Successfully Copied

खेलमार्फत चम्किएका महिला

विश्व खेल जगत्मा महिला खेलाडीहरूको संख्या जति छ उनीहरूको चर्चा पनि उत्तिकै हुन्छ। असंख्य पुरुष खेलाडीको तुलनामा कतिपय महिलाको प्रस्तुति विश्वभर चर्चाको विषय बन्छ।

विश्व खेल जगत्मा महिला खेलाडीहरूको संख्या जति छ उनीहरूको चर्चा पनि उत्तिकै हुन्छ। असंख्य पुरुष खेलाडीको तुलनामा कतिपय महिलाको प्रस्तुति विश्वभर चर्चाको विषय बन्छ। खेलप्रेमीहरू महिलाको खेल कौशल देखेर चकित हुने गरेका उदाहरण प्रशस्तै छन्। विभिन्न खेलमा आफ्नो कौशल प्रदर्शन गरेर विश्वभर ख्याति कमाएका महिलाहरूको आम्दानी पनि निकै राम्रो छ। 

खेल क्षेत्रमा लागेका शतप्रतिशत महिलाले उच्च सफलता हासिल नगरे पनि केहीको भने सर्वत्र चर्चा भैरहेको छ। विशेषगरी सुन्दरता र यौनिकताका कारण पनि महिला खेलाडीहरू चर्चाको शिखरमा छन्। यद्यपि शारीरिक कामुकता र सुन्दरताले पनि साथ दिएका कतिपय महिला खेलाडीले दोहोरो फाइदा लिइरहेका छन्। विश्वका ठूला व्यापारिक कम्पनीहरूले चर्चित महिला खेलाडीहरूलाई विज्ञापनमा उतारेर त्यसको चर्को पारिश्रमिक दिँदै आएका छन्। जसको प्रत्यक्ष फाइदा महिला खेलाडीहरूले लिइरहेका छन्। 

मीरा राई, म्याराथन

नेपाली खेलाडी मीरा राईको चर्चा पनि अहिले विश्वभर छ। विश्वका विभिन्न स्थानमा भएका अल्ट्रा म्याराथनमा सहभागी भैसकेकी मीराले सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा उपविजेताको उपाधि चुमेकी छिन्। स्पेनमा सम्पन्न दौडमा उनी महिलातर्फको उपविजेता रहिन्। राईले निर्धारित १ सय १० किलोमिटर दूरी १३ घन्टा ४३ मिनेट ४९ सेकेन्डमा पार गर्दै नेपाली झण्डा फहराइन्। उनी मात्र ४ मिनेट १६ सेकेन्डले विजेता हुनबाट चुकिन्। स्विडेनकी इमिलीफोर्सब्रग १३ घन्टा ३९ मिनेट ३३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै विश्व च्याम्पियन भइन्। भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी लडाकु बनेकी थिइन्। माओवादी शान्तिप्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो। यसअघि मीराले फ्रान्समा सम्पन्न भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जितेकी थिइन्।

जेसिका एनिस–हिल, एथलेटिक्स    

बीबीसी स्पोर्ट्स २०१५ मा युवा खेलाडीतर्फ उपाधि जितेकी बेलायतकी एथलेटिक्स खेलाडी जेसिका एनिस–हिल खेलमार्फत विश्वभर नाम कमाएकी छिन्। २९ वर्षीया जेसिका हाइजम्प, सटपुट, ज्याभलिन थ्रो तथा न्यापाथोलनमा उत्कृष्ट प्रदर्शन गर्छिन्। उनले ओलम्पिक, वल्र्ड इन्डोर च्याम्पियनसीप, युरोपियन च्याम्पियनसीप तथा वल्र्ड च्याम्पियनसीप गेमहरूमा स्वर्णपदक हात पारिसकेकी छिन्। एघार वर्षको उमेरदेखि नै एथलेटिक्स खेल्न थालेकी जेसिका एक सय मिटरका प्रतियोगिताहरूमा विशेष सहभागिता जनाउाछिन्। उनी इंग्ल्यान्डको सिफिल्डमा श्रीमान् एन्डी तथा छोराका साथ बस्छिन्। 

कार्ली एनी लायड, फुटबल

महिला विश्वकप फुटबलको उपाधिका लागि अमेरिकाको राष्ट्रिय टिमको कप्तानी सम्हालेकी कार्ली एनी लायड चर्चित महिला फुटबलर हुन्। अमेरिकाको न्यूजर्सीमा जन्मिएकी ३३ वर्षीया कार्ली मध्यपंक्तिबाट फुटबल खेल्छिन्। सन् १९९९ देखि फुटबलमा स्थापित भएकी कार्लीले महिला विश्वकप २०१५ मा गोल्डेन बुटमा समेत कब्जा जमाएकी थिइन्। विश्वकप फुटबलको फाइनलमा जापानविरुद्धको खेलमा उनले सम्हालेको अमेरिकी टिमले जापानलाई ५–२ ले हराएपछि उनको चर्चा थप चुलियो। फाइनलमा उनले ह्याट्रिक गरेर टिमलाई विजयी गराएपछि राष्ट्रपति बाराक ओबामाबाट धन्यवादस्वरूप चुम्बनसमेत पाएकी थिइन्। 

