोबर लुकको मनमोहकताले उपस्थित दर्शक लोभिएका देखिन्थे । दुई दर्जन नेपाली सुन्दरीहरुले र्‍याम्प नापेको उक्त फेसन शोमा पूर्व मिस नेपाल मलिना जोशी, पूर्व मिस नेपाल अर्थद्वय दिव्यता वैद्य एवं रोजिशा श्रेष्ठ शो स्टपरका रूपमा प्रस्तुत भएका थिए । ट्रेन्ड्स एडभर्टाइजिङ एन्ड मार्केटिङ कन्सल्टेन्ट्सको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रमको कोरियोग्राफी प्रबल श्रेष्ठले गरेका थिए ।  

 Image