चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक, रोमान्टिक भावमा वर्षा र अमर
दिलिप केसी र हरि श्रेष्ठद्धारा निर्माण गरिएको चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गरेका छन् ।

काठमाडौंको खुसिबु नयाँबजारस्थित तुलाधर कम्प्लेक्समा ‘नेत्रधाम आईकेयर सेन्टर’को पहिलो शाखा बिस्तार भएको छ । नेत्रधामले ९ औं वर्ष पूरा गरेको अवसरमा शाखा बिस्तार गरेको हो । यसै अवसरमा उसले एक दिने निःशुल्क आँखा तथा मधुमेह शिविरको समेत आयोजना गरेको थियो ।
अत्याधुनिक प्रविधि र अनुभवी विशेषज्ञ चिकित्सकबाट नेत्ररोग सम्बन्धी सेवा दिने उद्देश्यका साथ शाखा विस्तार गरेको नेत्रधामका प्रबन्ध निर्देशक डा. सन्यम बजिमयले बताए । शाखामा ६ चिकित्सकसहित १५ जनाभन्दा बढी कर्मचारी छन् । शाखाबाट मोतिविन्दु, रेटिना, पेडियाट्रिक अप्थाल्मोलोजी लगायत आँखारोग सम्बन्धी सबै सेवा प्रदान गरिनेछ ।