मारिया सारापोभा, टेनिस

मारिया सारापोभा टेनिस जगत्मा चर्चित छिन्। उनी विश्वका ठूला प्रतियोगिताहरूमा निरन्तर सहभागी हुन्छिन्। रुसमा जन्मिएकी सारापोभाको खेल कौशल सुन्दरताको पनि चर्चा हुन्छ। हाल अमेरिकाको Ïलोरिडामा बस्दै आएकी २८ वर्षीया मारिया महिला टेनिस संघ (डब्ल्यूटीए) अन्तर्गत विश्व बरियतामा तेस्रो नम्बरमा छिन्। विश्वका चर्चित प्रतियोगिताहरू अस्ट्रेलियन, फ्रेन्च, युएस ओपन टेनिस, बेबिल्टन तथा ओलम्पिकमा उत्कृष्ट नतिजा निकालिसकेकी सारापोभा ‘फेसन अफप्लेयर’ का रूपमा पनि चर्चित छिन्। चार वर्षको उमेरदेखि नै टेनिस खेल्न थालेकी सारापोभाले नाइक, क्यानोन एवं प्रिन्सका लागि विज्ञापन पनि गरेकी छिन्। बेलामौकामा मोडलिङ पनि गर्ने सारापोभाको शारीरिक कामुकताको पनि उत्तिकै चर्चा हुन्छ। 

नतालिया त्रुखिना, बडी–विल्डर

नतालिया त्रुखिना चर्चित बडी–विल्डर हुन्। विश्वका चर्चित पुरुष बडी विल्डरहरूको तुलनामा उनको शरीरले दुनियाालाई आश्चर्य चकित बनाउाछ। रुसमा बस्दै आएकी नतालिया आर्मीकी ल्याÏिटनेन्ट च्याम्पियन खेलाडी पनि हुन्। १४ वर्षको उमेरदेखि जिम गर्न थालेकी नतालिया यतिबेला २३ वर्षकी छिन् भने उनको तौल ९२ किलो पुगेको छ। नतालियाले २ सय ४० किलोको डेडलिंफ्ट र १ सय ७० किलोको बेञ्च उठाएर संसारलाई आश्चर्यचकित तुल्याएकी छिन्। आफ्नो क्षमता र शरीर देखेर पुरुष खेलाडीहरूले समेत ईष्र्या गर्ने कुरा उनले एउटा अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा बताएकी छिन्। 

मेग लानिङ, क्रिकेट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको २०१५ का लागि महिला वर्ष खेलाडीको छनोटमा समेत परेकी अस्ट्रेलियन कप्तान मेग लानिङ महिला क्रिकेटरहरूको सूचीमा अग्रपंक्तिमा छिन्। सिंगापुरमा जन्मिएकी २३ वर्षीया लानिन सशक्त ब्याट्सविमेनका रूपमा सुपरिचित छिन्। सन् २००८ देखि व्यावसायिक खेल जीवन सुरु गरेकी मेगले कलिलो उमेरदेखि नै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्। २०१० मा न्यूजल्यान्डविरुद्धको टि–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि लानिङको चर्चा चुलिएको थियो। कलिलो खेलाडीका रूपमा रिकिपोन्टिङले बनाएको अघिल्लो रेकर्डलाई लानिङले तोडिसकेकी छिन्। 

रोन्डा राउसी, जुडो

विश्वमा जुडो वा बक्सर महिला खेलाडीको संख्या न्यून छ। क्यालिफोर्निया, अमेरिकामा जन्मिएकी रोन्डा राउसीले जुडोमार्फत पहिलो पटक एथेन्स ओलम्पिकमा स्वर्ण पदक जितिन्। लगातार १२ फाइट जितेर रेकर्ड बनाएकी रोन्डा मिक्स्ड मार्सल आर्ट्सकी बक्सर हुन्। वल्र्ड जुनियर जुडो च्याम्पियनसीपमा पटक–पटक उपाधि चुमेकी रोन्डाले सन् २००८ को बेइजिङ ओलम्पिकमा अमेरिकाका लागि कांस्यपदक जितेकी थिइन्। सशक्त खेल प्रदर्शन गर्न सक्ने २८ वर्षीया रोन्डाको चर्चा विश्वभर हुन्छ। उनी जुडोमार्फत सर्वाधिक कमाइ गर्ने महिला खेलाडीका रूपमा पनि परिचित छिन्। 

एलिसिया साकरामोन, जिम्न्यास्टिक

अमेरिकी राष्ट्रिय टिममा १६ वर्षको उमेरमै सहभागी भएकी एलिसिया साकरामोन जिम्न्यास्टिक खेलाडी हुन्। आठ वर्षको उमेरदेखि खेल क्षेत्रमा लागेकी एलिसियाले १२ वटा अन्तर्राष्ट्रिय पदक जितिसकेकी छिन्। सन् २००२ देखि व्यावसायिक खेलजीवन सुरु गरेकी २८ वर्षीया साकरामोनले आठ वर्षको उमेरमा जिम्न्यास्टिकमा करिअर सुरू गरेकी थिइन्। अमेरिकामा जन्मिएकी साकरामोन मोडलिङमा पनि सक्रिय छिन्। 

लिन्डसिभोन, स्कि रेसर

कतिपय साहसिक खेलमा पनि महिलाहरूको सहभागिता रहने गरेको छ। जसमध्ये हिमाली क्षेत्रमा गरिने स्कि निकै चुनौतीपूर्ण मानिन्छ। यद्यपि अमेरिकन स्कि रेसर लिन्डसिभोनले भने यस्तै चुनौतीहरूको सामना गरेर चर्चा कमाएकी छिन्। सन् २००० देखि व्यावसायिक खेलजीवन प्रारम्भ गरेकी ३१ वर्षीया लिन्डसिभोनले वल्र्ड कप च्याम्पियन चारपटक जितेकी छिन्। स्किइङमा सुपर स्टार बनेकी ५ फिट १० इन्च अग्ली लिन्डसीले सात वर्षको उमेरमै यस्तो साहसिक खेलमा आफ्नो यात्रा प्रारम्भ गरेकी थिइन्। 

 Image