साझा बन्यो छठ

नारी संवाददाता

कार्तिक ३०, २०७८ कात्तिक २४ गते बुधबार अस्ताउँदो सूर्यलाई र २५ गते बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिई यो वर्षको छठ पर्व समापन भयो । चार दिनसम्म मनाइने यो पर्व अत्यन्तै भक्तिभाव र श्रद्धाका साथ मनाइन्छ । यो पर्वमा नदी, खोलानाला र जलाशयका किनार सरसफाइ गरी बनाइएको रंगीचंगी घाटमा छठ व्रती आफ्ना परिवारका सदस्यहरूका साथ सूर्यको उपासना गर्छन् । सूर्यलाई साँझ र बिहानको अघ्र्य चढाउने दिन छठ घाटमा श्रद्धालुहरूको बाक्लो उपस्थिति हुन्छ । तराई–मधेसको यो मौलिक छठ पर्व पछिल्लो समय देशभरिका सबै जातजातिले मनाउन थालेका छन् । सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ छठ पर्व मनाइन्छ ।

तस्बिरहरू ः महेश प्रधान

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>