महिलाले लेखेका पुस्तकको त्यति चर्चा हुन सकेन: अनुपम रोशी

नारी संवाददाता

जेष्ठ ४, २०७३ अनुपम रोशी, साहित्यकार 

वर्ष २०७२ मा धेरै पुस्तक प्रकाशन भए । त्यसमध्ये महिलाका कृति भने उति थिएनन् । प्रकाशनमा आएका महिलाका पुस्तकको पनि त्यति चर्चा हुन सकेन । यो वर्ष महिलाका कृतिहरूले नाम चलेका पुरस्कार पनि प्राप्त गर्न सकेनन् । यति हुँदाहुँदै पनि साहित्यकार अनुपम रोशीको चर्चा आकासियो । ‘नाङ्गो मान्छे, ‘कुमारी आमा’ जस्ता कृतिकी लेखिका अनुपमले ‘छोरी मान्छेले बच्चा जन्माउन विवाह गर्नुपर्ने बाध्यता छैन’ भनेर दिएको अन्तर्वार्ता गैरसाहित्यिक व्यक्तिहरूका लागि पनि आश्चर्यको विषय बन्यो । ‘साप्ताहिक’ मा प्रकाशित उक्त अन्तर्वार्ता इन्टरनेटमा भाइरल भएको थियो । उनका कृतिले पनि यस्तै वकालत गरेका छन् । अविवाहित अनुपम आफ्नो निर्णयमा अडिग रहेको बताउँछिन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>