Successfully Copied

छालाको स्याहार

दसैंमा अरु बेलाभन्दा बढी मेकअप गरिने र घाममा पनि बढी बसिने हुँदा छाला ट्यान हुने सम्भावना हुन्छ । त्यसैले बिहान अनुहार धोएर मोइस्चराइजर लगाउने । छाला सुख्खा छ भने चिल्लो, सामान्य छ भने मध्यम तथा चिल्लो छ भने जेल मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

ओनिशा मुल्मी

दसैंको मौसम न गर्मी,  न जाडो अर्थात् ठिक्कको हुन्छ । यतिबेला छाला क्र्याक हुने सम्भावना अलि बढी हुन्छ । दसैंमा अरु बेलाभन्दा बढी मेकअप गरिने र घाममा पनि बढी बसिने हुँदा छाला ट्यान हुने सम्भावना हुन्छ । त्यसैले बिहान अनुहार धोएर मोइस्चराइजर लगाउने । छाला सुख्खा छ भने चिल्लो, सामान्य छ भने मध्यम तथा चिल्लो छ भने जेल मोइस्चराइजर प्रयोग गर्नुपर्छ । त्यसको आधा घन्टापछि छालामा सनब्लक लगाउन सकिन्छ । मोइस्चराइजर लगाउँदा सर्कल मसाज गर्ने अनि अनुहारमा टक–टक लगाई ड्याप गर्ने । त्यसपछि बाहिर निस्कने बेलामा छाला कलरअनुसार कम्प्याक्ट पाउडर लगाउने । दसैंमा टीका लगाउन वा मठ–मन्दिर आदिमा जान सजिनु छ भने हल्का टोनर लगाउने अनि मोइस्चराइजर तथा सन स्क्रिन लगाई फ्रेस प्राइमर प्रयोग गरी बेस फाउन्डेसन कान, घाँटी र अनुहारमा लगाएर कम्प्याक्ट प्रयोग गर्ने । पहिरनअनुसार रेड वा गोल्डेन तथा क्याजुअल वेयर छ भने ब्याक, ब्राउन, सिल्भर म्याट आइस्याडो लगाउने । रातिका लागि भने साइनिङ आइस्याडो सुहाउँछ । फाउन्डेसन, गाजल, मस्कारा आदि सबै वाटरप्रुफ प्रयोग गर्ने । ब्लसन आफ्नो छालाभन्दा हल्का डार्क हुनुपर्छ । पहिले जस्तो रेड, पिंक लगाउने जमाना अहिले छैन । लिपिस्टिक म्याट नै लगाउने । राति घर फर्किएपछि क्लिन्जिङ मिल्कले ५ मिनेट मसाज गरेर फेसवासले अनुहार धोएर नाइट क्रिम लगाउने । मोइस्चराइजरले दिउँसो ३० प्रतिशत  काम गर्छ भने राति ७० प्रतिशतसम्म काम गर्छ । छाला रेस्टमा हुने भएकाले राति नाइट क्रिम एकदमै प्रभावकारी साबित हुन्छ । यतिबेला फ्रेस फ्रुटले पनि अनुहार मसाज गर्न सकिन्छ जसले छाला चम्किलो एवं आकर्षक बनाउँछ । 

 Image